विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा ओलीले सो कुरा बताएका हुन् ।

उनले विकल्प प्रस्तुत गर्नकै लागि आफूले विश्वासको प्रस्ताव लिन लागेको बताए ।  ‘विश्वासको मत भनेको संसद बाहिर गरिएको हल्ला होइन । आरोप प्रत्यारोप होइन। यो संसदभित्रको प्रक्रिया हो । मैले संसदको विश्वासका ममाथि छ भन्ने पुष्टि हुन्न भने म मार्ग प्रशस्त गरिदिन्छु ।’ उनले भने ।

उनले आफूले सरकारको नेतृत्व गर्न आवश्यक छैन भन्ने आदेश संसदले दिएमा स्वतः मार्गप्रशस्त हुने बताए । उनले आफू स्थायित्व र स्थिरताका लागि संसदमा खडा भएको पनि बताए । सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि आफूले सबै पक्षलाई अघि बढाउँछु भन्ने हिसावले विश्वासको मत मागेको पनि बताए ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहमा अब कांग्रेस पहिलो दल