Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ गण्डकीमा थप १० संक्रमितको मृत्यु

गण्डकीमा थप १० संक्रमितको मृत्यु

राजधानी समाचारदाता,

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र तनहुँका १÷१ जना छन् । ज्यान गुमाउनेमा पुरुष ९ र महिला १ जनामात्र हुन् । यो सहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा ७ का ६७ वर्षीय पुरुषको आइतबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । उनलाई वैशाख २० मा कोरोना देखिएको थियो ।

पोखरा १३ का ८७ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेसनमै ज्यान गएको छ । उनलाई वैशाख २४ मा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, स्याङ्जाको फेदीखोला ९ की ६२ वर्षीया महिलाको गएराति गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । उनलाई वैशाख २३ कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

स्याङ्जाकै गल्याङ ३ का ८४ वर्षीय पुरुषको गएराति चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय पुरुषको सोमबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २३ मा कोरोना देखिएको थियो ।

रुपन्देही जिल्लाको बुटवल १ का ३४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान फिस्टेल अस्पताल पोखरामा मृत्यु भयो । उनलाई अघिल्लो दिनमात्र कोरोना पुष्टि भएको हो ।

पर्वतको कुष्मा नगरपालिका १ का ४७ वर्षीय पुरुषको आइतबार दिउँसो धौलागिरि अस्पतालमै उपचारक्रममा मृत्यु भयो । उनलाई वैशाख २१ मा कोरोना पुष्टि भएपछि उपचारार्थ भर्ना गरिएको हो ।

तनहुँको भानु नगरपालिका १ का ६५ वर्षीय पुरुषको आइतबार दमौली अस्पतालमा मृत्यु भएको छ । उनलाई सोही दिन कोरोना भाइरस देखिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको कोरोना पुष्टि भएकै दिन आइतबार दिउँसो बेनी अस्पतालमा मृत्यु भयो ।

पर्वतको कुष्मा ४ का ६७ वर्षीय पुरुषको सोमबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु भयो । ५ दिनअघि कोभिड–१९ पुष्टि भएका उनलाई निमोनियासमेत थियो ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

हाम्रा वादहरू

कविता हिजो तिमी र म एउटै नारा घन्काउँथ्यौं एउटै उम्मेदवारलाई टोलटोल घुमाउँथ्यौं जिन्दावादको नारा लगाउँथ्यौं जनजनलाई चिनापर्ची गराउँथ्यौं न दिन भनिन्थ्यो न रात भनिन्थ्यो न भोक भनिन्थ्यो न प्यास भनिन्थ्यो आज तिमी एकथरी नेताको पछि...

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

प्रदेश प्रमुखकाे निवास अगाडी विपक्षी गठबन्धनकाे धर्ना

  पाेखरा ।  नयाँ सरकार गठनका लागि  बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले गण्डकी प्रदेश...

मनाङमा बाढी : सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो

  लमजुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाले मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगाएको छ भने,...

ट्रेन्डिङ

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । बिहीबार रातिदेखि स्वास्थ्य अवस्था असहज भएपछि उनलाई अस्पताल भर्ना गरिएको...

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन...

कोरोना संक्रमणको त्रास बढ्यो, दैनिक ५–६ हजार व्यक्ति काठमाडौं भित्रँदै

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास थप बढिरहेका बेला उपत्यका बाहिरबाट अहिले दैनिक ५–६ हजार व्यक्ति राजधानी भित्रन थालेका छन् । सरकारले लकडाउनको मोडालिटीलाई खुकुलो...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

पठानमा शाहरुख खानसँगै जोन अब्राहम

मुम्बई । बलिउड अभिनेता शाहरुख खान नयाँ फिल्म पठानको तयारीमा छन् । पछिल्लो दुई वर्षयता फिल्म नखेलेका उनी यतिबेला भने पठानको तयारीमा जुटेका हुन्...

लकडानको अवधिमा मात्रै झन्डै ३ खर्ब रुपैयाँको सामान आयात

काठमाडौं । नेपालबाट विभिन्न देशमा निर्यात हुने वस्तुको कारोबार घटेसँगै अहिले मुलुकको व्यापार घाटा चुलिएको छ । अहिले वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात निकै...

राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाहे आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाइ...

युवा समूहबीच झडप, पाँच घाइते

टीकापुर । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का...

डाक्टरले राहत दिँदै भने ‘प्रचार नगर्नु’

सप्तरी राजविराज । लकडाउनका बेलामा समस्यामा परेका अति बिपन्न परिवारलाइ यहाँका एक चिकित्सकले बस्तीमै पुगेर खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरेका छन ।...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

नक्सालमा कार्यरत ४ प्रहरी कर्मचारीमा कोरोना संक्रमणको आशङ्का

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज गरिएको कोरोना परीक्षणमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)