Friday, June 18, 2021
Home Not-to-be-missed हारबाट जोगियो रियल

हारबाट जोगियो रियल

एजेन्सी,

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै महत्व बोकेको खेलमा रियलले अन्तिम समयमा गोल गर्दै सेभियासँग २–२ बराबरी खेलेको हो । अल्फ्रेडो डि स्टेफानोमा खेलको २२औं मिनेटमा फर्नान्डोको गोलबाट सेभियाले अग्रता लिएको थियो ।

फ्रिकिकमा सेभियाले बनाएको मुभमा गोल सम्भव भएको थियो । सुसोले छोटो फ्रिकिक कप्तान जेसस नाभासलाई दिएपछि उनले दिएको क्रसमा इभान राकिटिचले हेडर पासलाई फर्नान्डोले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रणमा लिँदै गोल गरेका थिए । त्यसअघि १२औं मिनेटमा रियलका करिम बेन्जेमाले गोल गरे पनि त्यसले मान्यता पाएन ।

अल्भारो ओड्रिओजोलाको क्रसमा बेन्जेमाले हेडरमार्फत गोल गरे पनि उक्त मुभका क्रममा अल्भारो नै अफसाइड भएको भीएआरले निर्णय दिएको थियो । ५२औं मिनेटमा लुका मोड्रिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक यासिन बोनोले मुस्किलले बचाएका थिए । लगत्तै आएको कर्नरमा रियलले ह्यान्ड भएको भन्दै पेनाल्टीको माग गरेको थियो । भीएआरमा पेनाल्टी देखिए पनि रेफ्रीले त्यसलाई मान्यता दिएन ।

६७औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्को एसेन्सियोले आफू छिरेको एक मिनेट नबित्दै खेल बराबरीमा ल्याए । ७८औं मिनेटमा खेलले नाटकीय मोड लियो । सेभियाको कर्नरपछि रियलले काउन्टर अट्याकमा बल अघि बढाउँदा किरम बेन्जेमालाई गोलरक्षक बोनोले पेनाल्टी क्षेत्रभित्र लडाए ।

तर, रेफ्रीले भीएआरको सहयोग लिँदा सेभियाको कर्नरकै क्रममा रियलका डिफेन्डर इडर मिलिसाओको ह्यान्ड देखिएपछि सेभियालाई पेनाल्टी प्रदान गर्दा उक्त पेनाल्टीमा बार्सिलोनाका पूर्वमिडफिल्डर इभान राकिटिच चुकेनन् । इन्ज्युरी समयको पाँचौ मिनेटमा टोनी क्रुसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार इडेन हाजार्डलाई लाग्दा गोलरक्षक बोनो झुक्किन पुग्दा बलले पोस्टको जाली चुमेको थियो । यस बराबरीले रियलको शीर्षस्थानमा उक्लने प्रयास सफल हुन सकेन ।

अंक तालिकाको शीर्षस्थानमा एटलेटिको म्याड्रिड ३५ खेलमा ७७ अंक जोड्दै बलियो छ । दोस्रो स्थानको रियल म्याड्रिड र तेस्रो स्थानको बार्सिलोनाको ३५ खेलमा समान ७५ अंक छ । चौथो स्थानमा रहेको सेभियाको ३५ खेलमा ७१ अंक रहेको छ ।
युभेन्टसको हार
इटालियन सिरी ‘ए’ मा युभेन्टसले घरेलु मैदानमा च्याम्पियन्स लिग स्थानका लागि निकै महत्व बोकेको खेलमा एसी मिलानसँग ३–० को लज्जास्पद हार बेहोरेको छ । यस हारसँगै युभेन्टस अंक तालिकाको पाँचांै स्थानमा पुगेको छ ।

मिलान तेस्रो स्थानमा उक्लिएको छ । मिलान र दोस्रो स्थानमा रहेको एटलान्टासँग समान ३५ खेलमा ७२ अंक रहेको छ । चौथो स्थानको नेपोलीको ३५ खेलमा ७० तथा पाँचांै स्थानको युभेन्टसको ३५ खेलमा ६९ अंक छ । मिलानको जितमा ब्राहिम डियाज, एन्टी रेबिच र हाकान कलहानोग्लुले गोल गरे ।

पीएसजीलाई धक्का
सुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता तथा यो सिजन उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा रेनिससँग १–१ गोलको बराबरीमा रोकिएको छ रेनिसको मैदानमा आइतबार राति भएको खेलको पहिलो हाफमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिए पनि दोस्रो हाफमा घरेलु टोलीले बराबरी गोल फर्काएको थियो ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

साताका लोकप्रिय समाचार

खोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था

खोप के हो र यसको आवश्यक्ता किन पर्छ त्यसको वास्तविकता यतिबेला सबैमाझ खुलेको छ अर्थात् कोरोनाले पूरै विश्व ग्रसित भएपछि । पछिल्लो दुई वर्षदेखि...

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

लन्डन । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । शनिबार भएको समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको...

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका

काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो...

ट्रेन्डिङ

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

प्रधानमन्त्रीको भन्छन् : संसद पुनस्थापना भए जनता सडकमा जान्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । उनले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला...

प्रधानमन्त्री ओली स्पष्ट भएकाले हामी साथमा: ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए ।...

खोप फागुनसम्म आउने संकेत

काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी...

टेटे प्रशिक्षण आजदेखि

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघले भोलि (बुधबार)देखि प्रशिक्षण थाल्ने भएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै टेबल टेनिसको प्रशिक्षण बुधबारदेखि सुरु...

डा. रबिन्द्र पाण्डे भन्छन् ‘आगामी तीन हप्ता अत्यान्त कठिन अवस्था’

काठमाडौं । जनस्वास्थ्यविद डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । सामाजिक सञ्जाल मार्फत सन्देश प्रवाह गर्दै...

पहिरोमा ज्यान गुमाउने ११ जनाको सनाखत

सिन्धुपाल्चोक । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा पुरीएर मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा...

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार...

कोरोना टिप्स : यस्ताे छ तनावमुक्त हुने तरिका

काेरोना महामारी मानिसका लागि तनावपूर्ण बनेको छ । नयाँ रोग विषयमा डर र चिन्ता हुनु स्वभाविकै हो । विशेषगरी, बालबालिका र वयस्कमा यसले नकारातमक...

नेकपा सचिवालय बैठक भदौ १८ गते बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यही...

हेटौंडामा भएको -यापिड टेष्टमा ४ जनाको पोजेटिभ

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको ‘यापिड टेष्टमा ४ जनाको पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको -यापिड टेष्टमा ४...

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)