Friday, June 18, 2021
Home Not-to-be-missed काठमाडौंलाई बदला लिने अवसर

काठमाडौंलाई बदला लिने अवसर

राजधानी समाचारदाता,

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ । उक्त खेलको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ । ६ मध्ये ४ खेल जितेको काठमाडौंले १ बराबरी खेल्दा १ हार बेहोरेको थियो ।

काठमाडौंले धनगढीसँग ३–० को हार बेहोरेको थियो । काठमाडौं सोही हारको बदला लिने लक्ष्यसहित मैदान उत्रँदै फाइनल पुग्ने दाउमा हुनेछ । यता, धनगढी पनि लिगमा पाएको जितलाई निरन्तरता दिँदै फाइनल पुग्ने दाउमा हुनेछ । काठमाडौंसँग कप्तान तथा मार्की खेलमडी विकेश कुथु र तेज तामाङसँगै राष्ट्रिय टिमबाट खेलेका सन्जोक राई, विश्वास श्रेष्ठ, सुदिल राई, आशीष गुरुङ, छिरिङ गुरुङ, आशीष राई तथा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समीर र फ्लोरेन्ट कोर्वा रहेका छन् ।

यस्तै सुदिप शिख्रकार, विश्वास उदास, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, प्रेजेन तामाङ र अमृत श्रेष्ठ टोलीमा छन् । विराटनगरविरुद्ध ह्याट्रिक गरेका मेसौके ओलुमोउ टोलीका लागि मुख्य हतियार हुनेछन् । उनी लिगमा ह्याट्रिक पूरा गर्ने एक्ला खेलाडी हुन् । उनले लिगमा ५ गोल गरिसकेका छन् । धनगढीसँग आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, अशोक खवास, रुपेश केसी, निशान खड्का, सौजन याख्खा राई, निशान लिम्बु, बुद्ध बल तामाङ, दर्शन गुरुङ र रमेश दंगाल टोलीमा छन् ।

यस्तै टंक बस्नेत, पुजन उपरकोटी, युद्ध शाही, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा रहेका छन् । विदेशी खेलाडीमा ओलावाले ओलाडिपो आफिज र फ्रान्कलिन कुटे टाल्ला छन् । यस खेलमा पराजित हुने टोलीले २९ वैशाखमा हुने ललितपुर र बुटवल लुम्बिनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल्ने छन् । फाइनल १ जेठमा हुनेछ । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ सहरका ७ टोलीको सहभागिता रहेको छ ।

राउन्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्ले अफ अघि के भन्छन् कप्तान र प्रशिक्षक ?
काठमाडौं रेजर्स
काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालमा पहिलो समय भएको लिगमा काठमाडौं रेजर्सले शीर्षस्थानमा रहेर प्ले अफमा स्थान बनाएका छौं । ‘धनगढीविरुद्धको प्ले अफका लागि खेलाडी उत्साहित छन् । टोलीको मनोबल उच्च छ ।’ प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भने, ‘टिमको प्रदर्शनमा दिनानुदिन सुधार हुँदै आएको छ । धनगढीविरुद्धको खेलमा पनि राम्रो गर्नेछौं । आशा छ राम्रो नतिजा आउनेछ ।’ प्रशिक्षक महर्जनले अघिल्लो खेललाई मध्यनजर गर्दै त्यसमा रहेको कमी कमजोरीलाई सुधार्दै खेल्ने बताएका छन् । काठमाडौंका कप्तान विकेश कुथुलेलिग चरणमा जितसहित शीर्ष स्थानमा रहेर लिगको अन्त्य गर्दै प्ले अफमा स्थान बनाएको टिमले जित्नकै लागि खेल्नै बताएका छन् ।

धनगढी एफसी
प्रशिक्षक तोपे फुजाले काठमाडौंविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । धनगढीको टिमले काठमाडौंविरुद्ध लिग चरणमा पाएको जितलाई निरन्तरता दिँदै फाइनल पुग्ने योजना बनाएको बताए । कप्तान किरण चेम्जोङले प्रशिक्षकले भनेजस्तै तयारी गर्ने समय त्यति नरहेपनि टिमको मनोबल उच्च रहेकाले फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने बताए । उनले लिग र नकआउट राउन्डको खेलमा केही फरक आउने र मंगलबारको खेल एकदमै प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

ललितपुर सिटी एफसी
ललितपुरका कार्यवहाक प्रशिक्षक राजु तामाङले गाह्रो अवस्थाबाट टोलीमाथि आएको र त्यसरी नै राम्रो नतिजा निकाल्ने कोसिस गर्ने बताएका छन् । ललितपुरका कप्तान अन्जन विष्टले टोलीको प्रदर्शन दिनानुदिन राम्रो हुँदै गएको र प्ले अफमा पनि राम्रो नजिताका लागि खेल्ने बताएका छन् । ‘हाम्रो सुरुवातदेखिको लक्ष्य नै जित थियो । हामीले बेस्ट दिने प्रयास गरेका हौं । कहिलेकाहीं लकले पनि फेवर नगर्न सक्छ ।’ कप्तान विष्टले भने, ‘भाग्यवस जित्न सकेनौं । अन्तिम दुई खेल जितेर प्ले अफमा छौं । आफूले गोल गरेभन्दा पनि टिमले जितेकोमा खुसी लाग्छ, आफूले गोल गरेकोभन्दा पनि टिमको जितले अर्थ राख्छ ।’

बुटवल लुम्बिनी सिटी एफसी
बुटवल लुम्बिनी सिटी एफसीका सहायक प्रशिक्षक उज्ज्वल मानन्धरले जितका लागि आउने बताएका छन् । उनले अभिषेक रिजाल आउने बित्तिकै टिमसँग खेल्नुपर्दा केही गाह्रो भएको र अहिले सेट हँुदै गएको र ललितपुरको अट्याकिङ राम्रो रहेको र त्यसलाई रोक्ने लक्ष्यमा हुने बताए । यस्तै कप्तान विराज महर्जनले टिम राम्रो लयमा रहेको र टिममा कसैलाई पनि चोट नरहँदा सहज हुने बताए ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

जसपामा रोकिएन स्पष्टीकरण र कारबाहीको शृङ्खला

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किएपछि एकअर्कालाई गरेको कारबाही निर्वाचन आयोगले अस्वीकार गरे पनि स्पष्टीकरण सोध्ने र कारबाही गर्नेक्रम रोकिएको छैन । जसपा...

युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढछ : नरेश शाही

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले ‘फुटेर होईन जुटेर, व्यक्तिको लागि होईन राष्ट्रको लागि’ भन्दै एकताबद्ध भएर...

जोकोभिचलाई फ्रेन्च ओपन उपाधि

पेरिस । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै...

ट्रेन्डिङ

नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिनमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दलका नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान...

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संकमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५...

नेपालको खेल कान्तिपुरमा

काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को कुवेतमा हुने फिफा विश्वकप छनोटअन्तर्गत नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले...

सिंजा राजाको हिउँदे राजधानी पुनर्निर्माणको पर्खाइमा

दैलेख, दुल्लू । जुम्लाका सिंजा राजाको हिउँदे राजधानीका रूपमा चिनिएको दुल्लू दरबार पुनर्निर्माणको पर्खाइमा छ । तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त...

खोप लगाउँदा तत्कालै गाँजा उपहार

वासिंगटन । कोरोना भाइरसविरुद्धको सबैभन्दा भरपर्दो उपचार मानिएको खोपका लागि विश्वका विभिन्न देशले पहल गरिरहेका बेला अमेरिकामा भने युवाहरुलाई आकर्षित गर्न एउटा विशेष प्रकारको...

सप्तरीमा मृत्यु संस्कारपछि एक युवामा कोरोना संक्रमण पुष्टि

राजविराज । उपचारका क्रममा मृत्यु भएका राजविराजका एक युवामा मृत्यु संस्कारपछि कोरोना संक्रमण भएको पुष्टि भएको छ । ज्वरो तथा स्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका...

ज्यान मार्ने धम्कि दिने उपाध्यक्ष र वडा अध्यक्षलाई एक वर्ष कैद

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र सोही पालिकाको वडा नम्बर–७ तिल्पुङका वडा अध्यक्ष सुवास बोहोरा जेल चलान हुने भएका...

आयो प्रवीण र प्रतिमाको माया लाइसक्यो

काठमाडौं । गायक प्रवीण भेटवाल र गायिका प्रतिमा केसीले आफ्नो नयाँ गीत ‘माया लाइसक्यो’को भिडियो सार्वजनिक गरेका छन् । प्रतिमाको यो पहिलो गीत हो...

आत्मबल बढाउँदै दाङका कोरोना सङ्क्रमित

दाङ । तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका गढवा गाउँपालिका-५का २३ वर्षीय युवक कोरोनालाई जितेर नै छाड्ने विश्वासमा छन् । गत...

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई...

मरिष्का सिड्नीमा

सिडनी । अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी आइपुगेकी छिन । उनि यसै साता मात्र सिड्नी आइपुगेकी हुन । पछिल्लो समय यूबा...

डा. भोला रिजाल दम्पत्तीमा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । रिजाल दम्पतीमा संक्रमण देखिएपछि उनीहरु...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)