Sunday, June 13, 2021
Home Not-to-be-missed अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

राजधानी समाचारदाता,

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन फिल्म फेस्टिबलको तयारी पनि भइरहेको छ । सो फेस्टिबलमा प्रदर्शन गरिने फिल्मको सूची सार्वजनिक गरिएको छ । फेस्टिबलमा नेपालबाट चलचित्र ‘महानगर’ चयन भएको छ ।

यो चलचित्रलाई मोहन राईले निर्देशन गरेका हुन् । हालसम्म सो फेस्टिबलमा छानिएको यो तेस्रो नेपाली चलचित्र हो । आफ्नो चलचित्र यो महोत्सवमा चयन भएकोमा राईले खुसी व्यक्त गरेका छन् । ‘अञ्जली’ र ‘सखी’ नामका दुई चलचित्र बनाएका मोहन राइले ‘महानगर’बाट फिचर चलचित्रमा डेब्यु गरेका थिए । ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको वृत्तचित्र हो भने ‘सखी’ छोटो चलचित्र हो । अमेरिकाले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएपछि त्यहाँको जीवनशैली सामान्य भएको छ । जसका कारण यो फिल्म महोत्वस प्रत्यक्ष आयोजना गरिने आयोजक पक्षले जनाएको छ ।

यो महोत्सव मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ । चलचित्र महानगरले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय चलचित्र मध्येबाट यो महोत्सवमा स्थान बनाएको हो । चलचित्र महानगरका क्रियटिभ प्रोड्युसर नवनिधि दाहालले यो चलचित्रको अमेरिकाको प्रिमियर सोही फेस्टिभलमा हुने बताएका छन् । नवनिधिका अनुसार ब्रुकलिन फिल्म फेस्टिभलमा यसअघि दुई नेपाली चलचित्रले सहभागिता जनाएका थिए ।

सन् २००९ मा ‘सारी सोल्जर्स’ रसन् २०१७ मा सुनिल पाण्डे निर्देशित सर्ट फिल्म ‘अनन्त यात्रा’ पनि यो महोत्सवमा छनोट भएको थियो । यसपटक महानगर चयन भएको पनि उनले जनाए । यो चलचित्रमा कर्मा, मेनुका प्रधान, अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकारको अभिनय छ । जसमा कार्म र मेनुका प्रधान मुख्य भूमिकामा छन् । निर्देशक राईका अनुसार यो चलचित्रले एक रातको कथा भनेको छ ।

सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरूको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको छ । यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ । निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल हुन् । चलचित्रलाई माउन्टेन रिभर फिल्मस्को सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको हो

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

साताका लोकप्रिय समाचार

मिथिलाञ्चलमा वटसावित्री पर्वको रौनक

  जनकपुरधाम । कोरोना भाइरस र लकडाउनका कारण मिथिलाञ्चलका अधिकांश पर्व प्रभावित भएको छ । वटसावित्री पर्वमा पनि कोरोनाको असर देखिएको छ । वरको रुख...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

प्रदेश १ मा चलचित्र विकास बोर्ड गठनको माग

सुनसरी । गणतन्त्रपछि मुलुक संघीयतामा गएकाले प्रदेशस्तरमा पनि चलचित्रको विकास हुनुपर्छ भन्ने माग सिनेकर्मीले उठाएका छन् । यसै क्रममा नेपाल चलचित्रकर्मी महासंघले प्रदेश १...

क्रिकेट खेलाडीले भत्ता पाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले...

ट्रेन्डिङ

सदरमुकामसँगै जोडिएको चप्पनमा खानेपानी नहुँदा स्थानीयलाई सास्ती

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट भित्रै रहेको त्रियुगा नगरपालिका– ११ चप्पन बरुवाधारका स्थानीयबासीले स्वच्छ खानेपानी पाउन सकेको छैन । गाउँ भन्दा...

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने हुनुभएको छ । होबर्टले आज...

अक्सिजन सेवामा सलमान

मुम्बई । सलमान खानको फिल्म राधे एक सातापछि डिजिटल प्लेटफर्म जी इन्टरटेनमेन्टको जीप्लेक्स र जी ५ डिजिटल प्लेटफमबाट रिलिज हुने भएको छ । यो...

गण्डकीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका...

संकटमा सार्वजनिक उत्तरदायित्व

नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र...

राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर चिनियाँ नेता येझाउ नेपाल आए

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ...

अलपत्र प-यो तीन जिल्ला छुने बाहिरी चक्रपथ

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला छुने बाहिरी चक्रपथ आयोजना निर्माणमा सरकारले बेवास्ता गरेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर छुने गरी ७२...

संसदको सवालमा अदालतको निर्णय नै मान्य हुन्छ : देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदको सवालमा अदालतको निर्णय नै मान्य हुने बताएका छन् । भक्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले सरकारको...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका...

सरकारले तोकेकै समयमा निर्वाचन गर्छ, तयारीमा लाग्नुस् : उपप्रधानमन्त्री पोखरेल

सिन्धुली । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेकै समयमा निर्वाचन गर्ने बताएका छन् । नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले बुधबार बिहान सिन्धुलीमा अगुवा कार्यकर्तासँगको...

कोरोनाको नयाँ भेरियन्ट: एकै दिन हजार बढी संक्रमित

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार...

दल मिल्यो, अब मन मिलोस् !

अमुक गाउँमा एक जना बुढाका दुई वटी श्रीमती थिए । परिवार संयुक्त थियो । कान्छीले जेठीको भन्दा चुलो, चौको, लिपलाप बढी नै गर्नुपथ्र्यो ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)