ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

फाइल तस्वीर

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले मुख्यसचिव डा. शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आइसोलेशन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन टेलिफोनबाट निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसातादेखि नेपाली सेनाले सो केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित चल्न लागेको आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतानुसार दुई सय शय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि कामपाले बजेट र नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् । आइशोलेशन केन्द्र चलेपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्ट्रार महासेनानी डा सुमनराज डंगोलले केन्द्रका ’boutमा जानकारी गराएका थिए । सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलको पनि सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने