काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजारमा हुँदै आएको खुद्रा कारोबार र किसान बजार तत्कालको लागि बन्द भएको छ । पछिल्लो समय कोरोना भाइरस महामारीको दोस्रो लहर तीब्रगतीमा फैलिन थालेपछि कालिमाटी तरकारी बजारमा हुने किसान बजार र खुद्रा कारोबार तत्काललाई बन्द गरेको हो ।
बजारमा अनावश्यक मान्छेको भिडभाड बढ्न थालेपछि सो पसलमा हुने कारोबार काठमाडौँ उपत्यकाको निषेधाज्ञा सम्मका लागि बन्द गरेको कालिमाटी फलफुल तथा तरकारी बिकास समितिका प्रवत्ता बिनय श्रेष्ठले जानकारी दिए । उनले कालिमाटी फलफुल तथा तरकारी बजारमा हँुदै आएको थोक बजार भने यथावत रुपमा सञ्चानलमै रहेको जानकारी दिए । उनले दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीब्रगतीमा बढ्न थालेपछि कालिमाटीमा हुने खुद्रा बजार र किसान बजारमा अनावश्यक मान्छेहरुको भिडभाड बढ्न थालेपछि बजारलाई व्यवस्थित गर्न तत्काललाई खुद्रा कारोबार बन्द गरेको बताए ।
प्रवक्ता श्रेष्ठले भने ‘काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु भए देखि राती ३ बजे देखि सञ्चालन हुने पसलहरु रातीको १ बजे देखि सञ्चालन हुने गरेका छन्
राती १ बजेदेखी सुरु हुन्छ बजार
प्रवक्ता श्रेष्ठले निषेधाज्ञा सम्मका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय अनुसार कालिमाटी बजारमा रहेका ४ सय ५० वटा थोक पसलहरु स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरी व्यवस्थित रुपमा सञ्चालनमा नै रहेका बताए । ‘विभिन्न अनलाइन मिडियामा कालिमाटी तरकारी बजार बन्द भएको समाचार आएका छन् तर कालिमाटी तरकारी बजार बन्द नभएको कोरोना संक्रमण बढ्न थालेपछि व्यवस्थित गर्रिको हो ।’ प्रवत्ता श्रेष्ठले भने ‘काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु भए देखि राती ३ बजे देखि सञ्चालन हुने पसलहरु रातीको १ बजे देखि सञ्चालन हुने गरेका छन् ।’ बिहान ९ बजे सम्म मात्र पसलमा कारोबार गर्न पाउने भएपछि ३ बजे देखि समय कम हुने हुँदा राती १ बजे देखि नै तरकारी बजार सञ्चालनमा ल्याएको उनले बताए । निषेधाज्ञा सम्मका लागि कालिमाटीका थोक पसलहरु रातीको १ बजे देखि ९ बजे सम्म सञ्चालन हुने उनको भनाई छ । प्रवक्ता श्रेष्ठका अनुसार थोक बजारमा तरकारी खरिद गर्न आउनेहरुले विहानको आठ बजे भित्रि बजारमा पुगी सक्नु पर्ने छ आठ बजे पछि आएका मान्छेलाई बजारमा प्रवेश गर्न पाउने छैनन् ।
आठ बजे भित्र तरकारी बजार भित्र प्रवेश गरी व्यक्तिले १० बजे भित्रि तरकारी खरिद गरेर बजारबाट निस्की सक्नु पर्ने उनको भनाई छ । यसैगरी कालिमाटी तरकारी बजारमा बाहिरबाट आउने तरकारीका गाडीहरुले २४ घण्टा नै कुनै रोकटोक विना प्रवेश गर्न पाउने छन् । कालिमाटी तरकारी बजार भित्र किसानका लागि १२ वटा ‘अक्सन यार्ड’ पसलहरु छुट्याएका छन् ।, ‘त्यहाँ किसानले आप्mनो बारीबाट ल्याएको तरकारी गाडीमा होड गरेर विक्री गर्न पाउने छन् । राती १ बजे देखि बिहान १० बजे सम्म विक्री स्वास्थ्यका मापदण्ड प्रयोग गरी विक्री गर्ने पाउने छन्, ।
प्रवक्ता श्रेष्ठले थोक पसलमा अधिकतम २ जना मात्र बसी सामाजिक दूरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्न पाउने बताए । उनले बुधबार देखि लागू हुने गरि थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार बन्द हुने गरेको बताए ।
दैनिक पाँचसय टन तरकारी भित्रन्छ
अहिले कालिमाटी बजारमा दैनिक रुपमा ४ सय देखि ५ सय टन तरकारी भित्रि रहेको बताए । उनले दैनिक रुपमा कालिमाटी तरकारी बजारमा भित्रिने तरकारी मध्ये ६५ प्रतिशत तरकारी स्वदेशी नै रहेको बताए । अहिलेको मौसमी हरियो तरकारी सबै स्वदेशी रहेको बताए । आलु, प्याज, कागती, फलफुल माछा भारतबाट आउने गरेको बताए ।