Friday, June 18, 2021
Home Breaking News कांग्रेसद्वारा माओवादी, जसपा र माधव-झलनाथसँग गठबन्धन प्रयास

कांग्रेसद्वारा माओवादी, जसपा र माधव-झलनाथसँग गठबन्धन प्रयास

महेश्वर गौतम,

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफू तयार रहेको सन्देशसहित सक्रियता बढाएको छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले ‘विपक्षमा रहेका सबै शक्तिबीच गठबन्धन बनाएर सरकारको नेतृत्वमा अघि बढ्ने’ निर्णय गरेको छ । यसका लागि माओवादी, जसपा र नेकपा एमालेका माधव नेपाल तथा झलनाथ खनाल समूहसँग गठबन्धन प्रयास गर्ने निर्णय भएको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत लिन ‘असफल’ भएपछि कांग्रेसले आफू नेतृत्वमा सरकार गठन पहल थालेको र विपक्षमा रहेका सबै शक्ति एक ठाउँ ल्याउने कोशिस भइरहेको छ ।

‘सबै विपक्षी एक ठाउँ ल्याउने र सरकार गठन गर्ने प्रयास भइरहेको छ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले भने, ‘कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेभित्रको माधव–झलनाथ समूहसँग पनि गठबन्धन प्रयास गर्ने बैठकको निर्णय हो, सबैसँग छलफल हुन्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोशिस गर्ने निर्णय गरेको महतले जानकारी दिए । राष्ट्रपति भण्डारीले सोमबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई संविधानको धारा ७६ (२) अनुसार आउन तीन दिनको समय दिएकी छन् ।

कांग्रेसले आफू नेतृत्वमा सरकार बनाउन सबैभन्दा भरपर्दो वातावरण माओवादी केन्द्रबाट पाएको छ । सकेसम्म सिंगो जसपालाई पनि गठबन्धनमा ल्याउने कोशिस भइरहेको कांग्रेसले जनाएको छ । माधव–झलनाथ समूहसमेत फकाउने प्रयास जारी छ ।

‘विपक्षमा रहेका दलसँग छलफल हुन्छ, माओवादीले प्रस्ट भनिसकेको छ, जसपाको एउटा समूह पनि प्रस्ट छ,’ कांग्रेस सहमहामन्त्री महतले भने, ‘सिंगो जसपा कांग्रेसले नेतृत्व गर्ने गठबन्धनमा आउँछ, विकल्पमा अर्को तरिका पनि छ ।’

बैठकमा सभापति देउवाले सरकारका लागि भइरहेको गठबन्धन प्रयास र छलफलबारे ‘ब्रिफिङ’ गरेका छन् । बैठकअघि उनले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि उनी कामचलाउ सरकारको हैसियतमा छन् ।

देउवा–प्रचण्ड एक घण्टा छलफल

नयाँ राजनीतिक कोर्समा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे कांग्रेस सभापति देउवा र माओवादी केन्द्र प्रचण्डबीच १ घण्टा छलफल भएको छ ।

राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछिको राजनीतिक अवस्था विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

छलफलक्रममा विपक्षी गठबन्धनका सबै दलबीच सरकार गठनबारे कुराकानी गर्ने सहमति भएको स्रोतले बतायो । माओवादी केन्द्रले भने कांग्रेस नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाइसकेको छ । कांग्रेसले पनि आन्तरिक तयारी तीव्र पारेको छ । तर, जसपाको साथबिना सरकार बन्ने अवस्था देखिएको छैन ।

यही विषयमा दुई नेताबीच ‘रणनीति’ बनाएर अघि बढ्ने र यसका लागि सक्रिय हुने सहमति भएको छ । देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फोन गरी निरन्तर संवाद जारी राखेको बुझिएको छ ।

(Visited 209 times, 2 visits today)
Loading comments...

आजको समाचार

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

साताका लोकप्रिय समाचार

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग

  काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका छन् । युवा व्यवसायी रबी अग्रवाल, सागर...

सात प्रदेशको कुल बजेट: २ खर्ब ४७ अर्ब

काठमाडौं । बाग्मती प्रदेशबाहेक अन्य ६ वटा प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा कम हुनेगरी बजेट ल्याएको छ । असार १ मा प्रदेश सरकारले...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

ट्रेन्डिङ

सरिता गिरीको सांसद पद गुम्यो

काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको...

सात महिनामा एउटै दर्ताको प्रक्रियामा आएनन्

काठमाडौं । वैदेशिक व्यापारमा उपयोग हुँदै आएको सिपिङ कम्पनीको मनोमानी रोक्न सरकारले गरेको पहल असफल भएको छ । सरकारले सिपिङ कम्पनीलाई नेपालमै दर्ता गराएर...

बाँदरका लागि जङ्गलमै फलफूल खेती

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक...

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य...

डडेल्धुरामा पीसीआर परीक्षण शुरु

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर परीक्षण मेसिनबाट विहिबारदेखि परिक्षण सुरु गरिएको छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टको...

सुधारको प्रसंग: वित्तीय जवाफदेहिताका लागि लेखा प्रणालीमा सुधार

संवैधानिक वित्तीय जवाफदेहिताको निर्वाहका लागि स्तरीय तथा विश्वासिलो लेखा प्रणाली पूर्वसर्त हो । विस्वासिलो र वैज्ञानिक लेखा प्रणालीबाट नै सरकारको आय, व्यय, सम्पत्ति, दायित्व,...

नागढुङ्गा–कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा...

कामपामा डरलाग्दो तथ्याङ्क : परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका...

रोड्रिग्वेज एभर्टनमा

लन्डन । स्पेनिस महारथी रियल म्याड्रिडमा ६ वर्षको बसाइ अन्त्य गर्दै कोलम्बियन स्टार मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएको छ । एभर्टनले...

आरटीपीसीआर प्रविधि विस्तारमा जोड

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि रियल टाइम पीसीआर विधि प्रभावकारी मानिएपछि यसको क्षमता बढाउनुपर्ने देखिएको छ । ¥यापिड डायग्नोस्टिक टेस्ट विधिमार्फत गरिएको...

जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै...

प्रतिनिधिसभा सदस्य छन्त्यालको निधन

बागलुङ । प्रतिनिधिसभा सदस्य एंव संविधानसभा सदस्य ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्र काठमाडौंमा निधन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)