Wednesday, June 23, 2021
Home प्रदेश युवा संघले शुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा

युवा संघले शुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले बाँके जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।

नेपालगन्जमा मंगलबार युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चाबी संघका बाँके जिल्ला अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामीका लागि एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

सो एम्बुलेन्स प्रदेशभरी कोरोना संक्रमित विरामीका लागि २४ सै घण्टा निःशुल्क उपलब्ध गराउँने संघका लुम्बिनी प्रदेश कमिटीका अध्ययष थापाले बताए । बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालमा ल्याएको हो ।

नेकपा एमालेका युवा नेता तथा युवा संघ नेपालका महासचिव दिपक जिएम, केन्द्रिय प्रकाशन बिभागका उपप्रमुख बिजय लामा, युथ फोर्स बिभागका शिब श्रेष्ठ, केन्द्रीय सदस्य काजी लामा र छितिज लामाले नेकपा बाँके जिल्ला अध्यक्ष अशोक कोईराला, जिल्ला कमिटी सदस्य अब्दुल हुसेन खाँ, प्रेम सुवेदी लगाएतका नेताहरुको उपस्थितिमा एम्बुलेन्स सेवा शुभारम्भ गर्नुका साथै एक सय थान पीपीइ, पाँच हजार थान माक्स लगायतको स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरिएको छ ।

यसैबीच आज एमाले बाँकेका नेता अब्दुलहुसेन खान, मन्जु कोइरालाले युवा संघका जिल्ला सचिव सुनिल रसाइली र खजुरा पालिकाका अध्यक्ष विकाश काउचालाई पीपीइ सेट हस्तान्तरण गरेका छन् । संघका महासचिव जिएम, केन्द्रीय सदस्य रत्ना गिरी लगायतको बिशेष सहभागिता रहेको थियो ।

कोरोना भाइरस संक्रमितको संख्या बढदै गइरहेको अवस्थामा युवा संघ नेपालले देशैभरी स्वयंसेवक परिचालन गरेर सहयोग गरिरहेको छ । देशैभरी कोरोना भाइरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको तथा लकडाउनका कारण पीडितहरुको उद्धार, व्यवस्थापन एवं सहयोग गर्ने काम ती स्वयंम्सेवकहरुले देशैभरी गरिरहेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए ।

कोभिड १९ को समस्या, समन्वय र सहयोगका सम्बन्धमा संघका तर्फबाट आवश्यक समन्वय एवं संयोजन गर्नका लागि संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा केन्द्रीय स्तरमा गठन भएको समितिले संयोजन गर्ने काम गरिरहेको छ । समितिले आवश्यक योजनाहरुको तय, कार्यान्वयन एवं विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

कोरोना तथा लकडाउनका कारण देशैभरी बिभिन्न समस्यामा रहेकाहरुको उद्धार, व्यवस्थापन, सहयोग लगायतका काम युवा संघले जारी नै राख्ने संघका सचिवालय सदस्य सुभाष साहले बताए । अहिले देशैभरी कोरोना भाइरस तथा लकडाउनका कारण धेरै मान्छे पीडामा रहेकाले उनीहरुलाई सक्दो सहयोग गर्नु आफूहरुको दायित्व रहेको स्वयंसेवकहरु बताउँछन् ।

(Visited 65 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा...

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

साताका लोकप्रिय समाचार

निषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

  काठमाडाैं । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

अर्थतन्त्रमा साना व्यवसायको योगदान उच्च : गर्भनर

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारले साना तथा घरेलु व्यवसायको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग...

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–०...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

ट्रेन्डिङ

शाहरूख खान फिल्ममा फर्कंदै

मुम्बई । बलिउड अभिनेता शाहरूख खान डेढ वर्षपछि फिल्ममा फर्कने भएका छन् । गत वर्ष आफ्नो फिल्म ‘जिरो’ व्यावसायिक रूपमा पूर्ण असफल भएपछि उनले...

कोरोना संक्रमणबाट इटहरीका अग्रज पत्रकार न्यौपानेको निधन

  इटहरी । इटहरीका अग्रज सञ्चारकर्मी चन्द्र न्यौपानेको निधन भएको छ । ५० वर्षीय न्यौपानेको शुक्रबार बिहान ८ः२५ मा निधन भएको विराट मेडिकल कलेज कोभिड...

स्विमिङ पुलबिनै पौडी

मस्को । लकडाउनका कारण मानिस घरभित्रै बस्न बाध्य भएका छन् । चलायमान हुनुपर्ने खेलाडी पनि यतिबेला घरभित्र नै अभ्यास गरिरहेका भेटिन्छन् । घरभित्र नै...

भारतमा कोरोनाबाट झण्डै ६ लाख संक्रमित, १७ हजारभन्दा बढीको मृत्यु

नयाँदिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट...

युवकलाई बन्धक बनाई फिरौती माग गर्ने ३ जना पक्राउ

काभ्रेपलाञ्चोक । युवकलाई बन्धक बनाई फिरौती रकम माग्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । जिल्लाको पाँचखाल नगरपालिका वडा नं १२ तिनघरे...

निषेधाज्ञामा नरोकिएका सिर्जनशील हातहरु (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा सुरु भएको आज चार दिन पुरा भयो । कलकारखाना ठप्प छ । अत्यावश्यक भनिएका खाद्यान्ह र औषधी दोकानदारले समेत पसल...

जनस्वास्थ्य र स्वास्थ्य मन्त्रालय

नेपालको संविधानमा प्रत्येक नेपालीलाई स्वास्थ्यका लागि ग्यारेन्टी गरिएको छ । अथवा स्वास्थ्यलाई व्यक्तिको नैसर्गिक अधिकार भनिएको छ । तर, के नेपालमा प्रत्यक नेपालीले राज्यद्वारा...

प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा...

बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बसेका थिए...

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडाैं ।  गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएका हुन् । 'अन्ततः काठमाण्डौं...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुग्यो

बेइजिङ । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३...

शीर्ष चारमा चेल्सीको सम्भावना बलियो

लन्डन । इग्लिस प्रिमियर लिग (इपीएल) अन्तर्गत भएको खेलमा चेल्सीले लेस्टर सिटीलाइ पराजित गर्दै अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष चारको दौडमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)