बिरामी लिएर हिँडेको ट्याक्सी दुर्घटनामा दुईको मृत्यु

सांकेतिक तस्वीर

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन ।

बिरामी लिएर पोखराबाट ढोरपाटन नगरपालिका–५ जाँदै गरेको ध १ व ५२८ नम्बरको ट्याक्सी प्याङखोलामा दुर्घटना भएको हो ।

मंगलबार राती भएको दुर्घटना चालक बडिगाड गाउँपलिका–५ न्वाराका ३५ बर्षिय ढालबहादुर भनिने गोकर्ण थापा र ढोरपाटन नगरपालिका–५ का ४० बर्षिय जोकबहादुर वकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृकत विककी श्रीमती ३८ वर्षीय रतिकला विक घाइते भएको प्रहरी उपरीक्षक इकवल हवारीले जानकारी दिए । चालक थापालाई उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमो मृत्यु भएको थियो ।

घाईते विकको बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । सवारी अनियन्त्रीत भई दुर्घटना हुँदा सडकदेखि करिब डेढ सय मिटर तल खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
हेटौंडामा राप्रपाका दीपकले लम्ब्याए मतान्तर