Tuesday, June 22, 2021
Home Editor-Picks ८० रुपैयाँको स्यानिटाइजर १६५ रुपैयाँमा विक्री

८० रुपैयाँको स्यानिटाइजर १६५ रुपैयाँमा विक्री

कौशिला कुँवर,

काठमाडौँ । ८० रुपैयाँको स्यानिटाइजर २ गुणा बढी नाफा लिएर १ सय ६५ रुपैयाँमा विक्री गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको बजार अनुगमनका क्रममा स्यानिटाइजरमा अधितम मुल्य लिएर उपभोक्तालाई ठग्ने गरेको पाइएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका २ स्थिती रहेको बिज्ञान फार्मेसी मञ्ञरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको १०६ प्रतिशत नाफा लिएर स्यानिटाइजर विक्री गर्ने गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ । रव क्लिन ब्रान्डको १२० यमएलको स्यानिटाइजरलाई ८० रुपैयाँमा खरिद गरी १ सय ६५ रुपैयाँमा विक्री गरेको पाइएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । उनले सो उद्योगलाई अनुचित व्यापारीक क्रियाकलाप गरेको पाएको हुँदा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८(ङ) बमोजिमको कसुरमा दफा ३९ (ख) बमोजिम तत्काल २ लाख जरिमाना गरेको बताए । यसैगरी प्रवक्ता शिवराज सेढाईले बिराटनगर महानगरपालिका २ मा रहेको २ ओटा फार्मेसीले मास्क र स्यानिटाइजरको बिलबिजक बिना खरिद गरी बिक्रि गरेको पाएपछि ती फार्मेसीलाई ५ हजार र २० हजार जरिमाना गरेको जानकारी दिए ।

प्रवक्ता सेढाईले दोस्रो लहरको कोरोना महामारी तीब्ररुपमा बढेपछि स्वास्थ्य उपकारणमा कालोबजारी हुन थालेपछि विभागले बजार अनुगमनलाई स्वास्थ्य उपकारणमा केन्द्रित गरेको बताए । उनले विभागसहित विभिन्न निकायले संयुक्त रुपमा बजार अनुगमन अघि बढाएको जानकारी दिए । उनले पछिल्लो समय वाणिज्य विभाग, औषधी व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, नेपाल प्रहरी समेतको संयुक्त टोलीले स्वास्थ्य उपकारणमा केन्द्रित भएर विषेश बजार अनुगमन हुने गरेको बताए । उनले वाणिज्य विभागसहित संयुक्त टोलिले काठमाडौंका विभिन्न ५ अस्पतालमा अनुगमन गरिएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईले अस्पतालबाट उपलव्ध हुने सेवाहरु, बेडको उपलव्धता, रेम्डेसिभिर औषधीको उपलव्धता, अक्सिजनको उपलव्धता र शुल्क लगायतका बिषयमा केन्द्रित भइ अनुगमन गरिएको बताए । प्रवक्ता सेढाईका अनुसार नर्भिक, सहिद मेमोरियल, कलंकी, ब्लूक्रस र त्रिपुरेश्वर बयोदा, बल्खु र नेपाल नेशनल अस्पतालमा अनुगमन गरेको छ । उनले अनुगमनमा अस्पतालपिच्छे फरक फरक शुल्क लिइरहेको पाइएको बताए । उनले गलत बिलबिजक जारी गरेकोमा काठमाडौंमहानगरपालिका ६ बौद्धस्थित नेपा मेड्रस प्रालि(औषधी पसल) र बढी अधिकतम खुद्रा मूल्य(एमआरपी) उल्लेख गरी कम मूल्यमा स्यानिटाइजर बिक्रि वितरण गरेको उजुरीका आधारमा सो फर्मलाई कारबाही गरेको बताए । उनले महालक्ष्मी नगरपालिका ४ ललितपुरस्थित ओम आरोग्य प्रालिलाई २० हजार जरिमान गरेको बताए ।

प्रवक्ता सेढाईले चोभारस्थित सिता प्रडक्ट्स प्रालि र एभरेष्ट अक्सिजन को स्थलगत अवलोकन गरी विभागले उत्पादन र वितरणको बारेमा जानकारी लिएको बताए । प्रवक्ता सेढाईका अनुसार उद्योग २४ सैं घण्टा पूर्ण क्षमतामा सञ्चालनमा आई अक्सिजन सिलिण्डर सिंधै अस्पतालहरुमा आपूर्ति गर्ने गरेको र करिब ३ वर्षदेखि बन्द रहेको एभरेष्ट ग्याँस उद्योगले प्लान्ट मर्मत गरी पुनः सञ्चालनमा ल्याउन लागेको पाइएको छ । सो ग्यास उद्योग सञ्चालनमा आएपछि दैनिक ७ सय सिलिण्डर उत्पादन गर्ने गरेको छ ।

प्रवक्ता सेढाईले खाद्य र मासु पसलाई पनि विभागले अनुगमन गरी कारबाही गरेको बताए । जोरपाटी क्षेत्रका ३ ओटा मासु पसललाई अनुचित व्यापारीक क्रियाकलाप गर्ने गरेको उपभोक्ताको गुनासोको आधारमा अलि मासु पसल र जय भिमसेन मिट पसलाई ५/५ हजार र आले मासु पसललाई २ हजार जरिमाना गरेको जानकारी दिए ।

यसैगरी प्रवक्ता सेढाईका अनुसार विभागले आमुसँग ट्रेर्डस(खाद्य पसल) र इन्द्रचोक किराना पसल(खाद्यान्न) लाई ५ हजार जरिमाना गरेको छ । बाँकेको कोहलपुर मेडिकल कलेजभित्र सञ्चालमा आएको गौतमबुद्ध नेपालगन्ज फार्मेशी प्रालिको कोहलपुर डिपोमा खरिद गरेको ३ सय ६६ भाएल रेम्डेसिभिर औषधीको कुन–कुन मितिमा, कुन–कुन बिल नम्बरबाट, के–कति परिमाण र मूल्यमा बिक्रि वितरण गरेको हो सोको विवरण दिन ३ दिन भित्र पेश गर्न विभागको अनुगमन टोलीले निर्देशन दिएको छ ।

यसैगरी धरानका तीन फार्मेसीको अनुगमन गर्दा १ फार्मेसी (सुनौलो मेडिकल हल)ले अनुगमनमा सहयोग नगरेको र एक फार्मेसी (टाटा नन्दा फार्मेसी)ले मास्क र स्यानीटाइजरको खरिद तथा बिक्री बिल नराखी बिक्री वितरण गरेको कसुरमा दुबै फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २०/२० हजार रूपैयाँ तत्काल जरिमाना गरिएको छ ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

साताका लोकप्रिय समाचार

‘जुठे’को प्रशारण रोकियो, अब ‘जुठे’ले न्याय पाउछ

  काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव...

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो

  काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९...

बढीपहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

  काठमाडाैं ।  मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१...

संघीयताको संकेत

संघीय राज्य व्यवस्थाको आधार माओवादीले २०५२ सालदेखि २०६२ सम्म गरेको जनयुद्ध, हो भन्नेहरू धेरै छन् । एकातिर माओवादीको सशस्त्र युद्धले समाज आव्रmान्त थियो भने...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

ट्रेन्डिङ

लमजुङमा थप २ जनामा देखियो डेङ्गु

लमजुङ । लमजुङमा फेरि थप २ जनामा देखियो डेङ्गु संक्रमण देखिएको छ । गत असार महिनादेखि यता जिल्लामा डेङ्गु संक्रमितको कुल संख्या ७ पुग्यो...

लोकतान्त्रिक गणतन्त्रको सफल अभ्यास

गणतन्त्र दिवस नेपाली जनताको बलिदान र संघर्षको सफलताको दिन हो । यो हाम्रो उल्लासको चाड हो तर हामी त्यसरी उल्लासपूर्वक यस चाडलाई मनाउन सकिरहेका...

सर्लाहीमा थपिए ४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६१९ पुग्यो

सर्लाही । सर्लाहीमा शनिवार ४ जना नयाँ कोरोना संक्रमितहरु थपिएको छ । बागमती नगरपालिकामा ३ जना र चन्द्रनगर गाउँपालिकामा १ जना गरी ४ जना...

नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन् : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा...

विप्लव समुहका दाेस्राे नेता बास्ताेल पक्राउ

काठमाडाैं ।  प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रमुख नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लव समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट...

चितवनमा कोरोनाको स्रोत : बाहिरी बिरामी र कामदार

चितवन । शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त शहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर जिल्लामा प्राप्त यही सुविधा...

सरकारको आँकलन : साउन दोस्रो र तेस्रो साता कोरोना र वर्षाजन्य विपद्का घटना उत्कर्षमा

काठमाडौं । कोरोना भाइरस संक्रमणले आम जनता त्रस्त भइरहेका बेला सरकारले आगामी साउनमा कोरोना महामारी उत्कर्षमा पुग्ने आँकलन गरेको छ । साउनको दोस्रो र...

जाभीको भन्छन्, ‘ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’

बार्सिलोना । स्पेन तथा बार्सिलोनाका पूर्वस्टार जाभी हर्नान्डेजले पेप ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एक रहेको दाबी गरेका छन् । उनले ग्वार्डिओला यतिबेला विश्वकै उत्कृष्ट...

तुलसीपुर बजार खुल्यो

तुलसीपुर।  तुलसीपुर बजार आजदेखि पुर्ण रुपमा खुलेको छ । यस अघि पालो अनुसार खुल्दै आएका पसलहरु आजदेखि पूर्णमा खुलेका हुन् । कपडापसल, फेन्सी, सुनचाँदी,...

लम्कीचुहा बलात्कार घटना : बर्दियामा नारी एकता शक्ति केन्द्रद्वारा विरोध

बर्दिया । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको शहीद स्मृती माविको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि भएको बलत्कार घटनाको बर्दियामा विरोध जनाइएको छ । जिल्लास्थित नारी...

अप्सरा दिदी तिमीलाई सेतो सारीमा कसरी हेर्नु ?

  फागुनको महिना थियो । स्कुल लागेको दुई महिना पूरा भएको थिएन । कतिपय विद्यार्थीले किताबमा गाता हाल्न भ्याएका थिएनन् । राम्रो गाता हाल्नेले थपलियाको...

लकडाउन अवधिमा रौटहटमा बालिकासहित २ जना बलत्कृत

रौतहट । रौतहटमा एक हप्ताको अबधिमा ८ बर्षिय बालिका २ जना बलात्कारको शिकार भएका छन । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उदेश्यले राज्यले लकडाउन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)