Friday, June 18, 2021
Home Editor-Picks भारतमा भेटिएकाे कोभिड–१९ काे नयाँ स्वरूप निकै सजिलाेसंग फैलिन सक्ने

भारतमा भेटिएकाे कोभिड–१९ काे नयाँ स्वरूप निकै सजिलाेसंग फैलिन सक्ने

एजेन्सी,

 

नयाँ दिल्ली ।  भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको भाइरसलाई ट्र्याक गर्न र यसलाई अझ राम्रोसँग बुझ्नका लागि आवश्यक पर्ने परीक्षण गर्नेतर्फ भारत निकै पछाडि छ ।

सोमबार, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भाइरसको प्रारम्भिक अनुसन्धानका आधारमा यस नयाँ स्वरुपलाई निकै चिन्ताजनक भनी वर्गीकृत गरेको छ । यस भाइरसको नयाँ स्वरुपलाई डब्लुएचओले पहिला अन्य मुलुकमा समेत फैलिएका बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका नयाँ स्वरुपका भाइरसकै कोटीमा राखेर अनुसन्धान अघि बढाएको छ ।

“हामीलाई यो भाइरसको नयाँ भेरिएन्टका बारेमा धेरैभन्दा धेरै जानकारी चाहिएको छ,” डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले बताए । “हामीले थप अनुक्रमित (सिक्वेन्सिङ) गर्नु जरुरी छ र यसलाई भारत एवं अन्य मुलुकका विवरणसँग भिडाउनु पर्दछ ताकि यसबाट यो भाइरस कति फैलिएको छ भन्ने थाहा पाउन मद्दत पुगोस् ।”

भाइरसको स्वभाव नै निरन्तर रुप परिवर्तन गरिरहनु हो, र बढ्दो संक्रमण वा फैलावटले नयाँ नयाँ स्वरुपमा रुपान्तरण हुन मद्दत गर्दछ ।

भाइरसले नयाँ स्वरुप धारण गरे वा नगरेका बारेमा भारतमा भाइरसको आनुवंशिक अनुगमन शुरु गर्न ढिलो भइरहेको थियो । अर्थात् यो कोरोनाभाइरस कति संक्रामक वा घातक हुँदैछ भन्ने बुझ्ने प्रयास भएको देखिन्न ।

यी नयाँ स्वरुपमा बदलिएका (म्युटेड) कोरोनाभाइरसका भेरिएन्टका भिन्नता वा विशेषतालाई अनुगमन गर्न जरुरी हुन्छ किनकी नयाँ स्वरुपमा बदलिएका भाइरसले मानिसको प्रतिरक्षा प्रणालीलाई बढी क्षति गर्ने, पुनः संक्रमित गर्ने वा खोपहरु कम प्रभावकारी बनाउने सम्भावना हुन्छ । अहिलेका लागि, डब्लुएचओले के कुरामा जोड दिएको छ भने कोभिड–१९ का खोपहरु नयाँ भेरिएन्टबाट संक्रमित व्यक्तिलाई पनि रोगबाट रोकथाम गर्न र मृत्युबाट बचाउन प्रभावकारी छ ।

भारतीय वैज्ञानिकहरुको भनाईमा उनीहरुका काममा प्रशासनतन्त्रले उत्पन्न गराएको अबरोध र सरकारी निकायहरुबाट महत्वपूर्ण तथ्याँकहरु उपलब्ध गराउन भइरहेको हिच्किचाहट चुनौतीपूर्ण छ । भारतले कूल संक्रमितको करिब १ प्रतिशत तथ्याँक मात्र सिक्वेन्सिङ गरिरहेको छ र कोरोनाभाइरस जिनोमको विश्व डेटाबेसमा यस सिक्वेन्सिङको नतिजा पनि सबै राखेको छैन ।

सिक्वेन्सिङ पर्याप्त नभएको अवस्थामा त्यहाँ प्रशस्त छिद्रहरु हुन्छन् र त्यसकारण भाइरसका अझ चिन्ताजनक नयाँ स्वरुप (म्युटेसन) त्यतिकै फैलिदै जान्छन्, एमआइटी र हार्बर्ड विश्वविद्यालयकी अनुसन्धाता अलिना चान बताउछन् ।

क्याम्ब्रिज विश्वविद्यालयमा क्लिनिकल माइक्रोबायोलोजीका प्राध्यापक रवीन्द्र गुप्ता भन्छन्, “यसमा भाइरसका सबै विशेषताहरु अन्तरनिहीत छन् र यसबाट हामी पक्कै चिन्तित हुनु पर्दछ ।”

गत वर्ष तटीय महाराष्ट्र राज्यमा पहिलो पटक फेला परेको नयाँ संस्करणको कोरोनाभाइरस सर्भे गरिएका २७ राज्यमध्ये १९ मा फेला परेको छ । यसैबीच, बेलायतमा पहिलो पटक फेला परेको एउटा भेरिएन्ट भने ४५ दिनभित्र भारतमा घट्दोक्रममा देखिएको छ ।

भारतीय स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ तिब्र गतिमा फैलिनुमा नयाँ भेरिएन्ट मात्र जिम्मेवार रहेको भनिहाल्न नहुने भन्दै सावधान गराएका छन् । विज्ञहरुले धार्मिक सभासमारोह र राजनीतिक दलका भिडभाडयुक्त चुनावी सभाका कारण पनि कोरोनाभाइरस तिब्र गतिमा फैलिएको औंल्याएका छन् ।

भेल्लोरस्थित क्रिस्चियन मेडिकल स्कुलका सूक्ष्मजीव अध्ययन गर्ने डा गंगादीप काङले पहिल्यै कोभिड–१९ संक्रमित भएका व्यक्तिलाई नयाँ भेरिएन्टले पुनः संक्रमित बनाइरहेको छ वा छैन भन्ने अनुसन्धान गर्नुपर्ने बताए । “यस बारेमा मानिसले किन त्यति महत्व दिइरहेका छैनन् भन्ने मैले बुझ्न सकेको छैन ।”

भारतमा सिक्वेन्सिङका प्रयत्नहरु अस्तव्यस्त हुने गरेका छन् । चानको भनाईमा भारतबाट जिसेडमा प्रति एक हजार संक्रमितमध्ये ०.४९ सिक्वेन्समात्र अपलोड गर्ने गरिएको छ । संयुक्तराज्य अमेरिकामा प्रति एक हजारमा करिब १० अपलोड हुने गरेको छ जबिकी बेलायतले प्रति एक हजारमा ८२ सिक्वेन्स अपलोड हुने गरेको छ ।

अघिल्लो वर्ष भारतीय सरकारी संस्थाहरुलाई सम्भव भएसम्म देशभित्रै उत्पादित बस्तु खरिद गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले आदेश दिनु भएको थियो । यो असम्भव प्रमाणित भयो, किनभने सिक्वेन्सिङसँग सम्बन्धित सबै सामान विदेशबाटै आयात गर्नुपर्ने थियो, जसका कारण धेरै कागजी प्रक्रियामा जानु परेको थियो, जेनोमिक्स तथा इन्टिग्रेटिभ बायोलोजका निर्देशक अनुराग अग्रवालले बताउनुभयो ।

(Visited 122 times, 1 visits today)
Loading comments...

आजको समाचार

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

ट्यांकर चालकलाई आजबाट कोरोनाविरुद्धको खोप

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्तिएका ट्यांकर चालक र सहचालकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन् । उनीहरूको...

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले...

बजारमा नयनराज पाण्डेको ‘जियरा’

  काठमाडौं । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको...

किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

  काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा...

ट्रेन्डिङ

खाद्यान्न राहत पहुँचवालाको हातमा

काठमाडौं । सरकारले वितरण गरेको राहत पहुँचवालाको हातमा मात्रै पुग्ने गरेको छ । पीडित मजदुर र विद्यार्थी भने राहतबाट वञ्चित नै हुने गरेका...

अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

कास्की । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर आज...

आज १२ थपिए, कर्णालीमा संक्रमितको संख्या २३ पुग्यो

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा नयाँ र पुरानो संक्रमति गरी २३ जना पुगेका छन् ।...

गाउँपालिकाको निति तथा कार्यक्रम : कोरोना अस्पतालदेखी स्नातक गर्नेलाई नगदसम्म

बारा । बाराको प्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रममा आफनै पिसिआर मेसिन जडान देखि पुर्वाधार विकास योजना समावेश गरेको छ । गाउँपालिका...

अब पेट्रोल र डिजेलमा १० रुपैंया पूर्वाधार कर

काठमाडौं । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको छ । बिहीवार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले...

काका भन्छन्– यदि म प्रधानमन्त्री भएको भए

काका देशका सचेत, शिक्षित, दीक्षित एवं प्रशिक्षित नागरिक हुन् । उनले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । विश्वविद्यालयबाट मास्टर्स गरेपछि बेरोजगारीको तनाव विसर्जन...

कोभिडको दोस्रो लहर र विद्यालय सञ्चालन

बीई चौथो वर्षको परीक्षा चलिरहँदा ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पठनपाठन अनिश्चितकालीन अवरुद्ध भयो । शंकास्पद लक्षण देखिएपछि बाग्लुङ बजारको एक...

संघीयता कार्यान्वयनका चुनौती

विश्वभर संघीयताको अवलम्बन गरिरहेका देशको अवस्था हेर्ने हो भने सफल, असफल, संघीयताबाट एकात्मक शासन उन्मुख, संघीयताको उपयुक्त व्यवस्थापनको अभावमा विघटनमा परेकाजस्ता सबै प्रकारका उदाहरण...

३९ रुपैयाँको सेनिटाइजर ८० रुपैयाँमा बिक्री

इटहरी । इटहरीका औषधी पसल सञ्चालकहरुले स्वास्थ्य सामाग्रीमा बदमासी गरेको पाइएको छ । स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने गरेको पाइएपछि कारबाही गरिएको...

शिक्षामा परम्परावादी बजेट

नेपाल सरकारका अर्थमन्त्रीले गत १५ जेठ आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट संसद्को संयुक्त सदनबीच पस्किसकेका छन् । यसपटक गत सालको भन्दा ४...

यूएईबाट १६८ जना नेपाली लिएर आइपुग्यो एयर अरेवियाको जहाज

काठमाडौँ । सरकारले म्यान्मासँगै आजै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा...

झ्याप झ्याप बती जाँदा उपभोक्ता हैरान

काठमाडौं । पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)