Tuesday, June 22, 2021
Home Breaking News काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

राजधानी समाचारदाता,

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ ।

“निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ”, प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।

यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो ।

उपत्यकाको तीन जिल्ला काठमाठौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे आज राति १२ बजेसम्मका लागि समय थपिएको थियो । सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो । उहाँका अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ ।

उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स ९खाद्य सामग्री मात्र विक्री गर्न० खुला हुने छ । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा ९बढीमा २ जना० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

साताका लोकप्रिय समाचार

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

द्वन्दमा छाेरा गुमाएकी आमा भन्छिन्, मेरो जस्तै पीडा अरूले नभोगून्

  दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन्...

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

ट्रेन्डिङ

फुकरे–३ मा कोरोना भाइरसको कथा

मुम्बई । अहिले विश्व नै कोरोना भाइरस संक्रमणको चपेटामा छ । हरेक कुरामा कोरोनाको असर परिरहेका बेला फिल्ममा पनि कोरोनाका कथाहरू समेटिन थालेका छन्...

राज्य सत्तामा मस्त, समाज आलोचनामा व्यस्त

लोकतान्त्रिक राज्य व्यवस्थाको एउटा सुन्दर पक्ष वाक् स्वतन्त्रता हो । जनताले बोल्न, लेख्न र राज्यका कमीकमजोरीमा औंला ठडाउन पाउने व्यवस्था भएकाले सायद प्रजातन्त्रलाई जनताका...

दश वर्षमा पनि बनेन पुल

पाँचथर । पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने, तमोर नदीको लुमुघाटमा मोटरेवल पुल निर्माणको काम सुरु भएको एक दशक बित्यो । तर, हालसम्ममा कामको प्रगति...

बर्दियामा ६ जना कोरोना संक्रमित थपिए

बर्दिया । बर्दियामा शनिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको...

‘अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला आपत्तिजनक’

काठमाडौं । सर्वाेच्च अदालतले नेपालका सवारीसाधनहरूमा देवनागरी लिपिमा प्रयुक्त नेपाली भाषाको नम्बर प्लेट हटाएर नेपाली भाषाको पहिचान र अस्तित्वमाथि नै आक्रमण गरी अङ्ग्रेजी भाषामा...

भ्रष्ट प्रवृत्तिको निरुत्साहन अत्यावश्यक

भ्रष्टले सम्पूर्ण नेपाली र सिंगो मुलुकलाई नै पीडित बनाउँछ । राष्ट्रघाती भ्रष्टलाई कारबाही गर्नुपर्नेमा उल्टै राष्ट्रबाटै भ्रष्टहरू सम्मानित बन्दै आएका छन् । पछिल्लो समयमा...

‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छ’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीको तर्फबाट आफ्नो राय राख्ने क्रम जारी छ । बुधबारको सुनुवाइमा एमिकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

इलामको निर्माणधीन हाइड्रोमा स्थानीयको कालो झन्डा

इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधिन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण...

घुस लिएको अभियोगमा प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई...

अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद : मिन विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर विश्वकर्माले कुनै अमुक व्यक्तिको लागि अमुक उद्देश्यले संविधान संशोधन गर्न...

कोरोनाको दुष्चक्र, निजी क्षेत्र र राहतको खाँचो

कोरोना कहरले मुलुकको अर्थतन्त्रलाई नराम्ररी गाँजेको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण सबै आर्थिक क्रियाकलाप अवरुद्ध भएका छन् ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)