Tuesday, June 22, 2021
Home Not-to-be-missed स्कृप्ट लेखनमा ऋषिराज

स्कृप्ट लेखनमा ऋषिराज

डब्बु क्षत्री,

काठमाडौं । गत पुषबाट नेपालमा कोरोना संक्रमित घटेर दैनिक सयको संख्यामा झरेपछि निर्देशक ऋषिराज आचार्य आशावादी भए । उनलाई अब फेरि नेपाली चलचित्र माथि उठेर पुरानै अवस्थामा पुग्छ जस्तो लागेको थियो । त्यसैले उनले गत माघ, फागुनमा नयाँ चलचित्र चुरीफुरीको छायांकन गरे । यो चलचित्रलाई उनले आगामी १ असोजमा रिलिज गर्ने लक्ष्य लिएका थिए ।

नेपालमा कोरोनाको दोस्रो भेरियन्ट आएसँगै देखिएको महामारीका कारण अब नेपालका अवस्था कहिले सामान्य हुन्छ भन्ने टुंगो छैन । त्यसैले अब आफ्नो यो हास्यप्रधान चलचित्र आगामी १ असोजमा रिलिज होला कि नहोला भनेर यी निर्देशकले अनुमान लगाउन पनि सकेका छैनन् । नेपालका फिल्म हल अब कहिले खुल्ने भन्नेबारे अहिले नै भन्न सक्ने अवस्था पनि छैनन् । त्यसैले सम्पादनमा रहेको यो चलचित्रका काम निर्देशक आचार्यले गत १६ वैशाखपछिबाट गर्न सकेका छैनन् ।

१६ वैशाखदेखि जारी निषेधाज्ञामा घरबाट बाहिर निक्लन नपाएपछि अन्यले जस्तै निर्देशक ऋषिराज आचार्यले पनि आफूलाई कैदीसरह मानेका छन् । तथापि, निर्देशक आचार्य यतिबेला घरमै बसेर नयाँ फिल्मका लागि स्कृप्ट लेखिरहेका छन् । यदि परिस्थिति राम्रो भयो र १ असोजमै आफ्नो नयाँ चलचित्र चुरीफुरी रिलिज भयो भने त्यसको दुई महिनापछिबाट उनी अर्को नयाँ फिल्मको छायांकन सुरु गर्ने पक्षमा छन् । सोही कारण यो लकडाउनमा फुर्सदको समयलाई सदुपयोग गर्दै नयाँ चलचित्रको स्कृप्ट लेखिरहेको यी निर्देशकले बताएका छन् ।

यी निर्देशकको चलचित्रप्रति निकै लगाव छ । चलचित्र क्षेत्रमा डेढ दशकभन्दा लामो समय बिताइसकेका उनी कक्षा ७ मा पढ्दापढ्दै चलचित्रको नायक बन्छु भनेर आफ्नो जन्म थलो दाङदेखि भागेर काठमाडौं आएका थिए । पत्रिका पढेर निर्देशक निर्माताको ठेगाना पत्ता लगाएर उनले त्यतिबेला धेरै निर्माता निर्देशकको घर धाए । उनलाई पढाइ सकेर आउनु भनेर निर्माता निर्देशकले भनेपछि पुनः दाङ फर्किएका थिए । त्यसपछि एसएलसी सकेर काठमाडौं आएका उनी नायक त बन्न सकेनन् । त्यसैले चलचित्र निर्देशक शम्भु प्रधानको पछि लागे । प्रधानले उनलाई सहायक निर्देशकका रूपमा आफ्ना टेलिचलचित्र र चलचित्रमा काम गर्ने अवसर दिए । प्रधानकै संगतले उनले प्रधानको सहयोगी भएर स्कृप्ट पनि लेख्दै गए । प्रधानसँग ५ वर्ष सहायक भएर काम गरेपछि उनी मुम्बई हान्निए । त्यहाँबाट एक वर्षको निर्देशन प्रशिक्षण कोर्ष सम्पन्न गरेर नेपाल फर्केपछि सानो पर्दाबाट आचार्यले निर्देशन सुरु गरेका हुन् ।
मुम्बईबाट नेपाल आएपछि आफन्त, यात्रा जिन्दगीको, जस्ता टेलिचलचित्रको निर्देशन आचार्यले गरे । जुन नेपाल टेलिभिजनबाट प्रसारण भएका थिए । त्यसपछि सञ्जिवनी, विश्वास जस्ता सुपरहिट सिरियलहरू नेपाल टेलीभिजन प्लसबाट प्रसारण भएका थिए ।

करिब १५ सय एपिसोड जति टेलिसिरिएल निर्देशन गरिसकेपछि उनले चलचित्र मिस्टेकको निर्देशन गरेर ठूलो पर्दाको यात्रा सुरु गरेका थिए । मिस्टेकपछि आचार्यले सपना तिम्रो मेरो, सुन्तलीलाई भगाई लग्यो झिल्केले, ड्रिम गर्ल जस्ता चलचित्र निर्देशन गरेर दर्शकमाझ ल्याइसकेका छन् । उनका पछिल्ला तीनवटै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । अझ ड्रिम गर्लत उनको सबैभन्दा सफल चलचित्र मानिन्छ ।

यतिबेला थुप्रै हास्य कलाकारलाई लिएर उनले चलचित्र चुरुफुरी बनाएका छन् । उनी यसपटक यो चलचित्रबाट जति धेरै आशावादी छन् । त्यत्तिकै चिन्तित पनि छन् । एउटा चलचित्र निर्देशनबाट ५ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेको निर्देशक आचार्यले यसपटक चलचित्र चुरीफुरीमा आफैंले आधा लगानी गरेका छन् । कोरोनाका कारण सिनेमा हल बन्द भएको र हल कहिले खुल्ने भन्ने टुँगो नभएका कारण आफ्नो लगानीको ब्याज बढिरहेको भन्ने चिन्ता उनलाई छ । यो चलचित्रको आम्दानीबाट अर्को चलचित्र बनाउने सपना साँचेका उनी अहिले सोही कारण पनि नयाँ चलचित्रको स्कृप्ट लेखनमा व्यस्त भएका रहेछन् । आफूले चलचित्रबाहेक अरू केही नसोचेका कारण यसैमा उनी भविष्य खोजिरहेका छन् । कोरोनाको कहर केही महिनापछि काम हुने र बिगतको जस्तै खुलेर चलचित्र निर्देशन गर्दै हलसम्म दर्शकका लागि ल्याउने चाहना पूरा हुने आशामा उनी टिकिरहेका छन् ।

(Visited 53 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

साताका लोकप्रिय समाचार

१ करोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

  लहान । विभिन्न जघन्य अपराधमा संलग्न आरके यावदव भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । पक्राउ परेका यादवमाथी नेपाल र भारतमा विभिन्न समयमा व्यक्ति हत्या,...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

एमाले एकता जोगाउन दोस्रो तहका नेता अन्तिम कसरतमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै...

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

  धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा...

ट्रेन्डिङ

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

दलहरू, खानेबेलाका अभागी नबन !

उतिबेला एमालेबाट टुक्रिएर माले हुँदा मालेका नेता मनमोहन अधिकारीले भनेका थिए, ‘जनता कम्युनिस्टप्रति भरोसा गर्दैछन् । एक भएर जाने हो भने देशको मुहार फेर्न...

भारतीय आर्थिक परिदृश्यमा नेपाल

आज संसारको राजनीतिक परिदृश्य बडो परिर्वतनशील देखिएको छ । इतिहासको लामो समय प्रताडित रहेका मुलुक विकास र प्रगतिको मार्गका धावक बनेका छन् । एसिया...

मयुर यातायात सञ्चालनमा

काठमाडाैं ।  यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीन वटा बसबाट...

हराइरहेका दाजुभाइ बाँधमा मृत भेटिए

नवलपरासी ।  दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका...

सात महिनामा पाँच सय ५ फरार अपराधी प्रहरी नियन्त्रणमा

सप्तरी, राजविराज । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको...

तनहुँमा बस पल्टिँदा किचिएर महिलाको मृत्यु

तनहुँ । जिल्लास्थित ब्यास-१२ घाँसीकुवामा बस पल्टिँदा सोही बसले किचिएर एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा जिल्ला गोर्खा नगरपालिका-१८ बस्ने बर्ष २५ की शर्मिला ठकुरीको...

चोरी भएको १ ट्रक बियर रौतहटको गोदामबाट बरामद

रौतहट । चोरी भएको एक ट्रक बियर प्रहरीले रौतहटको एक गोदामबाट बरामद गरेको छ । गोर्खा ब्रुअरी प्राली नवलपरासीबाट जनकपुर हिँडेको बियरसहितको ट्रक हराएपछि...

नेकपा विवाद : गुटगत भेलामै व्यस्त शीर्ष नेता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने...

दैलेखका कोरोना संक्रमित युवा चढेको गाडीमा फर्केका थिए बर्दियाका ९ जना

बर्दिया । कोरोना पुष्टि भएका दैलेख आठबीस नगरपालिका– १ सात्तलाका युवालाई दैलेख सात्तला पुर्याएर फर्केको बसमै चढेर बर्दियाका ९ जना घर आएको खुलेको छ...

जमेको पानीमा डुबेर तीन बालकको मृत्यु

काठमाडौं । बाँकेको बैजनाथपुर २ को पित्तमारीमा नालामा जमेको पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । निर्माणाधीन क्षेत्रीय कारागार नजिकैको नालामा जमेको पानीमा...

सदस्य सचिव र लियोनादोबीच भेटघाट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र एपी १ क्रिकेट सिजनका होस्ट एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् दुवईका पूर्वकमेन्टेटर एन्ड्रयु लियोनादोबीच राष्ट्रिय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)