Tuesday, June 22, 2021
Home Not-to-be-missed ललितपुर एलिमिनेटरमा

ललितपुर एलिमिनेटरमा

राजधानी समाचारदाता,

काठमाडौं । मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै खुकुरी नेपाल सुपर (एनएसएल) को एलिमिनेटरमा प्रवेश गरेको छ ।

बुधबार भएको प्ले अफको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै ललितपुरले एलिमिनेटरमा काठमाडौंसँगको भेट पक्का गरेको हो । अब ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं रेजर्सले पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल प्रवेशको अर्काे मौका पाएको हो । धनगढीले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १२औं मिनेटमा अन्जन विष्टले क्रस गरेको बललाई गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दा रिवाउन्डमा डोना थापाको पोस्टनजिकैबाट बाहिरिँदा ललितपुर अग्रता लिनबाट चुक्यो । १६औं मिनेटमा डोना थापाले गल्ती गर्दा सुमन लामाले अवसर पाए पनि उनको प्रहार फितलो बन्यो । रिवाउन्डमा विमल रानाको प्रहार पोस्टनजिकैबाट बाहिरियो । २९औं मिनेटमा नुर्लानको पासमा कमल श्रेष्ठको प्रहार पहिलो बारबाट बाहिरिँदा काठमाडौं पुनः निराश बन्यो ।

३१औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा विलियम ओपोकुको हेडरलाई गोलरक्षक अर्पणले बचाए । लगत्तै ३२औं मिनेटम नुर्लानले पेनाल्टी बक्समा सुवर्ण अवसर पाए पनि प्रहार गर्न ढिला गर्दा ललितपुरले अग्रता लिन सकेन । ३३औं मिनेटमा अन्जन विष्टको प्रहारमा विशाल नै बाधक बने ।

४०औं मिनेटमा विलियम ओपोकुको वान भर्सेस वानको अवस्थाको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले बचाए पनि नियन्त्रणमा लिन नसकेको बललाई आशीष लामाले सिक्स यार्ड बक्समा अवसर पाए पनि उनको प्रहार आकासिँदा बुटवल लुम्बिनीले अग्रता लिन सकेन । ४९औं मिनेटमा डिफेन्डर विराज महर्जन र गोलरक्षक विशाल श्रेष्ठबीच तालमेल नमिल्दा विराजले दिएको ब्याकपासको फाइदा ललितपुरले उठाउन सकेन । विमल रानाले प्रयास गरे पनि विशालले जोगाए ।

६१औं मिनेटमा कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाए । पेनाल्टी एरियानजिक तीन÷चार सटिक पास खेल्दै बनेको मुभका मिक्चेन तामाङले दिएको क्रस पासलाई अन्जनले डाइभिङ हेडरमार्फत गोल गर्न सफल भएका हुन् । ६५औं मिनेटमा आशीष लामाले वान भर्सेस वानकै अवसरमा सुवर्ण अवसर पाए पनि गोलरक्षक अर्पणले डाइभ दिँदै मुस्किले क्लियर गर्दै बराबरी टारे ।

७९औं मिनेटमा ओमोलाजा नुरेन करिमको प्रहार पोलमा लागेर फर्कँदा र रिवाउन्डमा सुमन लामाको प्रहार दोस्रो बारबाट बाहिरिँदा बुटवल लुम्बिनी बराबरीबाट चुक्यो । ८५औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिक पोस्टको माथिबाट थोरै बाहिरिँदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो । ८७औं मिनेटमा नुर्लानको पासमा एरिक विष्टले गरेको प्रहार डिफ्लेक्ट हँुदा अन्जन विष्टको प्रहार पोस्टनजिकैबाट बाहिरियो ।

ललितपुरसँगको हारसँगै बुटवल लुम्बिनी एनएसएलबाट बाहिरिएको छ । एनएसएलमा बुटवल लुम्बिनीमाथि ललितपुरको यो लगातार दोस्रो जित हो । यसअघि लिग राउन्डमा पनि ललितपुरले बुटवल लुम्बिनीलाई १–० ले पराजित गरेको थियो । एनएसएलमा भने ललितपुरको यो लगातार तेस्रो जित हो ।

लिगको सुरुवाती चार खेलमा ललितपुरले जित निकाल्न सकेको थिएन । लिगको अन्तिम खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई ४–० ले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको थियो । ललितपुरका मिक्चेन तामाङ इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । ललितपुरकै गोलरक्षक अर्पण कार्की प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसँगै ट्रफी हात पारे ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ सहरका ७ टोलीको सहभागिता रहेको लिगको फाइनल १ जेठमा हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।
व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

साताका लोकप्रिय समाचार

२२९७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको...

सिन्धुपाल्चोकका बाढी पीडितलाई एनआरएनए क्यानाडाको ५ लाख सहयोग

क्यानाडा। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष चिरन्जिबी...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

अधुरै रहेका ती घोषणा

संविधानसभाबाट निर्मित संविधानपश्चात् भएको पहिलो आम निर्वाचनबाट गठित प्रतिनिधि सभाले आफ्नो पूरा कार्यकाल व्यतीत गर्न पाएन । कारण जेसुकै होस्, बहुदलीय व्यवस्था प्राप्तिपछि बनेको...

ट्रेन्डिङ

नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितमध्ये ५ पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या...

भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

  मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले...

गुल्मीमा जिप दुर्घटना, ३ को मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१४ का ४७ वर्षीय एकराज पोख्रेल, २८ वर्षीया शान्ति...

विसंगतिविरुद्घ समाज गोलबद्घ हुन जरुरी

जसरी एउटा गाडी गुडाउनका लागि त्यसको इन्जिन, पार्ट पुर्जा, इन्धन र हाक्ने ड्राइभर चाहिन्छ, त्यस्तै देशमा सुशासन, दण्डहीनता, विकास र समृद्घिका लागि सचेतजनता र...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

कोरानाको हल्लाले दोश्रो जनजाति साँस्कृतिक महोत्सव प्रभावित नहुने

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको दोश्रो आदिवासी जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव कोरोनाको हल्लाबीच पनि प्रभावित नहुने भएको छ । दश...

बैतडीको पाटन बजार क्षेत्र दुई दिनका लागि सिल

बैतडी । बैतडीको पाटन बजार क्षेत्रलाई दुई दिनका लागि सिल गरिएको छ । पाटनस्थित उदयदेव मन्दिरमा महानवमीका अवसरमा लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र...

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको...

प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको ६९औं जन्मदिनको अवसरमा ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरिएको छ ।...

नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो

काठमाडौँ । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने...

पूर्वमन्त्री आफताव आलमका भाई भारतमा पक्राउ

काठमाडौं । रौतहटको राजपुर बमकाण्डमा संलग्न नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी...

नारायण प्रधानको नेतृत्वमा द्वन्द्व कलाकारमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)