बाबुको काजकिरिया गर्दै १६ बर्षीया छोरी

तुलसीपुर । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति अनुसार दशगात्र(काजकिरिया) कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबाको मृत्युपछि स्वर्ग पुगिदैन् भन्ने साेंचलाई अहिले छोरीले तोड्न थालेका छन् ।

पुरानो मान्यता तोड्दै दाङको तुलसीपुरमा बाबुको निधनपछि १६ बर्षीया छोरी किरिया बसेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ संगितनगर निबासी ३८ बर्षका बाबु टेकबहादुर परियारको भारतको गुजँरातमा कोरोनाका कारण गएको बैशाख १३ गते मृत्यु भएपछि छोरी विनिता परियार अहिले किरिया बसेकी छिन् ।

‘छोराछोरीसंग कहिल्यै पनि संगै बस्नु भएन राम्रो गरी पढ्नु भन्दै एक महिना अघि रोजगारीका लागि भारत जानु भएका ड्याडीले मृत्यु भएको अघिल्लो दिन भिडियो कलमा आमाको ख्याल गर्नु है छोरी भन्नु भएको थियो,’ विनितिाले भनिन् ‘त्यो नै उहाँको अन्तिम बोली रहेछ ।’

छोरी भएपनि ड्याडीले सधै तिमिहरु छोरा हौ भन्ने गरेकाले आफु किरिया बसेको विनिताको भनाई छ । ‘ठूली मम्मिले छोरी मान्छे किरिया बस्नु हुँदैन भन्नु हुन्थ्यो तर मेरो मनले मानेन्,’ विनिताले भनिन् ‘म पनि छोराभन्दा के कम छु र भन्दै बसेकी हुँ ।’

विनिताका बुबा–आमा भारत गएपछि तीन बहिनी बर्दीयामा मामाको घरमा बस्दै आएका थिए । तीन बहिनी मध्ये बिनिता जेठी छोरी हुन् । बर्दीयाबाट आएर विनिता बैशाख २४ गतेबाट बाबुको किरिया बसेकि छिन् ।

दलित परिवारकी विनिता परिवर्तनको संवाहक भएकी छिन् अहिले । विनिताको कार्यले छोराले मात्रै काजकिरिया गर्नुपर्छ, नत्र स्वर्ग पुग्न सकिदैन भन्ने अन्धविस्वासलाई चुनौति दिएको छ । अनिवार्य छोरा जन्माउनै पर्ने, उसैले मात्र आमाबुबाको काजकिरिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि अहिले त्यो हटेर गएको तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले बताए ।

बुबाको दशगात्र काजकिरिया गरेर बसिरहेकी जेठी छोरी विनिताले बाबुको चाहनाअनुसार नै आफूहरुले बुबाको काजकिरिया गरिरहेको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे कनका सुन्दरी र हिमाकाे नतिजा काँग्रेसकाे पाेल्टामा