इटहरीमा दुई दिनमा तीन जनाको मृत्यु

इटहरी । इटहरीमा दुईदिनमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाको दोस्रो भेरियन्ट आइकन इटहरी उपमहानगरपालिकामा कोरोनाका कारण दश जनाको मृत्यु भएको इटहरी अस्पतालले जनाएको छ ।

अस्पतालका इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरी ७ का ४१ वर्षीय पुरुष र इटहरी ९ का ७६ वर्षीय बृद्ध पुरुषको बुधबार मृत्यु भएको थियो । उनका अनुसार इटहरी ७ का पुरुषको कोशी कोभिड अस्पतालमा मृत्यु भएको हो भने इटहरी ९ का बृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

त्यस्तै बिहीबार विहान ९ बजेर ५० मिनेटमा इटहरी २० तरहराका ७८ वर्षीय संक्रमितको मृत्यु भएको छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । वैशाख २९ गते भर्ना गरिएका उनलाई सोही दिन कोभिड पोजेटिभ देखिएको थियो । दीर्घ रोगी रहेका उनी भूपू लाहुरे रहेको हुन् । मृतक सबैको शवको व्यवस्थापन नियम अनुसार भइसकेको अस्पतालले जनाएको छ ।

धमलाका अनुसार इटहरीमा मृतकको संख्या दश पुगेसँगै इटहरीमा कुल संक्रमितको संख्या ६८६ पुगेको छ । ती मध्ये हालसम्म १०६ जना निको भएका छन् । संक्रमितको दर दिनानुदिन बढ्दै गएकाले सेचत रहन अस्पतालले अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई ‘जापान काण्ड’ महँगो पर्ने संकेत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला