Thursday, June 24, 2021
Home Breaking News हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

निराजन पौडेल,

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो ।

अनामनगर धोबीखोलानजिकको ७ रोपनी ७ आनाभन्दा बढी सरकारी जग्गा हरिप्रसाद गिरीलगायतले हडपेका थिए । जग्गा विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको थियो । अख्तियार अनुसन्धानमा सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइएपछि ९ मंसिर २०६५ मा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो ।

अख्तियारले दूषित दर्ता गराएको आरोपसहित सामाजिक विकास समाजको उजुरीका आधारमा छानबिन गर्दा हरिप्रसाद गिरी, टेकबहादुर पौडेललगायत व्यक्तिका नाममा सरकारी जग्गा घुसेको ठहर गरेको हो । अख्तियारको अनुसन्धान आधारमा मालपोत कार्यालय डिल्लीबजारले सरकारी जग्गा व्यक्तिको नाममा दूषित दर्ता गराएकाको नाममा सूचना जारी गरेको थियो ।

सार्वजनिक सरकारी जग्गा ‘जो जसको नाममा जुनसुकै तरिकाबाट दर्ता वा भोगकायम भएको भए पनि त्यस्तो जग्गा जहिले पनि नेपाल सरकारको नाममा कायम हुन सक्ने’ व्यवस्था मालपोत ऐन २०३४ को दफा २४(२)ले व्यवस्था गरेको छ । अख्तियारको निर्देशनमा मालपोत कार्यालयले मालपोत ऐनको दफा २४(२) ले गरेको व्यवस्थाअनुसार सूचना जारी गरेको थियो ।

तर, जग्गा हडप्नेमध्येका हरिप्रसाद गिरी, टेकबहादुर पौडेल कुलबहादुर निरौला, मोहन महर्जनलगायतले अख्तियारले गरेको निर्णय खारेजी माग गर्दै २०६६ सालमा सर्वोच्च अदालतमा रिट दर्ता गरे । उनीहरूद्वारा दायर रिटमा सर्वोच्चले २०७४ मा अन्तरिम आदेश जारी गर्दै ‘तत्काल यथास्थितिमा राख्न र निर्णय कार्यान्वयनमा नल्याउन’ भन्यो ।

सर्वोच्चको आदेशका कारण व्यक्तिले मिचेको सरकारी जग्गा कार्यान्वयनमा ल्याउन समस्या भएको थियो । गत महिना मात्रै सर्वोच्चले जग्गा हडप्नेको रिट खारेज गर्दै ‘व्यक्तिले हडपेको जग्गा सरकारको नाममा ल्याउन’ आदेश जारी गरेपछि मालपोत कार्यालय डिल्लीबजारले कानुनी आधार प्रयोग गर्दै सो जग्गा सरकारको नाममा फिर्ता ल्याएको हो ।

अख्तियारका अनुसार तत्कालीन कामनपा–१० सिट नं १०२–११०६ २२ किनं ६६ क्षेत्रफल ०–२–३–२ पर्तीमध्ये तथा किनं १०७, किनं १५६, ५४९, ४३१, ४३३, ४४७ मा विभिन्न क्षेत्रफलमा सरकारी जग्गा व्यक्तिको नाममा घुसाइएको पाइएको थियो । यसैगरी, त्यस क्षेत्रमा रहेको किनं ४४९, २६२, २६३, २६४ लगायत दर्जनांै कित्तामा सरकारी जग्गा घुसाएर हडपेको पाइएको अख्तियारले गरेको अनुसन्धानमा खुलेको थियो ।

व्यक्तिको नाममा दर्ता गर्ने यी हुन् अख्तियार छानबिन प्रतिवेदनअनुसार ८ आना सरकारी जग्गा अक्सिडेन्टल पब्लिक स्कुलका सञ्चालकद्वय टेकबहादुर पौडेल र कुलबहादुर निरौलाका नाममा दूषित दर्ता भएको थियो । त्यस्तै, ६ आना धोबीखोला नदी उकासको सरकारी जग्गा अग्निप्रसाद पौडेलको नाममा दूषित दर्ता भएको थियो ।

धोबीखोला नदी उकासको ४ आना सरकारी जग्गा हरिप्रसाद गिरीले घुसाएर खाएको अख्तियारको ठहर छ । शान्ता दाहालको नाममा १ दाम सरकारी जग्गा घुसेको छ । ३ आना दुई दाम सरकारी जग्गा बन्दना भट्टराई नाममा गएको अख्तियाको छानबिन प्रतिवेदनमा उल्लेख छ । छानबिन प्रतिवेदनअनुसार खोलाको सरकारी जग्गा मालपोत कार्यालय कर्मचारीको मिलेमतोमा सविता श्रेष्ठको नाममा २ आना, मोहन महर्जनको नाममा २ आना, जग्गा दूषित दर्ता भएको छ ।

सरमिस्ता मिश्रको नाममा करिब १० आना, कमानसिंह लामाको नाममा करिब ४ आना, हेमा थापाको नाममा १ आना, अम्बरबहादुर पाण्डेको नाममा १ आना, निर्मला उप्रेतीको नाममा ५ आना, सिद्धिबज्रको नाममा ७ आना, बालकुमारी बाँस्कोटाको नाममा ५ आना सरकारी जग्गा घुसाएर दूषित दर्ता गरेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, ज्ञान उपाध्यायसमेतको नाममा १४ आना, तारानाथ लुइँटेलको नाममा ५ आना, विजय तण्डुकारको नाममा ३ आना, सुशीला शाक्यको नाममा ५ आना सरकारी जग्गा व्यक्तिको नाममा गएको अख्तियारको छानबिन प्रतिवेदनको निष्कर्ष छ । यी सबै जग्गा सरकारको नाममा फिर्ता आएको छ ।

(Visited 971 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा १५ घन्टा बहस हुने

काठमाडौं । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा आजबाट बहस सुरु भएको छ । बहसमा रिट निवेदक पक्षले...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

साताका लोकप्रिय समाचार

बढ्यो गाँजा तस्करीको बिगबिगी

  चुरे मकवानपुर । गाँजा खेतिलाई बैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेला बेलामा बहस चल्ने गरेको छ । यता गाँजाको “ट्रान्जिट प्वाइन्ट”...

धनगढीको बजेट १ अर्ब ८१ करोड

  धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालका धनगढी उप–महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरेको छ । धनगढी उपमहानगरपालिकाका उपप्रमुख...

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

ट्रेन्डिङ

डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम...

नोकिया २.४ एआई—पार्वड क्यामेराको साथ सार्वजनिक

काठमाडौं । एचएमडी ग्लोबल, होम्स फर नोकिया फोनले आइतबार नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेसनले नाइट मोड र पोट्रेट...

प्रदेश प्रमुखलाई बुझाइयो वित्त आयोगको प्रतिवेदन

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रदेश...

कोरोना भाइरस : गण्डकीमा बागलुङ बढी प्रभावित

बागलुङ । गत चैत १५ मा यहाँ पुष्टि भएको कोरोना भाइरस सङ्क्रमणको घटना गण्डकी प्रदेशको पहिलो र देशकै पाँचौँ थियो । बेल्जियमबाट फर्किएकी बागलुङ...

लकडाउन अवधिमा रौटहटमा बालिकासहित २ जना बलत्कृत

रौतहट । रौतहटमा एक हप्ताको अबधिमा ८ बर्षिय बालिका २ जना बलात्कारको शिकार भएका छन । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उदेश्यले राज्यले लकडाउन...

नेप्से दुई अङ्कले घट्यो

काठमाडाैं । आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अङ्कले बढेको नेप्से आज...

उपाध्यक्ष र सदस्यसचिवद्वारा शपथ र पदवहाली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवालले बुधबार पद तथा गोपनीयताको शपथ तथा पदवहाली गरेका छन् ।...

सोसल मिडियामा भाइरल सनीको त्यो फोटो

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन भारतमा ३ मईसम्म बढाउने घोषणा गरे । बलिउड उद्योगले उनको सो निर्णयलाई स्वागत...

कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु, तीन घाइते

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला...

कसरी फैलियो प्रहरी प्रधान कार्यालयभित्रै कोरोना ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान...

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २६ हजार संक्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा...

आगलागीमा गाईको मृत्यु

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका ७ विर्तामा भएको आगलागीमा एक गाईको बाच्छीको मृत्यु संगै करीब ५ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)