Friday, June 18, 2021
Home बिचार खोपलाई व्यापक बनाउ

खोपलाई व्यापक बनाउ

राजधानी समाचारदाता,

पछिल्लो समयमा चीनबाट कोरोनाविरुद्धको खोप नेपालमा भित्रिए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गरिएको छैन । सहयोगस्वरूप प्राप्त १० लाख डोज चिनियाँ खोप अहिले पनि कोल्डस्टोरमै थन्क्याइएको छ । जनता खोपको पर्खाइमा रहेकाबेला देशभित्र भित्रिएको खोप जनतालाई नलगाइनु आफंैमा आश्चर्यको विषय भएको छ । यसबारे सरकारले कुनै पनि आधिकारिक कुरा सार्वजनिक गरेको छैन । एकातिर कोरोना महामारीको दोसो चरण निकै संगीन बनेर देखापर्नु र अर्कोतिर सरकार स्वयं देशभित्र भित्रिएको खोपबारे अञ्जानजस्तो देखिनु संयोग नभएर एक विडम्बनाको कुरो हुन गएको छ । सरकार स्वयंले आधिकारिक रूपमा चिनियाँ खोप भिœयाइसकेपछि यसको प्रयोग जनताबीच नगरिनु वा गर्न हिचकिचाइनु अलि केही रहस्यमय बनेको छ । भारतबाट भिœयाइएको कोभिसिल्डको दोस्रो खोप लगाइसक्दा चिनियाँ खोप पनि सुरु गरिनुपर्छ भन्ने स्वास्थ्य विज्ञको सुझाव ख्याल गरेको पनि देखिँदैन । खोपले इम्युनिटी पावर विकास गर्ने र संक्रमित तथा सम्भावित संक्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने भएकाले यो बखतमा खोप अनिवार्य बन्न गएको छ । यो कुरा आधिकारिक रूपमा बाहिर आउन नसक्नु र सरकार पनि यसबारेमा बोल्न नसक्नु आफंैमा दुःखको कुरो बन्न पुगेको छ ।

खोप लगाउन आवश्यक जनशक्ति नभएको पनि होइन । देशव्यापी रूपमा सरकारका जनस्वास्थ्य शाखा छन् । हरेक गाउँगाउँमा स्वास्थ्य केन्द्र छन् र उनीहरूका कहाँ पुगेर स्वास्थ्य सेवा दिन जनता आतुर छन् । तर, त्यो चाहनाअनुरूप सरकारले चाल्नुपर्ने कदममा तदारुकता आएको देखिँदैन । कोभिसिल्ड खोप वा चीनबाट भिœयाइएका खोप नै महामारी संक्रमण नियन्त्रणका रामवाण हुन् भन्ने कुरा त होइन तर पनि महामारी नियन्त्रणका लागि यी खोप केही बढी भरपर्दा नियन्त्रक उपचारका पद्धति भने अवश्य हुन् । सरकारले यसमा शीघ्र देशमा उपलब्ध खोप जनताबीच वितरण गर्न सक्नुपर्छ । यसले मात्र जनताले समयमै स्वास्थ्य सुविधा प्राप्त गर्न सक्छन् । जनता र स्वास्थ्यविद्का बीचमा भारतीय कोभिसिल्ड खोप पनि राम्रोसँग वितरण नगरिएको र चिनियाँ खोप वितरणका लागि कदम नै नचालिएको विषयलाई लिएर केही बहस उठिरहेका पनि छन् । संकटका बेला जनताको रक्षक, संरक्षक, अभिभावक भनेको सरकार नै हो । महामारीको संकटको यस घडीमा सरकारले नै पहल कदमी लिन सकेन भने निजी संघसंस्थाले पहल कदमी लिएर समस्या नियन्त्रण गर्न सक्ने अवस्था त झन् हुँदैहुँदैन । यस कुरालाई मनन गरी खोप वितरणबारे सरकारले निकै ध्यान पु¥याउनुपर्छ ।

निजी संघसंस्थालाई साथमा लिएर समस्या समाधान गर्न अग्रसर हुने बेलामा आफंैले पहल कदमी नलिनु सरकारका लागि अविश्वासको वातावरण सिर्जना हुन सक्ने नकारात्मक असर पनि हो । यसलाई मध्यनजर गरी सरकारले समय छँदै जनताको वास्तविक अभिभावकका रूपमा खोप विस्तार गर्ने पहल कदमी लिनु जरुरी छ । अपुग खोप मगाइँदा लाग्ने समयका लागि जनताले पर्खिनु, केही समय आशावादी रहनु र खोप नै नभएको विकल्पमा संक्रमणको सामना गर्नु एउटा कुरा हो तर देशभित्र खोप भित्रिएका बेला त्यसलाई यथासमयमै उचित वितरण गर्न नसक्नु निकै ठूलो कमजोरी हो । यो कमजोरी सरकारले बेलमै सच्याउन जरुरी छ र यथाशीघ्र जनस्वास्थ्य सुधारका लागि कार्यक्रम ल्याइनु पनि उत्तिकै जरुरी हुन गएको छ । हाललाई पहिलो चरणको प्रभावकारी कदमका रूपमा देशभित्र रहेको खोपको उचित वितरण गर्नु नै बढी श्रेस्कर हुने देखिन्छ ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश पुगेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता...

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

  शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको...

अब नेपालमै पहिलोपल्ट लिक्विड अक्सिजन प्लान्ट

काठमाडौं । अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै पहिलो लिक्विड (तरल) अक्सिजन ग्यास प्लान्टको...

अन्ततः राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त, अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने फैसला गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै...

एकैपटक २१ जनाले कोरोना जितेपछि गाउँमा खुसियाली

  जुम्ला । एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसियाली छाएको छ । कोरोना संक्रमण फैलँदा गाउँमा निराशा...

ट्रेन्डिङ

मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल, अरनिकाे राजमार्गमा यातायात राेक्न माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष,...

श्री एयरलाइन्सको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएपछि…

धनगढी । काठमाडौँबाट धनगढी आएको श्री एयरलाइन्सको ढोका नखुल्दा यात्रु भित्रै थुनिएका छन् । आज बिहीबार बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण जहाजको...

दुःखीको सहयोगमा राखेप सदस्य कुँवर सक्रिय

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउन कारण प्रत्यक्ष मारमा परेकाहरुको सहयोगमा राष्ट्रिय...

‘इब्राहिमोभिच मेसी र रोनाल्डकै स्तरका फरवार्ड’

लन्डन । प्रशिक्षक रोर्बेटो मान्चिनीले स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरका फरवार्ड रहेको जिकिर गरेका छन् । इब्राहिमोभिच स्विडेनका पूर्वकप्तान...

‘यहाँ मास्क छैन’ : अनुगमन भएन

भक्तपुर । भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत...

फेरी काठमाडौँमा बर्डफ्लु देखियो

काठमाडौँ । काठमाडौमा फेरि बर्डफ्लु रोग देखापरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं. ४ र ९ र चन्द्रागिरिमा नगरपालिकाको वडा नं. २ का...

निबन्ध लेखनमा रोजिता उत्कृष्ट

काठमाडौं । शैली थिएटरले आयोजना गरेको निबन्ध प्रतियोगितामा पोखरा रानिपौवाको ग्लोबल कलिजियट स्कुलको कक्षा ११ का विद्यार्थी रोजिता आचार्य क्षत्री उत्कृष्ट भएकी छन् ।...

अस्पतालले फर्काएपछि कोरोना संक्रमित समुदायमा, डकाहा बजार शिल

सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. ९ का एक वृद्धमा कोरोना पुष्टि भएपछि कसैलाई जानकारी नदिई समुदायमा पु-याइएको छ । उनलाई कोरोना संक्रमण भएको...

धुर्कोटका अति विपन्न ६० परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ वाग्लाबाट राहत वितरण सुरु...

प्रदेश १ का थप ४ जना कोरोना जितेर घर फर्के

विराटनगर । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका...

कोरोना बिमामा प्रतिव्यक्ति १ लाख पाइने

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा...

प्रधानमन्त्रीद्वारा तीनवर्षे उपलब्धि सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारका तीनवर्षे उपलब्धि सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो तीनवर्षे कार्यकाल सफल भएको र यस अवधिमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)