Saturday, July 24, 2021
Homeप्रदेशधनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

धनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

रबिन कटेल,

धनकुटा । धनकुटामा शुक्रबार एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो ।

जिल्ला अस्पतालको ल्याबमा ९९ जनाको पीसीआर परीक्षण गर्दा २८ पुरुष र १६ महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । चौविसे गाउँपालिकामा मात्रै १६ जनामा संक्रमण भेटिएको छ । चौविसेको एकै वडाका १२ जनामा संक्रमण देखिएको हो । धनकुटा नगरक्षेत्रमा पनि १३ संक्रमित थपिएका छन् । छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा ३/३ जना तथा पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुँनेमा ८ महिनाकी नावालिकासमेत छन् ।

चौविसे गाउँपालिका–१ का ५१, ३४, ५०, ५१, ४६ र ७० बर्षीय पुरुष, १५, २२, २७, ४२, ३५ र ४० बर्षीया महिलामा संक्रमण देखिएको छ । चाविसे–६ का ५१ ४८ र ३९ बर्षीय पुरुष, चौविसे–७ का ४६ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । धनकुटा नगरपालिका–६ का २६ र ३८ बर्षीय पुरुष, २६, ३१ र ४६ बर्षीय महिला, धनकुटा–७ का ३० र ३४ बर्षीय पुरुष, ३७ बर्षीया महिला, धनकुटा–१ का २८ बर्षीय पुरुष, धनकुटा–२ का २८ बर्षीया महिला, धनकुटा–४ का ३०, ६४ बर्षीय पुरुष र धनकुटा–५ का २५ बर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

छथर जोरपाटी गाउँपालिका–६ का ३८ बर्षीय पुरुष, २८ बर्षीया महिला र ८ महिने नावालिकामा संक्रमण पुष्टि भएको छ । सहिदभूमि गाउँपालिका–१ का २८ बर्षीय पुरुष, २६ र ४९ बर्षीया महिलामा संक्रमण भेटिएको हो । साँगुरीगढी गाउँपालिका–१ का २३ बर्षीया महिला र पाख्रीवास नगरपालिका–१० का ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । धनकुटामै बस्दै आएका तेह्रथुमको लालिगुँरास–२ का २७, ३६, ५२, ४१, ३७, ३० र १८ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

योसँगै जिल्ला अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणका आधारमा धनकुटामा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि हुँनेको संख्या १५० पुगेको छ । जसमध्ये २५ जना कोरोनामुक्त भएका छन् । वाँकी अधिकांस संक्रमित होम आइसोलेशनमा छन् । धनकुटामा पहिलो चरणमा कोरोना संक्रमण पुष्टि हुँने धेरै संक्रमित विना लक्षणका थिए । तर, दोस्रो चरणमा नयाँ संक्रमण पुष्टि हुँने अधिकांसमा लक्षण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले जानकारी दिए ।

Loading comments...

आजको समाचार

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

साताका लोकप्रिय समाचार

आमालाई विहे गरे, छोरीलाई यौन दुर्व्यवहार

इटहरी । श्रीमान सशस्त्रको जागिरमा । घरमा दुई छोरी । तर, प्रायःजसो धेरै समय परपुरुषसँगै सहवास । इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको घिनलाग्दो...

‘ए’ डिभिजन लिगबारे ४ क्लबको असहमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ असोजबाट आयोजना गर्ने तयारी गरिरहेको शहीद स्मारक ‘ए’ डिभिजन तोकिएको मितिमा हुनेमा शंका बढेको छ ।...

माधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा, महन्थले मागे ३ मन्त्रालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि सिधै बालुवाटार हानिए । नयाँ मन्त्रिमण्डलको...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

ट्रेन्डिङ

ललितपुर चक्रपथ क्षेत्रभित्र आज बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यु

ललितपुर । जिल्लाको चक्रपथ क्षेत्रभित्र शुक्रबारका लागि कफ्र्यु आदेश जारी भएकोे छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यु...

पैसा ठिक पार्नुस्, छ अर्ब बराबरको साधारण शेयर आउदैछ

काठमाडाै‌ं ।  कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?