Friday, June 18, 2021
Home Not-to-be-missed काठमाडौं र धनगढी फाइनलमा

काठमाडौं र धनगढी फाइनलमा

राजधानी समाचारदाता,

काठमाडौं । दुई विदेशी खेलाडीले उच्च प्रदर्शनसहित ३ गोल गरेपछि काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीमाथि ३–० को सहज जित दर्ता गर्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको एलिमिनेटर खेलमा काठमाडौंको जितमा मेसौको ओलुमोउले दुई तथा स्टेफन विनोङ समीरले एक गोल गरे । लिगमा काठमाडौंले ललितपुरलाई लगातार दोस्रोपटक पराजित गरेको हो । यसअघि लिगको उद्घाटन खेलमा काठमाडौंले १–० को जित दर्ता गरेको थियो ।

अब काठमाडौंले उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ । फाइनल शनिबार हुनेछ । धनगढी र काठमाडौंबीच लिगमा यो तेस्रो भेट हुनेछ । धनगढीले काठमाडौंलाई लिगमा १–० ले तथा प्ले अफमा अतिरिक्त समयमा २–० को जित निकालेको थियो ।

खेलको आठौं मिनेटमा नुर्लान नोभ्रुजोभको पासमज्ञा भिलिम पोसिन्कोभिकले गोलरक्षक विकेश कुथु बिट भइसकेको अवस्थामा गरेको प्रहार बाहिरिँदा ललितपुर अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा मेसौके ओलुमोउका पासमा स्टेफन विनोङ समीरको प्रहार क्रसबारमा लागेर फर्कँदा रिवाउन्डमा आशीष राईको प्रहार दोस्रो बारबाट बाहिरिँदा काठमाडौं अग्रता लिनबाट चुक्यो । १४औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । कमल श्रेष्ठले पेनाल्टी बक्समा मेसौके ओलुमोउलाई लडाएपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी प्रदान गरेको थियो ।

गोलरक्षक अर्पण कार्कीले सही दिशामा डाइभ दिँदै बचाउने प्रयास गरे पनि हातमा लाग्दै गोलमा परिणत भएको थियो । २२औं मिनेटमा तेज तामाङको पासमा मेसौके ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । जारी लिगमा उनको यो सातौं गोल हो । २८औं मिनेटमा अन्जन विष्टको पासमा गौरव बुढाथोकीको प्रहार बाहिरिँदा ललितपुरले गोलअन्तर घटाउन सकेन । २–० ले पछि परेकोको ललितपुरले दोस्रो हाफमा बल पोसेसनमा पकड बनाए पनि काठमाडौंको बलियो रक्षापंति तोड्न सकेन । ५९औं मिनेटमा तेज तामाङको क्रसलाई स्टेफन विनोङ समीरले अफसाइड बिट ट्याप गर्दै चेस्टले नियन्त्रणमा लिँदै गरेको प्रहार गोलमा परिणत हँुदा काठमाडौंले खेलमा ३–० को अग्रता लियो ।

७१औं मिनेटमा डोना थापाको पेनाल्टी बक्सबाहिरको फ्रिकिक पोस्टबाट थोरै बाहिरिँदा ललितपुर अग्रता कम गर्नबाट चुक्यो । ७४औं मिनेटमा स्टेफन समीरको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले पन्च गर्दै बचाए । ७९औं मिनेटमा प्रवेश दनुवारको क्रसलाई गोलरक्षक विकेश कुथुले सहजै बचाए । ८८औं मिनेटमा डोना थापाको कर्नरलाई विकेशले सहजै नियन्त्रण्मा लिए ।

काठमाडौंका आशीष गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै मेसौके ओलमोउखेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसहित ट्रफी हात पारे । काठमाडौंले प्ले अफको पहिलो खेलमा धनगढीसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल खेल्ने अर्काे अवसर पाएको हो । यस्तै ललितपुरले प्ले अफको दोस्रो खेलमा बुटवल लुम्बिनीलाई १–० ले हराउँदै एलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो ।

ललितपुरका कार्यवहाक प्रशिक्षक राजु तामाङले एक दिन पनि विश्राम नपाई खेल्नुपर्दा र विपक्षीको विदेशी खेलाडीलाई रोक्न नसक्दा पराजित हुन पुगेको बताए । काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले टोलीले संयमित भएर खेल्दा सफलता हात पारेको र फाइनलमा धनगढीलाई लिग र प्ले अफमा भोगेको हारको बदला लिदै काठमाडौं बलियो टोली रहेको प्रमाणित गर्ने बताए ।

नेपाल स्पोटर््स म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ सहरका ७ टोलीको सहभागिता रहेको छ । राउन्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

साताका लोकप्रिय समाचार

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

११ वर्षपछि स्कटल्यान्डमाथि चेक रिपब्लिकको जित

ग्लास्गो । चेक रिपब्लिकले ११ वर्षपछि स्कटल्यान्डलाई पराजित गरेको छ । युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा प्याट्रिक सिकको दुई गोल...

केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

प्रदेश प्रमुखकाे निवास अगाडी विपक्षी गठबन्धनकाे धर्ना

  पाेखरा ।  नयाँ सरकार गठनका लागि  बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले गण्डकी प्रदेश...

ट्रेन्डिङ

कुङ्फुमा बाल विकास च्याम्पियन

काठमाडौं  । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङ्फु प्रतियोगिताको उपाधि जितेको छ । थाउलोमा १० र सान्डामा ७ गरी...

नौं महिनापछि खुलेको लाइसेन्स फर्म भर्नै सकस

काठमाडौं । करिब नौं महिनापछि खुला गरेको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा फाराम भर्न नै सकस उत्पन्न भएको छ । यातायात व्यवस्था विभागले सवारी...

काेराेना संक्रमणबाट १०१ जनाकाे मृत्यु, ६६५३ मा संक्रमण पुष्टि

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट १०१ जनाको मृत्यु भएको छ । ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

म्याच फिक्सिङमा राष्ट्र विप्लवको कानुन लगाएर सजाय दिन नमिल्ने

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले म्याच फिक्सिङ गरेको भए पनि उनीहरूलाई राष्ट्र विप्लवको कानुन लगाएर सजाय दिन नमिल्ने फैसला गरेको...

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या बढ्दै, थप १२ जनामा संक्रमण

सिन्धुपाल्चोक । विदेशबाट फर्किएर सिन्धुपाल्चोकको विभिन्न क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण बड्दै गएको छ । भारतलगायत अन्य देशहरुबाट फर्केकाहरु अहिले क्वारेन्टाइमा बसिरहेका छन् । क्वारेन्टाइनमा बसेकाहरुको...

महोत्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

जलेश्वर । कोभिड–१९ को सङ्क्रमणबाट आज महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–१ का ३० वर्षीय युवक र पिपरा...

कोरोना कहर : प्रदेश २ का सरकारी कार्यालय धमाधम बन्द हुँदै

जनकपुरधाम । सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि प्रदेश २ का कार्यालयहरु धमाधम बन्द हुन थालेको छ । लकडाउन खुलेपछि प्रदेशका दर्जनो कर्मचारी कोरोना...

ललिता निवास प्रकरणमा समितिको प्रतिवदेनअनुसार नै कारवाही : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा छानबिन समितिको प्रतिवदेनअनुसार नै कारवाही प्रक्रिया अघि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकार...

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कमिटी...

आज मध्यरातदेखि लकडाउन हट्यो

काठमाडौँ । सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी...

उपाध्यक्ष गौतमको मन्त्री बन्ने चाहनामा तत्काल पूर्णविराम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनय भएर मन्त्री बन्ने चाहनामा तत्कालका लागि ब्रेक लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)