Sunday, June 13, 2021
Home Editor-Picks विषादीको नाममा ‘विष’ व्यापार

विषादीको नाममा ‘विष’ व्यापार

प्रशान्त वली,

काठमाडौं । २०७७ साउनतिर खेती थालेकी दाङ (मानपुर) की रविना क्षेत्रीले गोलभेंडामा एक्कासी कीरा देखापरेपछि घोराहीस्थित अनुप एग्रोभेटबाट ‘साइफर मिथेन’ नामक विषादी ल्याइन् । गोलभेंडाका बिरुवा कीराबाट जोगाउन विषादी त ल्याइन् तर ‘छर्कने कसरी ?’ उनी अन्योलमा परिन् तैपनि छर्किन् । पछि, थाहा भयो, ‘आवश्यकताभन्दा बढी विषादी छर्कियो ।’

त्यसको नकारात्मक असर देखिइहाल्यो । गोलभेंडा सप्रिएन । ‘गाउँमा कृषि प्राविधिक आउँदैनन्, विषादी छर्किने ज्ञान नहुँदा उब्जनी घट्दै गएको छ,’ उनले चिन्ता सुनाइन् । यता, काभ्रे मुडेका रोसन पाण्डे ४ कट्ठा जग्गामा सिमी खेती गरिहेका छन् । सिमीमा एकाएक कीरा देखाप¥यो ।

तत्कालै धुलिखेलस्थित रोस्ना एग्रोभेटबाट ल्याएको विषादी सिमीमा छर्के । तर, उनलाई पनि ‘विषादी मात्रा कति प्रयोग गर्ने ?’ ज्ञान थिएन । ‘विषादी प्रयोग नगरी उब्जनी हुँदैन, माटोको उर्वराशक्तिमा ह्रास आएर उत्पादन नै घट्यो,’ उनको गुनासो छ । बाली संरक्षण अधिकृत मनोज पोखरेल स्थानीय तहमा कृषिज्ञान भएका व्यक्ति नहुँदा विषादी समुचित प्रयोग हुन नसकेको बताउँछन् ।

– समुचित प्रयोग हुन नसक्दा उर्वराशक्तिमा ह्रास
– मानव स्वास्थ्यमा गम्भीर असर पार्ने जोखिम
– वार्षिक ६ सय ३५ मेट्रिक टन विषादी आयात
– बजारमा ‘औषधी’ भनी विषादी बिक्री वितरण

खेतीयोग्य जमिनमा विषादी समुचित प्रयोग हुन नसक्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै छ । अधिकांश किसानमा ‘विषादी कसरी प्रयोग गर्ने ?’ भन्ने ज्ञान छैन । तर, छोटो समयमै बढी उत्पादन गरी अधिक फाइदा हुने लोभमा खेतीयोग्य जमिन विषादी भुमरीमा परिरहेको छ ।

‘कुन बिरुवामा कति मात्रा विषादी प्रयोग गर्ने ?’ भनेर ‘एग्रोभेट’ विक्रेताले बुझाउन नसक्दा समस्या बढ्दै गएको विज्ञको ठम्याइ छ । ‘कतिपय किसानले सुरुमै कडाखाले औषधी प्रयोग गर्ने गरेको पाइएको छ,’ बालीविज्ञ प्रतिमा पौडेल भन्छिन्, ‘जथाभावी विषादी प्रयोगले वातावरणमा समेत प्रतिकूल असर पारिहेको छ ।’

९५ करोडको विषादी
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको २०७५÷७६ तथ्यांकअनुसार नेपालमा ६ सय ३५ मेट्रिक टन विषादी आयात भयो । यो परिमाणको विषादी आयातमा ९५ करोड ८९ लाख ७१ हजार ९ सय १० खर्च भयो ।

केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंका अनुसार जथाभावी विषादी प्रयोगले ओजन तहमा छिद्र, जैविक विविधतामा ह्रास, माटो–वायु प्रदूषण तथा कृषि उत्पादनमा लागत बढ्छ । कडाखाले विषादी प्रयोगले माटोमा रहने सूक्ष्म जीवको मृत्यु हुन्छ । ‘यसो हुँदा माटो मरेतुल्य हुन्छ,’ हुमागाईं भन्छन्, ‘जसले माटोको उर्वराशक्तिमा ह्रास ल्याउ“छ, त्यसैले रासायनिकको सट्टा जैविक विषादी प्रयोग गर्नुपर्छ ।’

केन्द्रीय कृषि प्रयोगशाला वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास भण्डारीका अनुसार नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुन्छ । तरकारीमा प्रतिहेक्टर १६ सय ग्राम विषादी प्रयोग हुने उनी बताउँछन् । उनका अनुसार ‘तरकारीमा विषादी प्रयोग कुन हदसम्म भएको थियो ?’ त्यो थाहा पाउन दुई वर्षअघि काठमाडौं कालिमाटी तरकारी बजारमा गरिएको ‘नमुना परीक्षण’ नै काफी छ ।

२०७१–२०७६ १५ जेठसम्म गरिएका ७ हजार ४ सय ४३ नमुना परीक्षणमा ६४ तरकारी ‘खान अयोग्य’ पाइयो । अत्यधिक विषादी प्रयोग खाद्यवस्तुले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ । यीबाट क्यान्सर, पक्षघात, मुटुरोग, मिर्गौलाले काम नगर्नेजस्ता समस्या देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अनुसन्धान प्रमुख डा. मेघनाथ धिमाल विषादी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बताउँछन् ।

‘विषादी प्रयोगले मधुमेह बढ्ने सम्भावना छ, यसले क्यान्सरका बिरामीसमेत भेटिएका छन्,’ उनले भने, ‘सही तरिकाले प्रयोग नगर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, बेहोस हुनेजस्ता समस्या देखापर्ने गरेका छन् ।’

आफू खुसी विषादी प्रयोगले आयातकर्ता, बिक्रेता र किसान बढी जोखिममा छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार संसारभर हरेक वर्ष ४ करोड मानिसमा विषादीले कहीँ न कहीँ असर गर्छ । विषादीकै कारण विश्वमा हरेक वर्ष तीन लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।

केन्द्रको पुस्तिकाअनुसार ‘नेपाल धेरै विषादी प्रयोग हुने देश नभए पनि प्रयोग गर्ने तरिका खतरानक रहेको’ औंल्याइएको छ । पुस्तकमा ‘नेपालजस्ता जथाभावी विषादी प्रयोग गर्ने देशमा धेरै मानिसको शरीरमा विषादीको अवशेष पाइएको’ उल्लेख छ ।

केन्द्रका अनुसार वातावरणमा क्षय हुँदै र थुप्रिँदै जाने विषादी दुई किसिकका हुन्छन् । जसमध्ये पहिलो विषादी वातावरण (पानी, हावा, प्रकाश, ताप)को सम्पर्कमा आइसकेपछि बिस्तारै क्षय हुँदै जान्छ । दोस्रो विषादी वातावरणमा थोरै दिन रहेपछि स्वतः हराउ“छ । डाइमेथोयट (नुगर, रोगर, डाइमेट), मालाथायन, डाइक्लोरभोस (डुम, भेपोना), फेनिट्रोथिओन (फोलोथिओन) यसमा पर्दछन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना रासायनिक विषादी छ्यापछ्याप्ती बिक्री नियन्त्रणका लागि सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिन्छन् । ‘विषादी विष हो, औषधी होइन,’ भन्छन्, ‘तर पनि बजारमा औषधी भनी बिक्री भइरहेको छ । यो उपभोक्तामाथि खेलबाड हो ।’

कृषि विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जनशक्ति अभावमा विषादी प्रयोग सम्बन्धमा अनुगमन प्रभावकारी हुन नसकेको स्विकारे । ‘यद्यपि, अनुगमन नियमित प्रक्रिया हो,’ उनले भने, ‘कृषि प्राविधिकको दरबन्दी खुल्न नसकेका कारण पनि विषादी प्रयोग अवस्थाबारे अनुगमन कार्यक्रम प्रभावित बनेको छ ।’

विषादीले पारेको असरपछि सरकारले २७ चैत २०५७ देखि १९ साउन २०७६ सम्म २४ प्रकारका विषादीमा प्रतिबन्ध लगायो । जसमा क्लोरडेन, डीडीटी, डाइअल्ड्रिन, इन्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन, बियच सी, फस्फामिडन, अर्गेनोमर्करी क्लोराईड, मिथायल पाराथियन, मनोक्रोटोफस, इन्डोसल्फान, फोरेट, कार्वोफ्युरान, कार्बारील, डाइक्लोरभस, ट्रायजोफस, बेनोमाइल, डायकोफोल, कार्बोसल्फान, एलम्युनियम फोस्फाइड तीन ग्राम टेब्लेट छन् ।

कृषि प्राविधिक शुलभ वैद्य अवैध तरिकाले भारतलगायत देशमा प्रतिबन्धित विषादी भित्रिने गरेको र केही ‘स्टक’मा रहेको बताउँछन् । उनले पनि अधिकांश किसानमा ‘विषादी प्रयोग’बारे ज्ञान नभएको औंल्याए ।

‘दक्ष जनशक्ति अभाव हुँदासमेत किसान मर्कामा छन्, राज्य संयन्त्रले निगरानी बढाउनुपर्छ,’ उनी भन्छन्, ‘प्रतिबन्धित विषादी रोकथाममा राज्यले एग्रोभेटमा निगरानी र सचेत गराउनुपर्छ ।’

जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ मा ‘वातावरण प्रदूषण हुनेगरी जीवनाशक विषादी प्रयोग गरे, व्यवस्थापनमा अवरोध पु-याए, विषादी जथाभावी प्रयोग वा मिसावटयुक्त बिक्री वितरण गरिएमा अधिकतम १ लाख रुपैयासम्म जरीमाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने’ उल्लेख छ ।
(यो समाचार जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउन्डेसन नेपालले सञ्चालन गरेको ‘वातावरण पत्रकारिता ः रिपोर्टिङ कार्यशाला’पछि तयार पारिएको हो ।)

(Visited 74 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

साताका लोकप्रिय समाचार

ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ : भट्टराई

  काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको बताएका छन्...

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

चिनियाँ डाक्टर चेनचेन गरिब तथा विपन्नलाई खाद्यान्न वितरण गर्दै

  काठमाडौं । कोरोना भाइरसको महामारीका बेला नेपालमा रहेका चिनियाँ नागरिक डा. सिया चेनचेनले गरिब तथा विपन्न नागरिकहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएकी...

३७४९ मा काेराेना संक्रमण पुष्टि, ५९ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार...

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ...

ट्रेन्डिङ

शान्तीश्री को दशै गीत सार्वजनिक

काठमाडौं । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक/गायिका खुमन अधिकारी र शान्तीश्री परियारको...

ओलम्पिकको नाम परिवर्तन नहुने

लसाउने । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण यस वर्ष तय भएको तीन ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता एक वर्षका लागि स्थगित भएको छ...

शान्तिराम, शक्ति बल्लव र प्राश्नाको ‘भाग्य लेख्ने मसी’

काठमाडौं । गायिका प्रश्ना शाक्यको स्वरमा नयाँ गीत ‘भाग्य लेख्ने मसी’को भिडियो रिलिज गरिएको छ । यो भिडियोलाई निषेधाज्ञाबीच पनि युट्युबबाट रिलिज गरिएको हो...

उदयपुरमा १४११ जना जनाको स्वाब परिक्षण

उदयपुर । उदयपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएसँगै यहाँ १ हजार ४ सय ११ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको छ । त्यस...

मध्यवर्ती क्षेत्रमा हात्ती आतंक : उठिबास लगाउने भयो निकुञ्जको हात्तीले

बर्दिया । महिनादिन भन्दा बढी भयो ठाकुरबाबा–४ बर्गदाकी राजकुमारी थारुले रातमा एक झपक पनि ननिदाएको । साझ पर्नासाथ उनी बच्चालाई काख च्याप्छिन् अनि अगेनाको...

आज साँझ प्रधानमन्त्री ओलीले जनतालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई...

च्याम्पियन्स र युरोपा अनिश्चित

न्योन । युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण युईएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ...

मुलुकभर एक हजार तीन सय ५९ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

कोरोना त्रास : ४४२ जना कैदी बन्दी छुटे

काठमाडौं । कोरोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४ सय ४२ जना कैदी बन्दीले कैद छुट पाएका छन् ।...

बाढीले पाँच करोडको झेदी पुल बगायो

गुल्मी । गुल्मीमा पानी परेपछि आएको बाढीले झेदी पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथि...

‘ताजा जनादेशमा जानु प्रतिगमन हैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताउँदै निर्वाचनमा जानुलाई ‘प्रतिगमन भन्नु’ जनताको सार्वभौम सत्ता अस्वीकार गर्नु रहेको टिप्पणी गरेका...

स्कृप्ट मन नपरेपछि आमिरले छाडे फिल्म विक्रम वेधा

मुम्बई । अभिनेता आमिल खानले नयाँ फिल्म विक्रम वेधामा काम नगर्ने भएका छन् । यो फिल्मका लागि उनी गत वर्ष नै अनुबन्धित भएका थिए...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)