Tuesday, June 22, 2021
Home Exclusive ८० वर्षपछि कुमारीको आसन फेरियो

८० वर्षपछि कुमारीको आसन फेरियो

राजधानी समाचारदाता,

ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । यस अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरे । त्यसपछि वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ सदस्य) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गरे ।

चाँदीको कलात्मक आसनमा सुन लेपन गरिएको छ । वरिष्ठ कलाकार प्रचण्ड शाक्यले सो आसन तयार गरेका हुन् । यस अघिको पुरानो आसनको ढाँचालाई हेरेर कलात्मक तरिकाले नयाँ आसन तयार गरिएकोे बताइएको छ । नयाँ आसनको लागत ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

हरेक दिन नियमित पुजाको लागि जीवित देवी कुमारी सो आसनमा बिराजमान हुनेछिन् । यस अघिको आसन निकै पुरानो र जीर्ण भएको हुनाले नयाँ आसनको लागि वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई एक वर्ष अघि आग्रह गरिएको स्मरण गर्दै महाविहारका आजु सिद्धिरत्न बज्राचार्यले भने ‘नयाँ आसन हस्तान्तरण गरेर वडाले संस्कृतिप्रति सम्मान गरेको अनुभूत गरेका छौं ।’

अहिलेको आसन नेपाल संवत् १०६१ मा हर्खराज बज्राचार्य र उनका परिवारले प्रदान गरेका थिए । जीवित देवी कुमारीको परम्परा नेपालकै एउटा पहिचानको अन्तर्राष्ट्रिय रुपमा परिचित छ । नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडा दशैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पुजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गर्दछ ।

नयाँ आसन हस्तान्तरणले कुमारी परम्परालाई निरन्तरता दिइरहेका गुठीयार तिनका परिवारलाई मात्र नभई संस्कृति संरक्षणमा लाग्ने सबैका लागि गौरव र खुशीको अनुभूत गराएको बौद्ध विहार संघ उपाध्यक्ष करुणारत्न बज्राचार्यले बताए ।
वडा कार्यालयले गत वर्ष कार्तिक नाचमा मुख्य आकर्षक रहेको बाराही र नरसिह अवतार नाचमा कलाकारहरुले लगाउने कलात्मक नयाँ मुकुट प्रदान गरेको थियो । वडाले संस्कृति सम्पदा क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको वडा सदस्य शाक्यले जानकारी दिए ।

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

साताका लोकप्रिय समाचार

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

  धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा...

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

निषेधाज्ञाको मोडालिटी परिवर्तन : पसल खोल्न टाइम कार्ड, सवारी साधनलाई अन्तिम नम्बर प्रणाली

  काठमाडौं । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै...

ट्रेन्डिङ

गुल्मी मदानेका कोरोना संक्रमितको निधन

रुपन्देही । अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका–६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको निधन भएको छ । उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका...

श्रीपञ्चमीको सान्दर्भिकता

सर्वप्रथम आजको दिनमा यो श्लोक पाठ गर्ने गरिन्छ: “सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी, हंसवाहन संयुक्ता विद्यादानं करोतुमे ।” यसरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीलाई...

एक साथ दुई भोजपुरी फिल्ममा विराज

काठमाडौं । गत वर्ष आफ्नै निर्माण निर्देशनमा नयाँ चलचित्र सङ्लो दर्शकमाझ ल्याएका विराज भट्ट यतिबेला पुन भोजपुरी फिल्ममा जोडिएका छन् । अब नियमित रूपमा...

प्रधानमन्त्री ओलीको आह्वान ‘सबै परिवर्तनकारी शक्ति एक हौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक र परिवर्तनकारी दललाई एकजुट हुन आह्वान...

२९१८ जनामा काेराेना संक्रमण पुष्टि, ५१४७ संक्रमणमुक्त

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको...

शंकास्पद व्यक्तिको मृत्यु, अस्पतालले रोक्यो सेवा, चिकित्सक आइसोलेसनमा

इलाम । कोरोना संक्रमण संग मिल्ने लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकाका एक बिरामी स्वासप्रस्वासमा समस्या आएर ज्वरो आएपछि इलाम...

दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, उद्धारको तयारी के छ ?

काठमाडाैं । नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण...

शिक्षक अपरणमा संलग्नहरु ‘विप्लव’ छाडेको सही गर्दै धरौटीमा रिहा

सिन्धुली । तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको आरोपमा पक्राउ परेकाहरुमध्ये ६ जना अदालतले मागेको धरौटी रकम तिरी...

जानकी मन्दिर खुल्यो

जनकपुरधाम । कोरोना महामारीका कारणले गत १ सय ४० दिनदेखि बन्द रहेको हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खुल्ला गरिएको...

काठमाडौं सहरसँगको साइनो

काठमाडौं देशको राजधानी, सबैको सपनाको सहर । हाम्रा आदिकवि भानुभक्तले अलकापुरी, कान्तिपुरी नगरीका नामले सम्बोधन गरेको सुन्दर सहर । देशकै पुरानो त्रिभुवन विश्वविद्यालय र...

मधानी महायज्ञ विशेष समारोहको तयारी पूरा

गौर । रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७७’ को तयारी पुरा भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको...

सांसद हराएपछि प्रदेशसभा बैठक स्थगित

पोखरा । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मत विभाजन हुने भनी निकै महत्वका साथ हेरिएको गण्डकी प्रदेशसभाको बुधबारको बैठक अन्ततः अनिश्चितकालका लागि स्थगित भएको छ । संसदमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)