मानिस एकपटक मर्छ तर मृत्युको अनुभूति एकपटक मात्र हुने होइन रहेछ । मानिस पटक पटक मृत्युको मुखमा पुग्ने रहेछ र अन्तिम एकपटक मात्र मृत्युवरण गर्ने रहेछ । कोरोना महामारीको कटु अनुभवले यही सन्देश दिएको छ । यही पाठ सिकाएको छ । यतिबेला मुलुकका खासगरी शहरी क्षेत्रमा हरेक घरमा कोरोनाका विरामी छन् । अस्पतालमा पाइला राख्ने ठाउँ छैन । त्यसैले हरेक घर बिरामी आवास गृह (आइसोलेशन) बनेका छन् । खासमा आइसोलेशन अलगिएर बस्नु हो, अरुभन्दा पर, अरुको संगत विना तर रहरले कसैले घरलाई आइसोलेशन बनाइरहेको होइन । अस्पतालको अभाव र दुर्दशाले अस्पताल भन्ने शब्द नै सुन्नु नपरे हुन्थ्यो जस्तो बनाइ दिएको छ ।
मेरा नातेदार पति पत्नी नै कोेरोना संक्रमित हुनु भयो । उहाँहरुको छोराको जागीरका कारण अस्पतालमा भर्ना गर्न कठीन भएन । केही दिनपछि बुहारी पनि संक्रमित भइन् । पाँच र एक वर्षका साना नानीबाबुको हेरचाहमा समस्या आयो । सुरक्षित तवरले आफैंले उनीहरुको रेखदेख गर्नुको विकल्प थिएन । छोरा जागीरको क्रममा देश बाहिरै छन् । अचानक बुहारीको अक्सिजनको मात्रा कम भएछ । यो जानकारी पाएका छिमेकी मनकारी नै मान्नु पर्छ, उनीहरु घरमा गएर हुने सम्मको कोसिस गर्दै रहेछन् । मलाई फोन आयो र अवस्थाको जानकारी मात्र गराइएन, तुरुन्त अस्पताल लैजान पर्ने भएकाले तत्कालै आउन भनियो । खाजा खाने तयारीमा रहेको म खानेकुरा टेवलमै छाडेर कुनै सोच विचारै नगरी उनीकहाँ पुगे । छिमेकीले एम्बुलेन्स बोलाइसकेका रहेछन् । उनका सासुससुरा भएकै अस्पतालमा उनको हक लाग्थ्यो, यहीं पु¥याएँ ।
एम्बुलेन्सबाट कसरी बिरामी ह्वीलचेयरमा राखें भन्ने त मलाई मात्रै थाहा थियो । मेरो बिरामी मृत्युको मुखमा पुगिरहेको देखिरहेको थिएँ । त्यहाँ कसैबाट सहयोग पाउने अपेक्षा गर्ने अवस्था नै थिएन । सहयोगका लागि त्यहाँ कोही थिएन ।
अस्पताल पु¥याउने कुरामा मलाई त्यति तनाव भएन, जति अस्पताल पु¥याएपछि मैले भोगें । एम्बुलेन्सबाट बिरामी निकाल्न सहयोग गर्न कोही आएन । जसोतसो ह्वील चेयरमा बिरामी राखेर कुदाएँ । बिरामीको मुण्टो लत्रिसकेको थियो । उनलाई तत्काल अक्सिजन दिन नसके नबाँच्ने जस्तो मनले भनिरहेको थियो । अत्तालिदैं सिधै कोभिड युनिटमा छिरें । त्यहाँ भित्रको अवस्था कहाली लाग्दो थियो । हवीलचेयरमा लगेको बिरामी किन ल्याएके र के भयो भनेर सोधखोज गर्ने कोही थिएन । म आत्तिएर चिच्याएँ –लौ न डाक्टर साव, मेरो बिरामी मर्न लाग्यो, अक्सिजन दिनु प-यो । मेरो आवाज सुन्ने कोही थिएन । वार्डमा यति भीड थियो, को बिरामी र को कुरुवा ? को नर्स र को डाक्टर छुट्याउने अवस्था थिएन । मेरो अनुनय कसैले सुनेन ।
म विकल्पहीन भएँ । मेरो बिरामी जसरी पनि बचाउनु छ भन्ने मात्रै मनमा थियो । अचानक अर्का नातेदार सम्झे, जो त्यो अस्पतालसँग सम्बन्धित कार्यालयमा थिइन् । मैले उनलाई नै गुहारें । मैले उनलाई गुहारेको डाक्टर नर्सलाई मन परेन । उनीहरु फुर्सदमा बसेर मेरो बिरामी नहेरको थिएनन्, तर अस्पताल वार्डमा पु-याइसकेको आकस्मिक उपचार चाहिएको बिरामीका प्रति देखाउनु पर्ने संवेदना देखाइरहेका थिएनन्ं । उनीहरुले मेरो व्यवहारलाई कम्प्लेन गरेको ढंगमा लिए र रिसाउँदै बिरामीलाई उपचारको व्यवस्थापन गरिदिए । उनीहरु म बिरामी लिएर सिधैभित्र पसेकोमा पनि आपत्ति जनाइरहेका थिए तर म विकल्पहीन थिएँ । एम्बुलेन्सबाट कसरी बिरामी ह्वीलचेयरमा राखें भन्ने त मलाई मात्रै थाहा थियो । मेरो बिरामी मृत्युको मुखमा पुगिरहेको देखिरहेको थिएँ । त्यहाँ कसैबाट सहयोग पाउने अपेक्षा गर्ने अवस्था नै थिएन । सहयोगका लागि त्यहाँ कोही थिएन ।
आज लाखौं नागरिक कोभिड होला भन्ने त्राशमा घरभित्र निसास्सिएका छन् । हरेक घर आइसोलेशन बनेको छ । हरेक घरमा बिरामी फेला पर्दैछन् ।
जब उसको उपचारको व्यवस्थापन भयो, त्यसपछि मात्र मैले ‘गर्नु पर्ने काम गरें कि नगर्नु पर्ने ?’ यो प्रश्न मनमा आयो । कोभिड १९ बिरामीको श्वास प्रश्वासबाट रोग सर्छ भन्ने सबैलाई थाहा छ । बिरामी मात्र होइन, उसले छोएका वस्तुहरु छुनु अघि अपनाउनु पर्ने सावधानीका विषयमा म पनि जानकार थिएँ । तर परिस्थिति यस्तो थियो, मैले सावधानी अपनाउन खोज्दै गर्दा उसको जीवन समाप्त भइसक्न सक्थ्यो । मैले उसको जीवन बचाउने कुरालाई बढी प्राथमिकतामा राखें । उसलाई अस्पताल छाडेर सिधै घर आएँ । तातो पानीले नुहाएँ, लुगा सफा गरें र आइसोलेशनमा बसें । मेरो घरमा पनि उमेर ढल्केका सासु ससुरा हुनुहुन्छ । नौजवान छोरा छ । मैले आफ्नो मात्र होइन, उहाँहरुको पनि स्वास्थ्यमा ख्याल गर्नै पर्छ । त्यसकारण म खासमा क्वारेण्टाइनमा छु । कोभिडको दोस्रो लहरसँगै क्वारेण्टाइन शब्द नै हराएको छ, त्यसकारण म आइसोलेशनमा छु ।
मैले त मेरो नातेदारको उद्धार गरें । तर त्यो रात म निदाउन सकिनँ । मनमा अनेक तर्कना आए र भोलिपल्ट मैले गरेको काम थाहा पाउनेहरुको यति धेरै फोन आउन थाले, म उनीहरुलाई जवाफ दिँदा दिंदै र उनीहरुको आशंका सुन्दासुन्दै बिरामी जस्तो भएँ । शारिरीक रुपमा मलाई केही भएको होइन, मानसिक रुपमा मैले आफूलाई केही हुदैन भनेर आफैंलाई बिश्वास दिलाउन कठीन भयो । कमसेकम मैले बिरामी उठाउनु नपरेको भए म सुरक्षित नै रहन्थें कि ? म कोभिड वार्डमा सिधै पस्नु नपरेको भए मलाई केही हुन्नथ्यो कि ? केही शुभेच्छुकहरुले मलाई केही हुन्न भनेर ढाढस नदिएका होइनन्, तर मेरो मनोविज्ञान आफैं कमजोर बन्दै गयो ।
मलाई त्यस्तो केही भएन । यसका लागि भगवानप्रति आभारी छु । मेरो बिरामी तंग्रिएकी छ । उसका चिचिला सन्तान सम्झेर कुँढिएको मेरो मन प्रफुल्लित छ । तर अस्पतालको लथालिंग अवस्था, अक्सिजन र बेडको अभाव, आफन्तहरुको अनुनय र चित्कार– यो मेरो आँखले देखेका दृश्यले हरेक पल पिरोलिरहेको छ । आज एक लाखभन्दा बढी नागरिक कोभिड संक्रमित भएर घरलाई आइसोलेशन बनाएर बसेका छन् । आज लाखौं नागरिक कोभिड होला भन्ने त्राशमा घरभित्र निसास्सिएका छन् । हरेक घर आइसोलेशन बनेको छ । हरेक घरमा बिरामी फेला पर्दैछन् । तर एउटा नागरिकले कोभिड संक्रमण भएछ भने पनि म मर्नु पर्दैन, मेरो उपचार गर्ने सरकार छ भनेर आश्वस्त हुन पाएको छैन ।
तपाईं पनि घरमै बस्नुहोस्, सुरक्षित रहनुहोस् ।






