Tuesday, June 22, 2021
Home अर्थ होटल सोल्टीबाट आईएचजी बाहिरियो, अब दी सोल्टी काठमाडौं

होटल सोल्टीबाट आईएचजी बाहिरियो, अब दी सोल्टी काठमाडौं

राजधानी समाचारदाता,

काठमाडौं । काठमाडौंको ताहाचलस्थित पाँचतारे होटल सोल्टी क्राउन प्लाजा र इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) बीचको सम्झौता सकिएसँगै अब यो हाटल नयाँ ब्रान्डबाट सञ्चालनमा ल्याउने भएको छ । हाल सोल्टी क्राउन प्जाला होटलको नाममा परिचित यस होटलले आईएचजी बाहिरएसँगै अब आफ्नो नयाँ नाम ‘दि सोल्टी काठमाडौ’का रूपमा ब्रान्डिङ गरी सञ्चालनमा ल्याउने भएको हो ।

सोल्टी होटल व्यवस्थापनका अनुसार अहिले यस होटल पुनः ब्रान्डिङका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । अनेकौं पुरस्कारबाट पुरस्कृत तथा सम्मानित सो होटलको व्यवस्थापन तथा सञ्चालन अबदेखि आतिथ्य व्यवसायमा ५४ वर्षभन्दा बढीको अनुभव प्राप्त संस्था सोल्टी होटल लिमिटेड आफैंले गर्नेछ ।

सोल्टी होटल लिमिटेड नेपालको अग्रणी आतिथ्य सत्कार कम्पनी हो । ‘दि सोल्टी काठमाडौंका अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई सेफ काठमाडांै पनि लगानी रहेको छ । जो नेपालको एक मात्र इनफ्लाइट क्याटरिङ सेवा प्रदायक हो । यो अन्तर्राष्ट्रियस्तरको मापदण्डमा सञ्चालित छ ।

यस कम्पनीले आईएसओ २०००२०१८ प्रमाणीकृत होराइजन लाउन्ज इक्जिक्युटिव लाउन्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान टर्मिनल भवन काठमाडौंमा सञ्चालन गर्छ । यसैगरी, यस कम्पनीले हाल नेपालगन्जमा सोल्टी बेस्टेन्ड प्रिमियर पाँचतारे होटेल पनि स्थापित गरेको छ र सो होटल सम्युक्त राज्य अमेरिकाको युएस ग्रिन बिल्डिङ काउन्सिलबाट लिड लिडरसिप इन इनर्जी एन्ड एन्वायरन्मेन्टल डिजाइनद्वारा प्रमाणीकृत नेपालको एक मात्र होटल हो ।
२०२३ सालमा स्थापना भएको सोल्टी होटल विदेशी विशिष्ठ पाउना बस्न पहिलो रोपाइँमा पर्दै आएको छ । हाल यस होटलमा २ सय ८५ वटा पाहुना कोठा र विशिष्टस्तरका सुइट रुम रहेका छन् ।

(Visited 210 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

साताका लोकप्रिय समाचार

१४ जना जनप्रतिनिधिलाई पार्टीबाट हटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले १४ जनप्रतिनिधिलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बसेको...

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

ज्याकलिनको व्यापारीसंग गोप्य रिलेशन

मुम्बई । नायिका ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ । भारतीय मिडियाले ज्याकलिन एकजनासंग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

ट्रेन्डिङ

उपमेयर कप विजेता टोलीलाई सम्मान

बैतडी ।  बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको क्रिकेट प्रतियोगितामा उपाधि विजेता टोलीलाई सम्मान गरिएको छ । उपाधि हात पार्ने दशरथचन्द नगरपालिका २ देहिमाडौंको...

रौतहटमा गोली हानी पुजारीको हत्या

रौतहट । यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको...

रोटरी क्लब अफ न्यूरोड सिटीद्वारा पाटन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण ग-यो...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५...

एट्लेटिकोको शीर्ष तीन बलियो

मड्रिड । रेलिगेसन जोनमा रहेको रियल मालोर्कामाथि सहज जित निकाल्दै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा तेस्रो स्थानलाई थप मजबुत बनाएको छ । युरोपियन फुटबलको...

थपिए ३६० जना कोरोना संक्रमित, मृतकको संख्या ६५ पुग्यो

काठमाडौँ । देशभरमा आज ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका प्रयोगशलामा गरिएको पिसिआर परीक्षणमा ३६०...

कांग्रेस र जसपाको निष्कर्ष : कुर्सी जोगाउन चालु अधिवेशन अन्त्य

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले कुर्सी जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेको निष्कर्ष...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ बिजयी

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल–२०७७ आइतबार भएको खेलमा गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ बिजयी भएको छ । खेलको अन्तिम...

कोभिड–१९ : विश्वभर करिब २५ हजार व्यक्तिको मृत्यु, पाँच लाख ५० हजारमा सङ्क्रमण पुष्टि

पेरिस । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)