Sunday, June 13, 2021
Home प्रमुख कर्णाली प्रदेशमा सरकार गठन विवाद यथावत, मुख्यमन्त्री शाही आफैले राखे पाँच मन्त्रालय

कर्णाली प्रदेशमा सरकार गठन विवाद यथावत, मुख्यमन्त्री शाही आफैले राखे पाँच मन्त्रालय

रासस,

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैँले लिनुभएको छ ।

प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आज मुख्यमन्त्री शाहीले गरेको सिफारिशअनुसार उहाँकै नेतृत्वमा विसं २०७४ फागुन ६ गतेको मौजूदा मन्त्रिपरिषद्मा नेपाल संविधानको धारा १६८ उपधारा (९) र धारा १७० को उपधारा (१) बमोजिम हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास, आन्तरिक मामिला तथा कानून, युवा तथा खेलकूद, जलस्रोत तथा उर्जा विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । यसअघि यही वैशाख १५ उद्योग, पर्यटन, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा शहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय क्रमशः नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले लिइसक्नुभएको छ ।

वैशाख २९ गते मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्यत्रय विन्दमान विष्टलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद, सीता नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त मन्त्रीका लागि बिहीबार ११ः०० बजे शपथको कार्यक्रम थियो । मन्त्री नियुक्ति र मन्त्रालय विभाजनमा कांग्रेसको असहमति देखिएपछि शपथ ग्रहण कार्यक्रम हुन सकेन ।

काँग्रेसले सामाजिक विकास मन्त्रालयसहित मन्त्री नियुक्तिमा भद्र सहमित भएकामा मुख्यमन्त्रीले मन्त्रालय टुक्र्याएर आफ्नै ढंगले मन्त्री नियुक्त गरेपछि समस्या उब्जेको कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले बताउनुभयो ।

(Visited 52 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

साताका लोकप्रिय समाचार

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न...

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

 काठमाडाैं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी...

स्वार्थको भागबन्डा र न्याय

न्यायलय जनताको आस्था र विश्वासको धरोहर हो । न्यायनिरुपण गर्ने न्यायमूर्तिहरू स्वच्छ, पवित्र र तटस्थताका प्रतीक हुन् । न्यायालयप्रतिको यस्तो हाम्रो मान्यता अहिलेसम्म यथावत्...

नेप्सेमा नयाँ कीर्तिमान, वाणिज्य बैंकमा लगानीकर्ता आकर्षित

  काठमाडौं । सेयर बजारको दोस्रो बजारमा आइतबार नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दु २९...

अभिनेत्री यामीले विवाह लगत्तै पाइन् फिल्म

विवाहपछि बलिउड अभिनेत्री घरजमका कारण पलायन हुने गरेका छन् । तर, अभिनेत्री यामी गौतम विवाह भएको एक साताभित्रै नयाँ फिल्ममा नायिकाका रूपमा आबद्ध भएकी...

ट्रेन्डिङ

विभिन्न जिल्लाका सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले ललितपुरलगायत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद...

१७ नेपालीको शव लिन नेपाली जहाज मलेशिया उड्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ...

चितवनमा रूखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको मृत्यु

चितवन । सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको...

करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल...

बलात्कारको आरोपमा एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बेलौरी नगरपालिका ७ का २५ वर्षीय युवक बिरु चौधरीलाई बालिका बलात्कारको आरोप...

जनप्रतिनिधीकै रोहबरमा भएको प्राकृतिक दोहान स्थानियले रोके

सप्तरी, राजविराज । सडक ग्राभेलका लागि भन्दै चुरे क्षेत्रबाट भइरहेको बालुवा, डुङ्गा र गिटी उत्खनन् तथा निकासी स्थानियले रोकेका छन् । सप्तरीको खडक नगरपालिकाको खडक...

झापामा कोराना संक्रमितको सङ्ख्या २७ पुग्यो

भद्रपुर । झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल...

न्याय नपाएको भन्दै रौतहटका दलितले बुझाए ज्ञापनपत्र

रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका १९ वर्षिय विजय रामको घटनाका सम्बन्धमा हाल सम्म पनि कारवाहि नभएको भन्दै रौतहटका...

उत्तर कोरियाली नेता किम जिवीतै हुनुहुन्छ : सोल

एएफपी । उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् । पछिल्ला केही दिनयता...

कैलालीमा मापदण्डविपरित क्रसर उद्योग सञ्चालन

कैलाली । कैलालीमा अधिकांस क्रसर उद्योगहरू मापदण्ड पुरा नगरिकनै सञ्चालन गरिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लामा रहेका क्रसर उद्योगहरूले सरकारले परिमार्जन...

अन्नपूर्ण चिनी उद्योगका मालिक अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी

सर्लाही । धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौँ रकम...

रक्षा सचिव मेराे मान्छे हाे भन्दै सेनालाई ठग्ने पक्राउ

काठमाडौ । नेपाली सेनामा कार्यरत सिपाहीसंग २ लाख पचास हजार ठगी गर्ने रमेश बडु पक्राउ परेका छन् । अहरी दमन सिंहदरबारगणमा कार्यरत सेनाका सिपाही...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)