Friday, June 18, 2021
Home Not-to-be-missed च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

राजधानी समाचारदाता,

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ ।

काठमाडौंले प्लेअफमा बिहीबार ललितपुर सिटीलाई ३–० ले पन्छाउँदै धनगढीविरुद्ध २० दिनभित्र तेस्रोपल्ट खेल्ने पक्का गरेको हो । धनगढीले लिगमा काठमाडौंलाई ३–० ले तथा र प्लेअफमा अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल यात्रा हो । यस्तो अवस्थामा धनगढी काठमाडौंमाथि ह्याट्रिक जित निकाल्दै पहिलो सिजनको एनएसएल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

विराटनगरसँग ३–० ले पराजित भएर लिगको सुरुवात गरेको धनगढीले दोस्रो खेलमा काठमाडौंलाई ३–० ले पन्छाउँदै एनएसएलमा विजयी सुरुवात गरेको थियो । लिगमा काठमाडौं पहिलो र धनगढी दोस्रो स्थानमा रहँदा सिधै फाइनल प्रवेशको लागि प्ले अफ खेल दुई घण्टा चलेको त्यो प्लेअफमा धनगढीले पछि परेको स्थिति उल्टाएर जित निकालेको थियो ।

धनगढीसँग हारे पनि काठमाडौंलाई फाइनल पुग्ने अर्को मौका थियो र त्यसमा उसले छिमेकी टिम ललितपुरलाई ३–० को सिकार बनायो । धनगढीले पहिलो प्ले अफमै जित हात पारेकाले फाइनलअघि तीन दिन आराम गर्ने मौका पाएको छ । काठमाडौंलाई एक दिनको आरामको मौका छ । धनगढीसँग ओलावाले ओलाडिपो अफिज नै मुख्य हतियार हुनेछ । तर, ह्यामस्टिङ चोटका कारण उनले पछिल्लो खेलमा सब्सिच्युट हुन परेको थियो ।

यसबाहेक टोलीसँग राष्ट्रिय टोलीका कप्तान तथा टोलीका आइकोनिक खेलाडी किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, फ्रान्कलिन कुटे टाल्ला, अशोक खवास, रुपेश केसी, निशान खड्का, सौजन राई, निशान लिम्बु, बुद्ध बल तामाङ, दर्शन गुरुङ र रमेश दंगाल टोलीमा छन् । यस्तै टंक बस्नेत, पुजन उपरकोटी, युद्ध शाही, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा छन् ।

यता, काठमाडौं पनि धनगढीसँगको हारको श्रृंखला तोड्दै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । धनगढीविरुद्ध मेसौके ओलुमोउ र स्टेफेन समीर नै मुख्य हतियार हुनेछ । मेसौकेले लिगमा ७ गोल गरिसकेका छन् । उनी लिगका एक्ला ह्याट्रिककर्ता हुन् । यस्तै स्टेफन समीरले ३ गोल गरेका छन् । काठमाडौंसँग कप्तान तथा मार्की खेलमडी विकेश कुथु र तेज तामाङ, विश्वास श्रेष्ठ, सुदिल राई, आशीष गुरुङ, छिरिङ गुरुङ, आशीष राई र फ्लोरेन्ट कोर्वा रहेका छन् ।

यस्तै सुदिप शिख्रकार, विश्वास उदास, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, प्रेजेन तामाङ र अमृत श्रेष्ठ टोलीमा छन् । ह्यामस्ट्रिङका कारण सन्जोक राईले खेल्ने सम्भावना न्युन छ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

के भन्छन् प्रशिक्षक र कप्तान ?
तोपे फुजा (प्रशिक्षक– धनगढी एफसी)
फाएइनल खेलका लागि उत्साहित छौं । टोलीको आत्मविश्वास निकै राम्रो छ । फाइनलमा बाजी मार्नेमा विश्वस्त छु । हामीले काठमाडौंलाई लिग र प्ले अफमा गरी दुईपटक हराइसकेका छौं । हामी विपक्षीलाई सम्मान गर्दै कमजोर नठानी आफ्नो गेम खेल्दै च्याम्पियन बन्नेछौं । केही खेलाडी घाइते भए पनि रिकभरीमा छन् । आशा छ उनीहरू फर्कनेछन् ।

किरण चेम्जोङ (कप्तान– धनगढी)
फाइनल यात्राबारे भन्नुपर्दा सुरुवाती खेल गुमाए पनि त्यसपछि लगातार जित निकाल्दै प्ले अफमा पुग्न सफल भएका छौं । काठमाडौंसँग हाम्रो तेस्रो भेट हुनेछ । सबै खेलहरू सुपर थिए । कुनै खेल सहज थिएन । लिगमा भन्दा सेमिफाइनल र फाइनलमा बढी प्रतिस्पर्धा बढ्दछ । काठमाडौं रेजर्स राम्रो टोली हो । खेल पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । कप्तानका रूपमा मलाई राष्ट्रिय टोली र क्लबबाट जित्दाको महŒव उस्तै हुन्छ । राष्ट्र र आफूले खेलेको क्लब मेरो लागि बराबरी नै हो । कप्तानीको रूपमा क्लबबाट उपाधि जित्ने मौका आएको छ ।

बालगोपाल महर्जन (प्रशिक्षक– काठमाडौं)
काठमाडौं भइरहेको लिगमा काठमाडौं रेजर्स फाइनलमा पुगेको छ । कोभिड महामारीले देशमा निषेधाज्ञा तथा लकडाउन र ठप्प भइरहेको अवस्थामा लिग उदाहारणका रूपमा भइरहेको छ । अहिलेको अवस्था घरमै बस्नु, ट्राभल गर्न नहुने अवस्थामा छ । यसपाली ट्रफी पनि घर बाहिर जान नदिई घरमै राख्ने हिसाबले खेल्नेछौं । रह्यो कुरा लिग र प्ले अफमा हामी पराजित भयौं । त्यसको कमी कमजोरीलाई मध्यनजर गर्दै खेल्नेछौं । फेरि धनगढीसँग खेल्ने अवसर आएको छ । हार्ने मानसिकताले खेल्ने छैनौं । यो अवसरलाई गुमाउने छैनौं । आशा छ यो ट्रफी भ्यालीमै राख्नेछौं ।

विकेश कुथु (कप्तान– काठमाडौं)
लिगमा धेरै उतारचढाव आएको जित, बराबरी र हारको नतिजा निकाल्यौं । यसबाट पाठ सिक्दै फाइनलसम्म आइपुगेका छौं । जित्ने हिसाबले खेल्नेछौं । धनगढीसँगको दुई हारले पाठ सिकेको सुधार्दै खेल्नेछौं । कप्तानका रूपमा पहिलो प्रतियोगिता अझै दर्शक भएको भए राम्रो हुने थियो त्यै पनि राम्रो भइरहेको छ । कप्तानका रूपमा पहिलो उपाधि नजिक पुगेका छौं । आशा छ नतिजा सकरात्मक नै हुनेछ ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

हिँडेर अस्पताल पुगेकी नेहा शबबाहनमा फर्किइन्

  काठमाडौं । शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल भर्ना भएकी नेहा तुलाधरको मृत्यु भएको छ । स्वयम्भु स्थित मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले नेहाको मृत्यु भएको...

सात प्रदेशको कुल बजेट: २ खर्ब ४७ अर्ब

काठमाडौं । बाग्मती प्रदेशबाहेक अन्य ६ वटा प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा कम हुनेगरी बजेट ल्याएको छ । असार १ मा प्रदेश सरकारले...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

निशाको स्वास्थ्यमा सुधार

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

ट्रेन्डिङ

कोरोना संक्रमित गाउँपालिका अध्यक्षले भने- मेरो स्वास्थ्य अवस्था सामान्य छ

गुल्मी । गुल्मीमा एकजना कोरोना संक्रमित गाउँपालिका अध्यक्षले प्रेस विज्ञप्ति जारी गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले मंगलबार एक प्रेस विज्ञप्ति...

महिलालाई आरक्षणभन्दा सक्षमताको खाँचो

मौजुदा संविधान र यसअन्तर्गत बनेका कानुनले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चित गरेका छन् । यो प्रावधान अन्तरिम संविधान २०६३ कै निरन्तरताको उपज...

कोरोनाकाल लम्बिएपछि ‘वामअप’ गर्दै उद्योगहरु

चुरे,मकवानपुर । विश्व्व्यापि रुपमा फैलिएको कोरोनाको कारण अस्तव्यस्त भएको मकवानपुर जिल्ला हेटौंडाका उद्योगहरु अब विस्तारै ‘वामअप’ गर्न थालेका छन् । लामो समय कोरोना भाइरस (कोभिड–१९)को...

सुनकोशी गाउँपालिकाको प्रत्येक वडामा ‘आइसोलेसन वार्ड’

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले सबै वडाहरुमा ‘आइसोलेसन वार्ड’ र क्वारेन्टाइन निर्माणका लागि वडा कार्यालय र स्थानीय स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री र उपकरण...

भाइले गोली हाने, दाइले बचाए

तुलसीपुर । सामान्य विवाद हुँदा अमिनलाई गोली हानेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी निबासी...

चिनी कम रंग कडा अमेजन प्राइम भिडियोबाट रिलिज

काठमाडाै‌ं । नेपाली फिल्म चिनी कम रंग कडा अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको छ । याे फिल्म हाल अमेरिका र बेलायतमा हेर्न मिल्ने...

आत्महत्या : समाजशास्त्रीय मान्यता र कानुन

मूर्धन्य समाजशास्त्री इमाइल दुर्खिमद्वारा प्रतिपादित आत्महत्यासम्बन्धी सिद्धान्त आत्महत्या अध्ययनका क्षेत्रमा विकास भएका सिद्धान्तमध्ये एक आधारभूत सिद्धान्त हो । यसले व्यक्तिलाई आत्महत्या गर्न उद्धत गर्ने...

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस...

तपाइकाे मास्क खै ? भन्दै प्रहरी सडकमा

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजारमा तपाइको मास्क खै ? भन्ने कार्यक्रम चलाएको छ । जिल्ला सदरमुकामबाट सुरु गरिएको यो कार्यक्रम...

राइट टु डिस्कनेक्ट: एक चर्चा

विश्वसँगै नेपाल पनि अनलाइन बिजनेसतर्फ उन्मुख भएको छ । सूचनासञ्चार प्रविधिको विकास र द्रुत परिवर्तनले मानिसको दैनिक जीवन, कार्यजीवन र शाश्वत जीवन अप्रत्याशित रूपमा...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)