Friday, June 18, 2021
Home प्रदेश प्रदेश २ सुनसरीमा सेना परिचालन

सुनसरीमा सेना परिचालन

विवेक विवश रेग्मी,

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी समेत बन्द गर्ने निर्णय गरेसँगै शनिबारदेखि सेना परिचालन गरिएको हो ।

कोरोनाको भयावह स्थिति रहेकाले सुनसरीको इटहरी, धरान र इनरुवामा सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘हामीले सुरक्षाका लागि मात्रै नभई महामारी नियन्त्रणका लागि सेना परिचालन गरेका हौँ,’ उनले भने, ‘कोभिड विपद्को रुपमा आइपरेको छ, विपद्को घडीमा सेनाको आवश्यकता परेर परिचालन गरेका हौँ ।’ ढकालका अनुसार विशेषगरेर इटहरी, धरान र इनरुवा क्षेत्रमा बढी संख्यामा र अन्य क्षेत्रमा पनि आवश्यकताअनुसार सेनालाई प्रयोग गरिनेछ ।

‘यति संख्यामै सेना परिचालन गरियो भन्ने छैन, तर महामारी नियन्त्रणका लागि भनेर आवश्यकता अनुसार संख्या थप्दै जान पनि सकिन्छ,’ ढकालले फोन सम्पर्कमा राजधानीसँग भने, ‘सुनसरीमा कोरोनाको जोखिम छ, भोलिका दिनमा थप समस्या नआओस् भन्नका लागि सेना परिचालन गरिएको हो ।’ उनका अनुसार जिल्लामा दैनिक रुपमा संक्रमित र मृत्युको संख्या बढ्दै गएकाले सचेत र नियन्त्रणका लागि सेना परिचालन गरिएको हो ।

ढकालले भने, ‘पूर्वको केन्द्रबिन्दु इटहरी र धरानजस्ता सहरमा कोरोनाको जोखिम ज्यादै भएकाले भोलिका दिनमा थप समस्या नआओस् भनेर नियन्त्रणको प्रयास गरिएको हो ।’ सुनसरी जिल्ला भारतीय सीमानालाई छोएको जिल्ला भएका कारण पनि कोरोनाको जोखिमका रुपमा लिइन्छ । तर, अहिले चौतर्फी रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको ढकालले बताए । खटिएका सेनाले लडकाउन कडा बनाउन र विभिन्न क्षेत्रमा निर्माण भएका आइसोलेसन सेन्टरमा सुरक्षा र निगरानी गर्ने ढकालले बताए ।

प्रदेश १ नं. को सुनसरी, मोरङ र झापा कोरोनाको उच्च जोखिममा छ । यसैबीच आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि यी तीन जिल्लामा लकडाउनलाई थप प्रभावकारी र कडा बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
तीनै जिल्लामा कोरोनाको दोस्रो भेरियन्टको सङ्क्रमण र मृत्युदर बढ्न सक्ने पूर्वानुमान गर्दै एकै प्रकृतिको निषेधाज्ञा कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञा आदेशलाई उल्लङ्घन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । यो ऐन अन्तर्गत काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(Visited 222 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पोखरेलको दावी

  पोखरा । गण्डकी प्रदेशमा काँग्रेसहित विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमतसहित दाबी पेस गरेको छ । काँगे्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

ट्रेन्डिङ

ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन अनुरोध

काठमाडौँ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले...

कालोबजारी नियन्त्रण गर

मनसुनको समय छ । देशभर बाढी, पहिरो र डुबानको समस्या छ । पीडित जनता राहतको पर्खाइमा छन् । सम्भावित पहिरो र डुबानको त्रासमा अन्य...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

नेपालमा कानुन निर्माण प्रक्रिया

नेपाल कानुन व्याख्यासम्बन्धी ऐन, दुई०१० ले नेपाल कानुन भन्नाले नेपाल ऐन वा नेपालको कुनै भागमा कानुनसरह लागू हुने ऐन, सवाल, नियम, आदेश वा उपनियम...

नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि

काठमाडौँ । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित...

५७ हजार विद्यार्थी दीक्षित हुँदै, दीक्षान्त समारोह पुसमा

काठमाडौं । यस वर्ष झण्डै ५७ हजार विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त समारोह आगामी पुसमा गर्ने गरी तयारी थालिएको छ । ४६...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

श्रीमती छोडेका ब्यक्तिसंग अनुष्काको अफेयर भन्दै हल्ला गर्ने को ?

मुम्बई । पछिल्लो केही दिनदेखी बलिउडमा एउटा हल्ला चल्यो ‘बाहुबली’ नायिका अनुष्का शेट्टी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरेका निर्देशकसंग प्रेममा छिन् ।’ यो हल्ला चलाउने...

तिहार र छठमै व्यापारीद्वारा चिनीमा मनलाग्दी रकम असुली, सर्वसाधारण मारमा

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको...

मकवानपुरमा ह्वात्तै बढे कोरोना संक्रमित,एकै दिन ५२ जना थपिए

चुरे मकवानपुर। मकवानपुर जिल्लामा पछिल्ला दिनहरुमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । विहीबार एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी मैदानमा

काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना...

२४ पेनाल्टी २१ गोल

लन्डन । इंग्लिस फुटबल लिग कप (ईएफएल)मा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । निकै नै...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)