धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी निर्माण गरिएको थियो ।

तर, कोरोनाको महामारीले दिनप्रतिदिन उग्ररुप लिई संक्रमित र मृत्य हुनेको संख्या बढ्न थालेपछि सेनाको फिल्ड अस्पताललाई तत्कालका लागि कोरोनाका बिरामीको पनि औषधोपचार गर्न थालिएको हो ।

सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण भएको यो अस्पताल २५ शैया रहेको छ । यतिबेला सुदूरपश्चिम प्रदेशका अस्पतालहरु कोरोना संक्रमितहरुले भरिएका छन । धनगढीमा रहेको प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालले प्राङ्गणमा राखेर पनि कोरोना संक्रमितको उपचार गर्दैछ । प्रदेशमा कोरोना संक्रमण भयावह भएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न लागिएको जनाएको छ ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले अरु अस्पतालमा हुने बिरामीको चाप घटाउनलाई सैनिक अस्पतालमा तीव्र गतिमा तयारी अगाडि बढाएको जानकारी दिए । अस्पतालमा सुदूरपश्चिमका ४०/५० हजार कोरोना संक्रमितलाई सेवा दिने लक्ष्य राखिएको उनको भनाइ छ ।

सेनाको अस्पतालबाट कोरोना संक्रमितलाई उपचार दिन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ । अस्पतालमा सेवा सञ्चालन गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग समेत गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले सैनिक अस्पतालमा सेवा सञ्चालन गर्न प्रदेश कोरोना कोषबाट ३० लाख रुपैयाँ उपलब्ध गराएको बताए ।

अस्पतालमा भौतिक संरचना निर्माण अझै पूर्ण नभएको, जनशक्ति र स्वास्थ्य सामाग्रीको अभावका कारण सञ्चालनमा ढिलाइ भएको सेनाको भनाई रहेको छ ।

यसअघि यो अस्पतालमा निर्माधिन सो अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत सेवा पनि उपलब्ध गराइने योजना नेपाली सेनाको थियो ।

अस्पतालमा खासगरि नेपाली सेनाले सेना र तिनका परिवारलाई मात्रै उपलब्ध गराउने योजना अनुसार बनाउन लागेको भएपनि विश्वब्यापीरुपमा कोरोनाको कहर बढेपछि अस्पताललाई तत्कालका लागि कोरोना संक्रमितको उपचारका लागि पनि प्रयोग गर्न लागेको पृतनापति थापाले बताए ।

अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण भएको हो । काठमाडौँबाहिर नेपालगञ्ज, इटहरी र पोखरामा सैनिक अस्पताल रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोष्टर राख्ने उम्मेदवारलाई निर्वाचन आयोगले कार्वाही गर्ने