काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् ।

जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखाको पहेंलटार मतदान केन्द्रमा झडप