Friday, June 18, 2021
Home भर्खरै ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

सुभाष साह,

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका छन् ।

बिहीबार र शुक्रबार ओलीसँग भएको छलफलबारे शुक्रबार ‘जुम’ बैठकमार्फत जानकारी गराउँदै उनले ‘कार्यदल गठनसहित विवाद समाधान गर्ने सहमति भएको’समेत प्रस्ट पारे । ओलीले २८ फागुनको निर्णय खारेज गरेर २ जेठ २०७५ मा जाने प्रतिबद्धता जनाएपछि कार्यदल बनाउने सहमति जुटेको हो ।

शुक्रबारको छलफलअनुसार शनिबार बिहानसम्म कार्यदल सदस्य टुंगो लगाउने सहमति भए पनि त्यसो भने हुन सकेन ।
एमाले सचिव गोकर्ण विष्टका अनुसार शनिबार साँझसम्म पनि कार्यदल सदस्य टुंगो लागेन । एमाले विवाद समाधान गर्न शुक्रबार सिंहदरबारमा बसेको ओली–नेपाल समूह छलफलमा रामबहादुर थापा ‘बादल’को सहभागिताप्रति समेत केन्द्रीय सदस्यले आपत्ति जनाए । बादल माओवादी केन्द्रबाट एमाले प्रवेश गरे पनि २ जेठ २०७५ को अवस्थामा उनी एमाले नभएकाले उनीहरूले आपत्ति जनाए ।

कार्यदल बनाएर माओवादी केन्द्रबाट आएकालाई जिम्मेवारी दिनेमा दुवै समूह नेता सहमत भए पनि छलफलमा ओलीले बादललाई सहभागी गराएपछि नेपाल समूहका नेताले आशंका व्यक्त गरेका छन् ।

एमाले केन्द्रीय सदस्य राजेन्द्र राईले सहमतिका नाममा अल्मल्याउने नीति रहेकाले सचेत हुनुपर्ने बताए । कार्यदल बनाएर छिट्टै समस्या समाधान नभएको अवस्थामा फेरि मनोमानी गर्न खोज्ने भएकाले नयाँ दल गठन प्रक्रिया अघि बढाउन नै उपयुक्त हुने सुझाव उनको छ ।

‘सहमति गरेर पार्टी एकता जोगाउने कुराको विरोधी हामी होइनौं तर गठन भइसकेका कमिटी व्यवस्थापनका साथै नेताको सम्मानजन जिम्मेवारी नदिएर अल्मल्याउने खेल पो हु“दै छ कि भन्नेतर्फ सचेत हुनैपर्छ,’ राईले भने, ‘नेताको सम्मानजक व्यवस्थापन नहुने र अल्मल्याउने खेल हुने हो भने नयाँ दल गठन गरेर अघि बढ्दा राम्रो हुनेछ ।’

एमालेको झगडा मिलाउन बादलको कुनै आवश्यकता नभएको बताउँदै उनले विवाद समाधानपछि उनीस“गै पार्टीको काम गर्न सकिने बताए ।

ओली र नेपालबीच हुने छलफलमा अहिले बादलको आवश्यकता नभएको तर ओलीले छलफलमा लिएर आउनुको पछाडि २ जेठमा फर्किन नचाहेको पुष्टि हुने उनको आँकलन छ ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अघि एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ । तर, आफूलाई सहयोग गर्दै आएका पूर्वमाओवादी केन्द्रका नेतालाई पार्टीमा जिम्मेवारी दिनुपर्ने अडानमा ओली छन् ।

नेपाल समूहले २ जेठ २०७५ को पार्टी कमिटी बैठक राखेर एमाले प्रवेश गरेकालाई सहभागी गराउन सकिने मध्यमार्गी सुझाव दिँदै आएको छ । एमाले केन्द्रीय सदस्य दिलु पन्तले स्वार्थ पूरा गर्न जस्तोसुकै सहमति गर्ने अध्यक्षले पूरा भएपछि उल्लंघन गर्न सक्ने’ आरोप लगाइन् ।

(Visited 244 times, 1 visits today)
Loading comments...

आजको समाचार

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

साताका लोकप्रिय समाचार

उपचारका लागि दिल्ली जानु अघि पार्टी एकता जोगाउन झलनाथको अपिल

काठमाडौं । उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् । बुधवार विज्ञप्ती जारी गर्दै नेता खनालले...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

ट्रेन्डिङ

यातायात नचलेपछि युवा संघले यसरी पुर्‍याए सिन्धुपाल्चोकमा राहत (फोटो फिचर)

सिन्धुपाल्चोक । वर्षाले सडक कटान गरेर यातायातका साधनहरु सञ्चालन नभएपनि बाढीपहिरोबाट विस्थापितहरुलाई नेकपा निकट युवा संघ सिन्धुपाल्चोकले खाद्यनलगायत आवश्यक राहत सामग्री बोकेरै विस्थापितहरु माझ...

पानी पर्दा तटीय क्षेत्रका नागरिक त्रासमा

लम्की । कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर...

बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प

बझाङ । बझाङमा मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय अमृत...

कोरोना संक्रमणमा गर्भवती र सुत्केरीले यस्ता कुरामा ध्यान दिनु पर्छ

अहिले कोरोना भाइरस संक्रमणदर तिव्र रुपमा बढ्दै गएको छ । संक्रमणको जोखिममा सुत्केरी र गर्भवति पनि छन् । अन्य सामान्य मानिसको तुलनामा उनीहरु बढिनै...

टेटे खेलाडीलाई लोमसको सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको खतराका बाबजुद पनि जारी रहेको राष्ट्रिय टेबल टेनिस टोलीको प्रशिक्षणलाई लोमस फर्मास्युटिकलले सेनिटाइजर सहयोग गरेको छ । प्रशिक्षणको बेलामा...

सूचना र सुशासन

खुला लोकतान्त्रिक अभ्यासका लागि नागरिकलाई सार्वजनिक सूचनाको हक हुनुपर्दछ भन्ने मान्यतास्वरूप विश्वको १ सय १२ देशले संविधान र कानुनी व्यवस्थाद्वारा स्विकारेका छन् । सूचनाको...

महोत्तरीमा दूषित तेल वितरण गर्नेलाई कारवाही भएन

महोतरी । महोत्तरीको गौशाला नगरपालिकाले राहतमा अखाद्य तेल वितरण गर्ने जनप्रतिनिधि र पसलेलाई कारवाही नभएको पीडित परिवारहरुले गुनासो गरेका छन । गौशाला नगरपालिका–४ का अध्यक्ष...

नेपाल – भारत संवादहीनता अन्त्य

काठमाडौं । नेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष...

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

ओलीजी देख्नु भो सभा कस्तो हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्...

नाका प्रवेशमा चेकजाँच फितलो, जोखिम अझै बढ्न सक्ने

काभ्रेपलाञ्चोक । जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएसँगै जिल्लाको सिमा प्र्रवेश नाकामा थप कडा गर्न प्रशासनले निर्देशन दिएको छ । प्रशासनले जिल्ला प्रवेश नाका...

बाख्राले भविष्य बनाईदिने आशमा…

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका १ कि ललिता लामा निकै खुशी छिन् । आज उसले ५ वटा बाख्रा पाएकी छिन् । उनलाई लागेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)