Tuesday, June 22, 2021
Home Editor-Picks प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

टेनिस रोका,

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् ।

गत २७ वैशाखमा संसद्मा विश्वासको मत गुमाएर पदमुक्त उनी बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएसँगै सर्वत्र चासो बढेको छ । तेस्रोपटक प्रधानमन्त्री नियुक्त ओलीले पद तथा गोपनीयता शपथका बेला व्यक्त गरेको ‘त्यो पर्दैन’ वाक्यमाथि सकारात्मक र नकारात्मक दुवैथरी टिप्पणी जारी छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापा शपथमा व्यक्त शब्दले ‘राष्ट्रिय गानजस्तै राष्ट्रको सिद्धान्त बोकेको हुने र त्यसलाई हेरफेर गर्न नमिल्ने’ र प्रधानमन्त्रीले ‘फेरि शपथ लिनुपर्ने’मा जोड दिन्छन् ।

सरकारको प्रमुखको हैसियतमा प्रधानमन्त्रीले महामारीविरुद्ध ‘कस्तो कदम चाल्छन् ?’ भन्नेमा जनताको चासो बढेको छ ।

‘शपथमा अर्को शब्द प्रयोग नै गर्न पाइँदैन, यसबारे पूर्वउपराष्ट्रपति परमानन्द झाले हिन्दीमा शपथ लिएपछि अदालतले आदेश दिइसकेको छ,’ थापा भन्छन्, ‘प्रधानमन्त्रीलाई मैले जे बोले, त्यही संविधान हो । त्यही नेपाल हो भन्ने छ । त्यही कुरा यहाँ झल्किएको हो ।’

ओली संविधानको धारा ७६को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् । धारा ७६ को उपधारा ३ बाट नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीले आफ्नै दलका माधव नेपाल तथा झलनाथ खनाल समूहसँगको विवाद अन्त्य गरी साथमा लिएर विश्वासको मत लिनुपर्ने अर्को चुनौती पनि छ । अहिले एमाले एक हुँदा १ सय २१ सदस्य छन् । बहुमतका निम्ति थप १५ सांसदको समर्थन आवश्यक पर्छ ।

एक महिनामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सकेनन् र विपक्षी दलले पनि बहुमत पु¥याउन सकेनन् भने संवैधानिक प्रावधानअनुरूप संसद् विघटन भएर निर्वाचनमा जाने सम्भावना प्रबल छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा कोरोना संक्रमणबाट दैनिक २ सयभन्दा बढी नागरिकको ज्यान गइरहेको छ । अस्पतालमा बेड र अक्सिजन नपाएर नागरिक ज्यान गुमाउन बाध्य छन् । प्रधानमन्त्रीको पहिलो प्राथमिकता महामारीविरुद्धको लडाइँ हो ।

सरकार प्रमुखको हैसियतमा उनले महामारीविरुद्ध लड्न ‘कस्तो कदम चाल्छन् ?’ त्यसैमा धेरै सर्वसाधरणको जीवन गुम्ने वा रक्षा हुने निर्भर रहन्छ । सबैसँग हातेमालो गर्दै सही कदम चालेर नागरिक सुरक्षामा लाग्नु उनका लागि सबैभन्दा ठूलो चुनौती हो ।

कोरोना महामारीविरुद्ध प्रभावकारी कदम चाल्न नसके अब हुने आमनिर्वाचनमा त्यसको सोझो असर पार्ने राजनीतिक विज्ञ औंल्याउँछन् ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

साताका लोकप्रिय समाचार

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट बच्न प्रदेश–२ सरकारको तयारी यस्तो छ

जनकपुरधाम । कोरोना भाइरसको त्रास फैलिरहेका प्रदेश–२को प्रदेश सभामा मन्त्रीदेखि सांसदसम्म मास्क लगाएर सहभागी भएका छन् । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल...

सिङ्गो गाउँ नै पहिरोको जोखिममा, १३ घर विस्थापित

इलाम । आफ्नो जग्गा त सबै पहिरोमा पर्यो । अर्काको जग्गा ठेक्क लिएर बसेको छु । रोङ गाउँपालिका ४ का भिम बहादुर मगर गह...

नेकपा स्थायी समिति बैठक फेरि स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएकने स्थायी समिति बैठक स्थगित भएको छ । आज ११ बजेका लागि बैठक...

‘उपचारमा धरौटी नलिनू’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि...

आज साँझ मन्त्रिपरिषद बैठक, प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने !

काठमाडौं । आज साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । नेकपा विभाजनपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रायः सोमवार र विहीवार मन्त्रिपरिषदको...

झुलाघाट नाकाबाट उद्धार गरी ल्याइएका मध्ये एक जनाको क्वारेन्टाइनमा जाँदै गर्दा मृत्यु

बैतडी । भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक नेपालीको मृत्यु भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकाली बस्ने ६७ बर्षीय जुने...

राष्ट्रिय वाणिज्य बैंकको १४औं वार्षिक साधारण सभा

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभाले १२ प्रतिशत नगद लाभांशसहितको आव २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको सभामा विगतदेखि नै सरकारी नीति...

पाँच दिन अघि हराएका व्यक्ति मृत भेटिए, अर्का वेपत्ता

गुल्मी । गुल्मीमा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौर निवासी ४९ बर्षिय बिरबहादुर...

सञ्चारकर्मी संग बोल्नै मानेनन् सभापति देउवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका सभापति एवमं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्रकारसंग बोल्दै नबोलि हिँडेका छन् । नेपाली कांग्रेस केन्द्रीय खेलकुद...

लक डाउनले नेपाली फिल्मका दर्शक बढे युट्युबमा

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रम बढेपछि मुलुक एक महिनादेखि लकडाउनको अवस्थामा छ । यो बेला नेपाली घर भित्रै छन् । उनीहरूका लागि दिन...

सेती प्रादेशिक अस्पतालमा थप छको कोरोनाबाट मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७...

प्रिमियर लिगबारे शुक्रबार निर्णय हुने

लन्डन । युरोपियन फुटबलको सर्वाेच्च निकाय –यूईएफए)ले यो सिजनको इंग्लिस प्रिमियर लिग मे महिनामा सुरु गरेर जुलाईमा सक्ने योजना अघि सारेको छ । बेलायती...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)