Friday, June 18, 2021
Home प्रदेश काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

राजधानी समाचारदाता,

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ः०० बजे निधन भएको हो ।

झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य थिए।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

प्रदेश २ मा ३३ अर्ब ७९ करोडकाे बजेट

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबीपत्र पेश गरेका छन् । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उनले फेरि मुख्यमन्त्रीमा...

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

ट्रेन्डिङ

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय...

रौतहटमा डिजे साउन्ड प्रतिबन्ध

गौर । जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को स्वरमा संचालन गरिने डिजे साउन्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले आदेश जारी...

घुस लिएको आरोपमा मेयरका छोरासहित दुई पक्राउ

सिराहा । सिरहाको लहानमा ५ लाख रुपैयाँ घुस लिएको आरोपमा मेयरका छोरालगायत अन्य दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बर्दिबासबाट खटिएका...

छानबिनका लागि सुटुक्क न्यायपरिषद् तानिएका न्यायाधीश

काठमाडौं । भूमाफियाको मिलेमतोमा सरकारी वनको जग्गा व्यक्तिको नाममा दर्ता गर्न आदेश दिएका न्यायाधीश अर्जुन कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सुटुक्क काज सरुवा गरेका...

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

कोरोना भाइरसबाट विश्वमा ५ लाख ८ हजार भन्दा बढीको मृत्यु

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १...

सुत्केरी तथा गर्भवती महिलालाई पाँचखाल नगरपलिकाद्धारा अन्डा तथा घ्यू वितरण

काभ्रेपलाञ्चोक । मातृशिशु पोषण कार्यक्रम अन्तर्गत पाँचखाल नगरपलिका–८, ले गर्भवती तथा सुत्केरी महिलालाई एक क्रेट अन्डा र एक किलो घ्यू वितरण...

बुद्ध नेपालमा जन्मेको विषयमा कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकामा कुनै शंका नरहेको प्रस्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले...

टेटे मुख्य प्रशिक्षकमा ढुंगेल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक (अधिकृत तृतीय) सञ्जीवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष...

खोटाङका चार आगलागी पीडितलाई सहयोग

खोटाङ । खोटाङ प्राकृतिक सहयोग कोषले जिल्लाका चार आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पछिल्लो समयमा आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका–३ बासपानीका...

जातीय भेदभाव : न्यायको भिख माग्दै यामकला

इलाम । जातीय भेदभावको कारण आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिएको भन्दै इलाम जिल्लाको माई नगरपालिका वडा...

प्रदेश २ सरकारद्वारा दोस्रो चरणको राहत वितरण सुरु

सप्तरी, राजविराज । लकडाउनका कारण समस्यामा परेका विपन्नहरुका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत वितरण कार्य सोमबार देखि सुरु गरेको छ । प्रदेश २...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)