Sunday, June 13, 2021
Home Editor-Picks भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एउटा शव जलाउन १५ हजार भारू खर्च हुने भएपछि गरिबहरू शब छाडेर हिँड्न थालेका छन्

एजेन्सी,

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो ।

जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन् । प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, “हामी तपाइँलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौं ।”

शुक्रबार, वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गङ्गा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो ।

उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन गरेका थिए । समाचारमा कोभिड–१९ का कारण मृत्यु भएका एक हजारभन्दा बढी शव विगत दुई सातामा गङ्गा नदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो । तर सेहगलले दाबीका साथ भने “यी शव कोभिड–१९ बाट पीडित व्यक्तिका होइनन् ।”

उनले केही मानिसले हिन्दु परम्परा अनुसार गर्नुपर्ने आफ्ना मृतक परिवारजनको दाहसंस्कार यसपटक विभिन्न कारणले विधिपूर्वक नगरेको बताए ।

एक जना वरिष्ट प्रहरी अधिकृत के.पी. सिंहले कोभिड–१९ का कारण मृत्यु भएकाहरुको दाहसंस्कारका लागि प्रयागराजको नदी किनारामा अलग्ग ठाउँको व्यवस्था गरिएको बताए । कसैलाई पनि नदीको सामुन्ने दाहसंस्कार गर्नबाट रोकिएको छ, उनले भने ।

उनले प्रचार गरिएजस्तो नभई नदी किनारामा सानो संख्यामा शव भेटिएका दावी गरे, तर उनले वास्तविक संख्या दिन इन्कार गरे ।

दाहसंस्कारका कार्यमा मद्दत गरिरहेको समाजसेवी संस्था बोन्धु महल समितिका सदस्य रमेश कुमार सिंहले ग्रामीण इलाकामा मृत्यु भएका व्यक्तिको संख्या निकै ठूलो रहेको बताए । उनले दाहसंस्कारको काममा बढी खर्च र काठको अभावका कारण धेरै गरिब परिवारले आफ्ना आफन्तजनलाई नदी किनारामा त्यतिकै गाडिदिने गरेको जानकारी दिए ।

हालका दिनहरुमा दाहसंस्कारका लागि तीन गुणा मूल्य बढेको छ अर्थात् एक शवको व्यवस्थापनका लागि भारु १५ हजारसम्म पर्न थालेको छ ।

राज्यका स्वास्थ्य अधिकारीहरुले गत साता गङ्गा नदीले छेउ लगायतका ७१ शव फेला पारेका थिए । अधिकारीहरुले ती शवको पोस्टमर्टम गरेका थिए तर शवहरु सडिसकेकाले मृत्युको ठोस कारण ठम्याउन सकेका थिएनन् ।

उत्तर प्रदेशकै राजधानी लखनऊबाट करिब ४० किलोमिटर दक्षिणको उन्नाउ जिल्लास्थित गङ्गा नदी तटमा बालुवाले छोपेको अवस्थामा गत साता एक दर्जन शव फेला परेका थिए । जिल्ला मजिस्ट्रेट रवीन्द्र कुमारले मृत्युको कारण पहिल्याउन अनुसन्धान जारी रहेको बताएका छन् ।

भारतका दुई ठूला राज्यहरु उत्तर प्रदेश र बिहारमा झण्डै ३५ करोड ८० लाख मानिसको बसोबास छ । यी दुई राज्यहरु अहिले कोभिड–१९ बाट सर्वाधिक प्रभावित देखिएका छन् । तुलनात्मक रुपमा गरिब मानिएका यी दुई प्रदेशका मानिसले आफ्ना आफन्तको उपचारका लागि नजिकका शहर, बजारमा लैजाने गरेका छन् । तर धेरैको बाटोमै मृत्यु भइरहेका खबर निरन्तर आइरहेका छन् ।

केही हप्तादेखि तिब्र गतिमा फैलिएको कोरोनाभाइरस अहिले केही मत्थर हुन लागेको सरकारका स्वास्थ्य सल्लाहकार डा भि.के. पलले बताए ।

भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा विगत २४ घण्टामा भारतमा तीन लाख ११ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका उल्लेख छ । यो संख्या अघिल्लो दिनको भन्दा करिब १५ हजारले कमी हो ।

तर मृत्यु दरमा भने कमी आएको छैन । विगत २४ घण्टामा भारतमा चार हजार ७७ जनाको कोभिडको संक्रमणकै कारण मृत्यु भएको छ । योसहित भारतमा कूल मृतकको संख्या दुई लाख ७० हजार २८४ पुगेको छ । कतिपय विज्ञहरुले यो संख्याभन्दा अझ बढी व्यक्तिको मृत्यु भएको दाबी गरेका छन् ।

(Visited 168 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

प्रदेश २ का ४ मन्त्री बर्खास्त

जनकपुर । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास...

जन्मदिनमा अस्पताललाई स्वास्थ्य सामग्री

  चापागाउँ (ललितपुर) । समाजसेवी अमृत खड्काले आफ्नो जन्मदिनको अवसरमा पारेर पाँच स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेका छन् । कल्पना क्राङ्खटमार्फत तत्कालीन शैंबु गाविस अध्यक्षसमेत रहेका...

प्रभु साह भन्छन्, संकट समाधान गर्न संविधान पुनर्लेखन गर्नुपर्छ

  काठमाडौँ । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले संकट समाधान गर्नका लागि संविधान नै पुनर्लेखन गर्नुपर्ने बताएका छन् । मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै...

यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारमा उजुरी

  इटहरी । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कोसी, इटहरीले घरभाडामा कमिसनको ‘सेटिङ’ नमिलेका कारण लकडाउन अवधीकै बीचमा कार्यालय सार्ने तयारी गरेको समाचार...

नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश

  काठमाडौँ । मानव सेवामा समर्पित पोखराको चर्चित नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश गरेको छ । समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको यो संस्था...

ट्रेन्डिङ

प्रशासकीय अधिकृतहरूलाई फसिने डर

काठमाडौं । स्थानीय तहमा राजनीतिक नेतृत्वले गैरकानुनी काम गर्न दबाब दिने क्रम बढेपछि प्रशासकीय अधिकृतहरू सरुवा माग्दै मन्त्रालय आउने क्रम बढेको छ । विभिन्न...

धुलिखेलमा आजदेखि कोरोना परीक्षण

बनेपा । धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले...

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण भयावह...

खाद्यान्न किनेर घरमा नथुपार्न उपभोक्तालाई आग्रह, कुनै कुराको अभाव हुँदैन

काठमाडौँ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले बिहिबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएको । निषेधाज्ञापछि खाद्यन्न अभाव हुन्छ कि...

आन्तरिक उडानमा कटौती

काठमाडौं । नेपाली वायुसेवा कम्पनीहरूले उडान संख्या घटाउने निर्णय गर्दै बैंकहरूलाई तिनुपर्ने ब्याजलाई नेपाल राष्ट्र बैंकमार्फत पुनर्संरचना गरिदिनुपर्ने माग राखेको छ । नेपाल वायुसेवा...

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५...

नागरिकता विधेयकमा पुनर्विचार गर्न नेकपा नेता प्रभु साहको माग

काठमाडौं । नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपा प्रदेश २ ले असन्तुष्टि व्यक्त गर्दै सो निर्णय...

प्रधानमन्त्री आज डिस्चार्ज हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित...

मोबाइल र सुनको टप चोर्ने तीन जना पक्राउ

उदयपुर । उदयपुरमा तीन जना चोर रङ्गेहात पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–३ ठाडी मुसहरी टोली निबासी मिनबहादुर ठकुरीको घरबाट चोरेर भागेका माबाइल र...

मानहुँकोटमा जग्गा किनबेच राेक, माैलक घर बनाइने

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि...

केही बर्षपछि हामी देशलाई धनि बनाउछौं : प्रधानमन्त्री

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणको काम तिव्र गतिमा भइरहेको बताएका छन् । सुक्खाग्रष्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार यासोक...

दाङमा करेन्ट लागेर दाजुभाइको मृत्यु

तुलसीपुर । दाङमा करेन्ट लागेर दुई दाजुभाइको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)