Friday, June 18, 2021
Home प्रमुख झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

राजधानी समाचारदाता,

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा बसेको विशेष बैठकले सङ्क्रामक रोग ऐन २०२० का प्रावधानले मात्र अहिलेको महामारी रोक्न नसक्ने भएकाले आवश्यक तयारी गर्न मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको हो ।

बैठकले अत्यावश्यकीय सामग्री खास गरी अक्सिजन प्लान्ट र खोपलगायत स्वास्थ्य सामग्रीको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई अझ तदारुकताका साथ काम गर्न निर्देशन गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
खोप र अक्सिजनको तत्काल व्यवस्थान गर्न विद्यमान कानूनी अड्चन र बाधा हटाउँदै अघि बढ्ने पनि निर्णय गरिएको छ । अक्सिजन नपाएर मानिसको ज्यानै जाने अवस्था अन्त्यका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै बैठकपछि मन्त्री ज्ञवालीले भने “तयारीका आधारमा रोगको प्रकृति र आक्रामकता दुवै उच्च भएकाले गएका दुई हप्ता हाम्रा लागि निकै कठिन रह्यो, अब त्यो कठिनाइ विस्तारै कम हुँदै जान्छ भन्ने विश्वास गरिएको छ ।”

बैठकले वर्तमान महामारी धान्न अक्सिजन उत्पादन कमी भएकाले देशभित्रका उद्योगलाई पूर्ण क्षमतामा चलाउन उद्योगीलाई प्रोत्साहन गर्ने तथा भारतबाट थप लिक्विड अक्सिजन प्राप्त गर्न निरन्तर कूटनीतिक प्रयास र आग्रह गरिने निर्णय गरेको छ ।
चीन र ओमानबाट केही अक्सिजनका सिलिण्डर ल्याइएको तथा अझै पनि आउने क्रम जारी रहेको बताउँदै सरकारले अब केही दिनपछि अक्सिजनको समस्या हट्ने विश्वास लिएको छ ।

जनस्वास्थ्य विद्का अनुसार अघिल्लो हप्ता बढेर ५६ हजार संक्रमित संख्या पुगेकामा यो साता पनि उस्तै रह्यो । गत तीन दिनको आँकडाले अहिले हामी उच्च विन्दुमा पुगेका हौँ कि भन्ने सरकारले बैठकमा विश्लेषण पनि गरेको जानकारी दिइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर वा आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान नदिने ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले भने “प्रक्रिया झण्झटिला छन् भने तिनलाई छोट्याएर हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जेजे गर्नुपर्छ त्यो गर्नुस्, आवश्यक कानून र प्रक्रिया मिलाएर हरहालतमा नागरिकको जीवन रक्षा होस् ।”

बैठकमा स्वास्थ्य संकटकालका विषयमा पनि छलफल भएको थियो । मन्त्री ज्ञवालीका अनुसार अहिले सङ्क्रामक रोग ऐनले थाम्न नसकेको वा गर्न नसकेको केके काम स्वास्थ्य संकट लगाएर हुन सक्छ भन्ने तुलनात्मक अध्ययन भइरहेको छ । “संकटकाल घोषणाले परिणाम आउँछ भने घोषणा गर्दा उपयुक्त हुन्छ, नभए घोषणा गरेर मात्र नतिजा आउने होइन”, मन्त्री ज्ञवालीले भने ।

देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगबाट महामारीविरुद्ध लगाउन जरुरी आवश्यक रहेको बताउँदै उहाँले अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका अस्पताल, विभिन्न प्रतिष्ठान, प्रादेशिक र स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालका सेवालाई एकीकृत ढंगबाट सञ्चालन गर्न आवश्यक देखिएको बताए ।

बैठकले झञ्झटिलो प्रक्रिया हटाउनका लागि कानूनी प्रबन्ध तथा खोपलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न र ऐनमा थप सुधार गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको बताइएको छ ।

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

झलनाथ खनाल अस्पताल भर्ना

  काठमाडाैं । नेकपा (एमाले)का नेता झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् । नियमित उपचारका क्रममा अस्पताल आउनुभएका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै...

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

‘क्रिस, क्रिस आइ लभ यु !’

सेन्ट टिर्सवर्ग । बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गोल गरेपछि आफ्नो गोल आफ्नो सहयात्री डेनिस खेलाडी क्रिस्टियन एरिक्सनलाई समर्पित...

ट्रेन्डिङ

जोर्डनविरुद्ध सुखद नतिजाको अपेक्षा

काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोट खेलमा नेपालले सोमबार राति बलियो जोर्डनको सामना गर्दै छ । खेल नेपाली...

प्रधानमन्त्री ओलीले दिए उपचारमा संलग्न चिकित्सकलाई बधाई

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट...

मेयरले गैरकानुनी रकम निकासा गर्न खोजेको भन्दै फतुवा विजयपुरमा प्रदर्शन

गौर । आर्थिक वर्षको अन्त्यमा गैरकानुनी रुपले रकम निकाल्न खोजिएको भन्दै नगरवासीले फतुवा विजयपुर नगरपालिकाको कार्यालय घेराउसहित प्रदर्शन गरिएको छ । बुधबार सयौंको संख्यामा लक्ष्मिनियास्थित...

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको...

बबई नदीको बाढीमा बगेर एक दम्पती बेपत्ता

धम्बोझी । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा...

डिल्लीबजार कारागारमा झडप

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपको स्पष्ट कारण खुल्न नसके पनि चौकीदार परिवर्तन र क्यान्टिनको विषय भएको बताइएको छ...

इतिहासमा सीमित हुँदै माओवादी

नेपालका कम्युनिस्टहरूको राजनीतिक इतिहासमा धेरै उतारचढाव यसले पार गर्दै गर्दा पटकपटक विभाजित भई नेपालका कम्युनिस्टहरू फुटको पर्याय बनेका छन् । प्रायः सबै साना साना...

कोरोना संक्रमणबाट बारामा २ पुरुषको मृत्यु, ४० जना थपिए

वीरगन्ज । वीरगन्जको अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका बाराका २ संक्रमितको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि वीरगन्जको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका...

अभिनेता रणवीर र निर्देशक भन्साली कोरोना संक्रमित

मुम्बई । मुम्बईमा पछिल्लो समय कोरोना बढेपछि त्यसको प्रभाव बलिउडमा पनि परेको थियो । यसै क्रममा बलिउड अभिनेता रणवीर कपुरलाई पनि कोरोना पोजेटिभ भएको...

संस्थागत विद्यालय शिक्षक युनियन आन्दोलित

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आफ्ना १० बुँदे माग पूरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)