Friday, June 18, 2021
Home Breaking News राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

महेश्वर गौतम,

७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् । ‘उपनिर्वाचनमा मतदान गर्न जाँदा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट साथमै लैजानुपर्छ, रिपोर्ट अनिवार्य छ,’ उनले राजधानीस“ग भने, ‘तथापि पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था भने गरिएको छ ।’

आयोगका अनुसार कोरोना संक्रमित मतदाताका लागि फरक मतदान केन्द्र व्यवस्था गरिएको छ । केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ ।

यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिले अनिवार्य पीपीई प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कसमेत स्थापना गरिने आयोगले जनाएको छ । मतदानस्थलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग र मास्क लगाएर मात्र प्रवेश पाइनेछ ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बढीमा २५ मतदाताले मतदान गरिसकेपछि गोप्य कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायत सामग्री र मतपेटिका ‘सिल’ गर्नुअघि र मतगणना स्थलमा खोल्नुअघि अनिवार्य निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

यसैगरी, मतदानस्थलमा अनिवार्य आवश्यक उपकरणसहितको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने प्रावधान सुरक्षा मापदण्डमा उल्लेख छन् ।

आयोगले आगामी ६ जेठमा बाग्मती प्रदेशतर्फ राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि उपनिर्वाचन सम्पन्न गर्नेगरी तयारी गरेको हो । लुम्बिनी प्रदेशतर्फ भने रिक्त एक सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन गर्नेगरी तयारी अघि बढाइएको छ ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

साताका लोकप्रिय समाचार

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

१ करोड ९३ लाख ७३ हजारले कहिले पाउलान् खोप ?

काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम,...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

कोपा अमेरिकाः ब्राजिलको सानदार जित

रियो द जेनेरियो । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोलले हराउँदै ब्राजिलले विजयी सुरुवात गरेको...

ट्रेन्डिङ

२४ घण्टामा ७८२ जनामा कोरोना पुष्टि, १६ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार ७०६ जनाको परीक्षण गर्दा थप ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर...

भात खान ६ महिनादेखि खुलामञ्च

काठमाडौं । शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय...

आईओएफटीसीद्वारा पत्रकारलाई सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच कार्यक्षेत्रमा खटिने खेलकुद पत्रकारहरूलाई इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)का टुर्नामेन्ट डाइरेक्टर दिवाकार मर्हजनले सोमबार मास्क र...

सग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा । श्रीराम सिग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ पोखरा शाखाले संस्थापक अध्यक्ष सिग्देललाई पहिलो पटक...

भोजपुरमा पुनः भदौ समान्तसम्म लकडाउन

भोजपुर । जिल्लामा पुनः भदौ मसान्तसम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी, थुनुवासहित ८ जनामा कोरोना देखिएपछि थप सर्तकताको...

काठमाडौं उपत्यकामा थपिए ७६७ जना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती मध्ये काठमाडौँका ६०२, ललितपुरका...

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडाैं ।  गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएका हुन् । 'अन्ततः काठमाण्डौं...

मनसुन फेरी सक्रिय : आगामी तीन दिन देशभर वर्षा हुने

काठमाडौँ । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना...

अन्तिम खेलमा युभेन्टस पराजित

रोम । मुख्य खेलाडीहरूलाई विश्राम दिएर सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस पराजित भएको छ । युभेन्टस घरेलु मैदानमा रोमासँग सुरुवाती अग्रता...

कालिकोटमा विपन्नलाई नगदसँगै खाद्यन्न

कालिकोट । तथ्यांक संकलनमै अल्झिएका यहाँका स्थानीय तहले राहत वितरण सुरु गरेका छन । लामो समयको लकडाउनका कारण समस्यामा परेका यहाँका श्रमिक तथा असहाय...

निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर : प्रहरी

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान...

चट्याङमा परी तीन जनाको मृत्यु

काठमाडौं । दाङमा शनिबार दिउँसो परेको चट्याङमा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरमा एक महिला र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)