धनकुटामा एकैदिन थपिए ६० कोरोना संक्रमित

धनकुटा । धनकुटामा सोमबार एकैदिन ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन संक्रमण पुष्टि भएको यो हालसम्मकै धेरै संख्या हो । जिल्ला अस्पतालको ल्याबमा १२८ जनाको पीसीआर परीक्षण गर्दा ३० पुरुष र ३० महिलाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार जिल्लाको सहिदभूमि गाउँपालिका बाहेक ६ वटा पालिकामा संक्रमित थपिएका छन् । धनकुटा नगरपालिकामा १७ जना, चौविसे गाउँपालिकामा १४ जना, साँगुरीगढी गाउँपालिकामा १३ जना, महालक्ष्मी नगरपालिकामा १० जना, पाख्रीवास नगरपालिकामा ४ जना र छथर जोरपाटी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । चौविसेको एउटै वडाका १४ जनामा संक्रमण पुष्टि भएको छ । साँगुरीगढीमा पनि संक्रमण पुष्टि भएका १३ जना नै एउटै वडाबासी हुन् ।

धनकुटा नगरपालिका–१ का ३३ बर्षीय पुरुष, ३४ र ६० बर्षीया महिला, धनकुटा–३ का ४२ र १८ बर्षीय पुरुष, २०, ६३, ३२ र १० बर्षीया महिला, धनकुटा–४ का ४७ बर्षीय पुरुष, ४५ र ४९ बर्षीया महिला, धनकुटा–५ का ४०, ५०, ७६ बर्षीय पुरुष, धनकुटा–६ का १४ बर्षीय पुरुष र २२ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

चौबिसे गाउँपालिका–२ का ४२, ४४, ७९ र ३३ बर्षीय पुरुष, ३५, २४, ४०, ३५, ६५, ५४, ४९, ३८, ३१ र २७ बर्षीया महिलामा संक्रमण देखिएको छ । त्यस्तै, साँगुरीगढी गाउँपालिका–५ का ३९, ५०, ४८, ३९, ५५, ५३, ६२ र ७० बर्षीय पुरुष, २१, ५५, २९, ५२ र ६६ बर्षीया महिलाको रिपोर्ट पोजिटिभ आएको छ ।

महालक्ष्मी नगरपालिका–५ का २२, महालक्ष्मी–७ का ३३, ५६, ६२, २५, ५५ र २६ बर्षीय पुरुष, महालक्ष्मी–७ का ७, २८ र ५६ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । पाख्रीवास नगरपालिका–१ का ३२ बर्षीय पुरुष, पाख्रीवास–३ का २०, ६३, ३२ र १० बर्षीया महिला संक्रमित भएका छन् । छथर जोरपाटी गाउँपालिका–४ का ४१ बर्षीय पुरुष र इलाम–५ घर भई धनकुटामा कार्यरत ३९ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

योसँगै धनकुटामा दोस्रो चरणमा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या १९१ पुगेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँका अनुसार संक्रमित मध्ये २० जना निको भएका छन् । दोस्रो चरणको संक्रमण सुरु भएयता धनकुटाका तीन संक्रमितको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी