Thursday, August 5, 2021
HomeNot-to-be-missedविकेश, तेज र सन्जोक राष्ट्रिय टोलीबाट बाहिर

विकेश, तेज र सन्जोक राष्ट्रिय टोलीबाट बाहिर

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा खेलाडीलाई समेट्दै तयार पारेको ३२ सदस्यीय टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ र सन्जोक राईले स्थान बनाउन सकेनन् ।

कुवेती प्रशिक्षक अल्मुताइरीले आइतबार घोषणा गरेको टोलीमा शनिबार मात्र नेपाल सुपर लिग (एनएसएल)च्याम्पियन काठमाडौं रेजर्सका कुनै पनि खेलाडीले स्थान बनाउन नसकेका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहनेगरी ३२ खेलाडीको नाम सार्वजनिक गर्दा यसअघि थ्री नेसन्स कपका दौरान रेजर्समा आबद्ध पाँच खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् ।

प्रशिक्षक अल्मुताइरीले नयाँ अनुहारलाई प्राथमिकता दिँदै घोषणा गरेको टोलीमा रेजर्सका खेलाडी परेनन् । एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक बिकेश कुथुसँगै तेज तामाङ, सन्जोक राई, छिरिङ गुरुङ र त्रिदेव गुरुङ यसपटक टोलीमा नपरेका हुन् । नेपाल थ्री नेसन्स च्याम्पियन बन्दा रेजर्सकै प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए ।

त्रिदेवले भने चोटका कारण एनएसएल गुमाएपछि उनको स्थानमा छिरिङ टोलीमा आएका थिए । यसबाहेक थ्री नेसन्स खेल्ने टोलीबाट सुजल श्रेष्ठ र अजित भण्डारी पनि टोलीमा परेका छैनन् । नवयुग श्रेष्ठ र सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा पाँच खेलाडी पहिलोपटक बन्द प्रशिक्षणमा समेटिएका छन् ।

पोखरा थन्डर्सबाट एनएसएलमा सब्सिच्युट खेलाडीका रूपमा मात्रै अन्तिम १० देखि १२ मिनेट मात्रै मौका पाएका कमल थापासँगै सुरज ज्यु ठकुरी गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगीले पहिलोपटक बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् । एनएसएल दौरान नै चोट बोकेर खेल्न नसकेका भरत खवास र विकास खवास टोलीमा समेटिएका छन् । यसअघि उनले गत चैतमा घोषणा गरेको ३२ सदस्यीय टोलीमा स्थान बनाएका प्रकाश बुढाथोकी र कतारमा रहेका स्यान्सु भुसाल पनि टोलीमा पर्न असफल भए ।

प्रशिक्षक अल्मुताइरीले प्रशिक्षण सुरु भएपछि एनएसएलका प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको बताएका छन् । ‘यो टोली अब साफ च्याम्पियनसिपको तयारीलाई ध्यानमा राख्दै घोषणा गरिएको हो । केही खेलाडी अहिलेको खेलमा पर्लान्, केही अर्को खेलमा । हामी दीर्घकालीन योजनासहित टोली निर्माणमा लागेका छौं । को खेलाडी प¥यो भनेर हेर्नभन्दा टोली कति राम्रो बन्यो भन्नेमा ध्यान दिन जरुरी छ,’ अल्मुताइरीले भनेका थिए ।

राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोटअन्तर्गत तीन खेल खेल्न बाँकी छ ।

नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अस्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रूपमा मात्र बाँकी छ ।

३२ सदस्यीय टोली
गोलरक्षक– किरण चेम्जोङ, दीप कार्की र विशाल सुनार
डिफेन्डर– अनन्त तामाङ, रन्जित धिमाल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, निशान खड्का, अमित तामाङ, सुमन अर्याल र विकास खवास
मिडफिल्डर– एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत र रवि पासवान
फरवार्ड– अभिषेक रिजाल, अन्जन विष्ट, भरत खवास, दर्शन गुरुङ, नवयुग श्रेष्ठ र आशीष लामा

(Visited 81 times, 1 visits today)

आजको समाचार

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनको तयारीमा

काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको...

कहाँबाट कति खोप, कति आउन बाँकी

  काठमाडाैं । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग-यो । संसद्मा विश्वासको मत पाउदा...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

ब्राजिल लगातार तेस्रोपटक फाइनलमा

टोकियो । साविकको विजेता ब्राजिल लगातार तेस्रो संस्करण ओलम्पिकअन्तर्गतको फुटबलतर्फ पुरुष यू–२३ तर्फको फाइनलमा प्रवेश गरेको छ । कासिमा सकर स्टेडियममा मंगलबार भएको टोकियो...

ट्रेन्डिङ

कोभिड–१९ को भयावह स्थिति र कमजोर तयारी

आजसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । पछिल्लो १० दिनमा संक्रमण झन्डै तेब्बरले बढेको छ । करिब ५० लाख व्यक्तिको...

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)