लकडाउनमा बसेकालाई मायाको पानामा

काठमाडौं । यतिबेला गायक तथा मोडल निरायु गौतमको गीत ‘मायाको पानामा’को भिडियो सार्वजनिक भएको छ । कोरोनाको महामारी र लकडाउनका कारण घरमा बसेकालाई मनोरञ्जन दिनका लागि आफूले यो गीत यतिबेला रिलिज गरेको निरायुले बताए ।

यो गीतलाई निरायु र गायिका एलिना चौहानले गाएका हुन् । यस गीतलाई गायक गौतमले नै लेखेका हुन् । यो गीतमा ओम सुनारको संगीत रहेको छ । यो गीतको एरेन्ज पनि सुनारले नै गरेका हुन् ।

यो गीतको भिडियोलाई पर्वतको कुश्मा, बागलुङलगायतका सुन्दर स्थानमा छायांकन गरिएको हो । गीतको भिडियोलाई कलाकार गणेश गिरीले निर्देशन गरेका हुन् । भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए ।

टेलिफिल्म ‘तीतो सत्य’मा बाल कलाकारका रूपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’मा ‘मुन्नी’को भूमिकामा अभिनय गर्ने प्रियना आचार्य र गायक निरायु गौतमले यो भिडियोमा अभिनय गरेका छन् । जसमा राज र मुन्नीको रोमान्सलाई महŒव दिएको छ । भिडियोमा रुक्मिला अधिकारी(रुक्स), निशु आइडु, दिवाकर भण्डारी र सबिना आचार्यको पनि अभिनय छ ।

भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । गायक निरायुले यसअघि गायिका रचना रिमालसँग मिलेर ‘तिमीलाई देखेपछि’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल