आइसोलेसन प्राथमिकीकरण गर

कोरोना महामारीको दोस्रो भेरियन्टको संक्रमण तीव्र बन्दै जाँदा यसले आमजनसमुदायलाई पूरै प्रभावित बनाएको छ । यो प्रभावबाट कुनै पनि ठाउँ, नश्ल वा समुदाय अछुतो छैन । महामारी संक्रमणले यसै आमरूप धारण गर्दा संक्रमित बिरामी कस्तो खालको आइसोलेसनमा रहने भन्ने प्राथमिकीकरण हुन नसक्दा देशव्यापी रूपमा अन्योलता छाएको छ । संक्रमणको पहिलो लहर आउँदा पहिले सरकार र सरकारद्वारा निर्मित आइसोलेसन सेन्टरमा बस्ने गम्भीर बिरामीलाई पीसीआर परीक्षण गर्ने, संक्रमणको लक्षण नदेखिएकालाई केही समय सार्वजनिक आइसोलेसनको बसाईपछि होम आइसोलेसनमा पठाउने गरिएको थियो । यसरी होम आइसोलेसनमा बसेकाहरूमा संक्रमणको लक्षण देखापरिरहेमा उनीहरूलाई पुनः पीसीआर परीक्षण गरी सार्वजनिक आइसोलेसनमा फर्काउने गरिएको थियो । आइसोलेसनको यो प्राथमिकीकरणले संक्रमित बिरामीमा अन्योलताको अन्त्य गरेको थियो । यही प्राथमिकतालाई विधिका रूपमा सर्वत्र लागू गरिएको थियो । तर, कोरोना महामारीको दोस्रो लहर देशव्यापी रूपमा छाइसक्दा पनि आइसोलेसन सेन्टर पहिलो लहर छाउँदाको बेला जस्तो प्रभावकारी देखिएका छैनन् ।

यसरी आइसोलेसन सेन्टरको प्राथमिकीकरण र पुनः परिभाषा नगरिँदा दोस्रो लहरको यो बखतमा जनता र स्वास्थ्यकर्मीबीच केही अन्योलता देखिएको छ । यस्तोे अन्योलता चिर्न सरकारले संक्रमण रोकथामको आधारभूत विधिका रूपमा रहेको आइसोलेसन सेन्टर’bout प्राथमिकीकरणसहित पुनः परिभाषित गरी सूचना आमजनताबीचमा प्रभावकारी र आकर्षक किसिमले सम्प्रेषण गर्न जरुरी हुन आएको छ । देख्दा सामान्य कुराजस्तो र एकपटक गरे त भइहाल्छ नि भन्नेजस्तो देखिए पनि दोस्रो भेरियन्टको आक्रमणसँगै यसको पुनः परिभाषा जरुरी छ । जनतामा नयाँ लहर भनेको के हो ? यसले पार्ने प्रभाव के हो ? यसलाई रोक्न नयाँ विधि अपनाउन पर्छ कि वा सरकारले यस’bout के कसरी सोचेको छ ? भन्ने कुराहरू भ्रमका रूपमा रहेका छन् । बेलाबखतमा बदलिएको परिस्थितिसँगै जनतामाझ स्पष्टताका लागि केही अन्योलता देखापर्नु, त्यस’bout निर्देशनको अपेक्षा गर्नु सामान्य कुरो हो । तर, यो सामान्य कुरो मामुली भने होइन । बरु गम्भीर प्रकृतिको कुरो हो । हाल नेपालमा रहेका कोरोना महामारीका प्रकार र प्रकृति कस्ता छन् । तिनले पु¥याउने क्षति कस्ता प्रकारका छन् ? शरीरमा कुनकुन अंगमा तिनले प्रभाव पार्छन् ? भन्ने कुरामा जनता स्पष्ट हुन चाहन्छन् । यो जनताको जनस्वास्थ्यसम्बन्धी सूचना प्राप्तिका लागि नैर्सगिक अधिकारको कुरा पनि हो । योसँगै जनतालाई सुसूचित गराउनु सरकारको अभिभावकीय दायित्व पनि हो । जनताको अपेक्षा र सरकारको अभिभावकत्व एकआपसमा अन्र्तसम्बन्धित कुरा हुन् । यी अन्तर्विरोधी होइनन् । त्यसैले, यिनको समाधानमा सरकार र जनताबीच नङमासुको जस्तो सम्बन्ध र सहकार्य जरुरी छ ।

हाल नेपालमा देखिएको यूके भेरियन्ट कोरोना महामारीको संक्रमण बढी व्यापक बन्दै गएको छ । यसले नेपाली समाजमा आमरूपजस्तो देखाउन थालिसकेको छ । यति मात्र होइन हाल देशभित्र एपी वान र दिल्ली भेरियन्टजस्ता अरू दुई खतरनाक कोरेना भेरियन्ट अस्तित्वमा रहेको विज्ञको दाबी छ । यी तीनवटै प्रकारका कोरोना भाइरसबाट नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने सम्भावना पनि उत्तिकै छ । यस’bout स्वदेशी तथा विदेशी स्वास्थ्य विशेषज्ञले चिन्ता जाहेर गरिरहेका छन् । यी तीन प्रकृतिका कोरोना भाइरसले एकै प्रकारका लक्षण देखाउँछन् वा देखाउँदैनन् भन्ने पनि स्पष्ट हुन सकिरहेको छैन । पछिल्लो चरणमा कोरोना संक्रमित बिरामीमा देखिने गरेका लक्षण पहिलो लहरभन्दा निकै भिन्न छन् । पहिलो लहरमा छातीमा संक्रमण र निमोनिया भएकालाई बढी प्रभावित गर्ने गरेको थियो तर अहिलेको लहरले बिरामीको फोक्सो, कलेजो र मिर्गाैलामा समेत उत्तिकै असर पार्ने देखिएको छ । दोस्रो लहरको यो प्रकृति मध्यनजर गरेर यसको रोकथामका लागि अपनाइनुपर्ने केही विधिमध्ये सुरुको आइसोलेसन विधिको प्राथमिकीकरण गरेर व्यापक रूपमा पीसीआर परीक्षण गर्दै संक्रमितलाई आइसोलेट गरी असंक्रमितलाई बचाउन सकियो भने नेपालको सन्दर्भमा त्यो नै ठूलो उपलब्धि हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुपन्डोलको बीच सडकमा कसरी भयो यो दुर्घटना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा