Thursday, August 5, 2021
HomeEditor-Picksडिम्याट प्रयोगकर्ता ३५ लाख नाघे

डिम्याट प्रयोगकर्ता ३५ लाख नाघे

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या साढे ३५ लाख २८ हजार पुगेको छ । पछिल्लो समय सर्वसाधारणमा सेयर बजारप्रतिको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्यासमेत बढ्दै गएको हो । सेयर बजारमा आएको सुधार र सार्वजनिक सेयर निष्कासन ‘आईपीओ’मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको संख्या बढिरहेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडको शनिबारसम्मको तथ्यांकअनुसार डिम्याट खाता ३५ लाख २८ हजार ८ सय ६९ पुगेको छ । डिम्याट हुने सेयरको संख्या ६ अर्ब ५० करोड ६८ लाख ५१ हजार १ सय ३३ कित्ता रहेको छ । डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन् । कतिपयले प्राथमिक सेयर भर्नकै लागि पनि डिम्याट खाता खोल्ने गरेका छन् । डिम्याट खाता खोलेका सबैले सेयर बजारमा दैनिक कारोबार गर्छन् भन्नेछैन । कतिपयले अहिले पनि सेयर प्रमाणपत्र नै घरमा राखिरहेका छन् ।

के हो डिम्याट खाता ?
अंग्रेजी शब्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शब्द नै डिम्याट हो । नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ । विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो अर्थात् सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे ।

२०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्ण रूपमा सञ्चालनमा आएको हो । हाल सेयर अभौतिक रूपमा अर्थात् यही डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफैं जम्मा हुन्छ ।

प्राथमिक सेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै, दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।

कसरी, कहाँ खोल्ने खाता ?
यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरूमा खोल्न सकिन्छ । सहायक कम्पनी भएका बैंकले नै यस्तो खाता खोलिदिन्छन् ।

त्यस्तै, ब्रोकर कम्पनीमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।

धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन् । केहीले १ सय रुपैयाँसम्म शुल्क लिन सक्छन् । डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्बर प्राप्त हुन्छ । सो नम्बर पाएपछि मात्रै प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट खरिदबिक्री गर्न सकिन्छ ।

आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति सेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भए÷नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।

(Visited 115 times, 1 visits today)

आजको समाचार

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

४१०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाकाे निधन

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर...

देउवा सरकारले गरिबको जीवनसँग खेलवाड गर्योः पूर्वमन्त्री साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले भुमिसम्बन्धि समस्या समाधान आयोग विघटन गर्नु सरकारको गरीबविरोधी हर्कतको पराकाष्ठा भएको बताएका छन् । आज फेसबुकमार्फत आपत्ति जनाउदै पूर्वमन्त्री साहले...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

ट्रेन्डिङ

सर्जियो बार्सिलोना जाने

म्यानचेस्टर । म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो घुँडाको चोटसँग लडिरहेका छन् । उनी सो चोटको विशेष परीक्षण गराउन यसै साता बार्सिलोना जाने लागेको एजेन्सीहरूले...

सडकले फेरिएको भोजपुर

भोजपुर सडक पहुँचमा जोडिएको लामो समय भएको छैन । छिमेकी जिल्ला धनकुटामा सडक विस्तार भएको करीब ३० वर्षपछि भोजपुरमा सडक विकास भएको हो ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)