आयल निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा

काठमाडौँ । आर्थिक वर्ष २०७२/०७३ देखि निरन्तर नाफामा रहेको नेपाल आयल निगम अहिले १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७२/०७३ मा निगम १९ अर्ब ३६ करोड रुपैयाँ नाफामा थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएकाले त्यसको पत्यक्ष असर निगमलाई परेको छ ।

गत आर्थिक वर्षमा कोभिड महामारीकै बिचमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको निगम चालु आर्थिक वर्षको माघ (जनवरी) महिना केही निरन्तर घाटामा व्यहोर्दे आएको छ । चालु आर्थिक वर्षको जनवरी देखि निरन्तर घाटा व्यहोर्दै आएको निगमले पछिल्लो समय ईण्डियन आयल कर्पाेरेशनबाट आएको इन्धनको मुल्य अनुसार घाटा थेग्न नसक्ने भन्दै कोभिड महामारीकै बिचमा आइतबार पेट्रोलियम पदार्थका मूल्य बढाएको छ । निगमले घाटा थेग्न नसक्ने भएपछि आइतबार पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई ईन्धन आन्तरीक उडानमा प्रतिलिटर २ रुपैयाँले बढायो । आइतबार निगमले इन्धनको मुल्य प्रतिलिटर २ बढाएपछि पेट्रोलको प्रतिलिटर १ यस २३ रुपैयाँ पुगेको छ । यसैगरी डिजेलको मूल्य १ सय ६ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार ईण्डियन आयल कर्पाेरेशनले १६ अप्रिल मा पठाएको मुल्य अनुसार निगमले पेट्रोलियम पदार्थको विक्री मुल्य समायोजन पश्चात पनि १५ दिनमा करिब ७१ करोड रुपैयाँ घाटा रहेको थियो । ईण्डियन आयल कर्पाेरेशनलबाट १ मेमा पठाएको पेट्रोलियम प्रदार्थको मुल्यमा बृद्धि भएर आएको भएता पनि निगमले मुल्य समायोजन नगरी यथावत राखेको थियो । जस अनुसार निगमले समान्य विक्रीको अवस्थामा पाक्षिक रुपमा १ अर्ब घाटा व्यहोर्नु परेको निगमका प्रवक्ता उपाध्यालले जानकारी दिए ।

निगमका अनुसार घाटा थेग्न नसक्दा आइतबार इन्धनमा मुल्य समायोजन पश्चात पनि प्रतिलिटर पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५६ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ४६ पैसा नोक्सानी छ । यसैगरी खाना पकाउने एलपि ग्यासमा प्रति सिलिण्डर ४ सय १८ रुपैयाँ ४७ घाटामा छ । खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर ३७५ रुपैयाँ १३ पैसा घाटा भई समान्य विक्रीको अवस्थामा १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ नोक्सानी हुने देखिएको छ । जस मध्ये खाना पकाउने एलपी ग्याँसको कारोबारबाट मात्र निगमलाई पाक्षिक १५ दिनमा ५४ करोड घाटा रहेको अवस्था छ । सो घाटा रकम मुल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट निगमले व्यवस्थापन गरि रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सस्तोमा पानी खुवाउनेलाई भोट