Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ४गण्डकीमा एकै दिन ३० जनाकाे मृत्यु

गण्डकीमा एकै दिन ३० जनाकाे मृत्यु

एक सातामा १६४ संक्रमितको मृत्यु

राजधानी समाचारदाता,
sharethis

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो एक सातामा १ सय ६४ जना कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार मात्रै ३० जनाको ज्यान गयो । यो संख्या एकै दिनमा मृत्यु हुनेमा सबैभन्दा उच्च हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गत वैशाख २९ देखि जेठ ५ सम्मको अवधिमा १ सय ६४ जना संक्रमितको ज्यान जानुले संक्रमणको जोखिम कायमै रहेको पाइन्छ । जेठ २ यता क्रमशः मृत्यु दर घटेकोमा बुधबार एक्कासी दोब्बर संख्यामा मृत्यु हुनेको संख्या बढेको हो । अघिल्लो दिन मंगलबार गण्डकीका १५ जना संक्रमितले ज्यान गुमाएका थिए । वैशाख २९ मा १६ जना, ३० गते १४ जना, वैशाख ३१ मा २३, जेठ १ मा १४, जेठ २ मा २८, जेठ ३ मा २४ जनाको ज्यान गएको थियो । वैशाख २३ यता सबैभन्दा कम वैशाख २५ गते ३ जना संक्रमितले ज्यान गुमाएका थिए । हालसम्म गण्डकीमा ४ सय ५२ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

यसैबीच, गएको २४ घण्टामा प्रदेशमा १ हजार ६ सय ९७ परीक्षणमा करिब ४० प्रतिशत अर्थात् ६ सय ८८ जना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या ३० हजार ६ सय ८८ पुगेको छ । तीमध्ये ६८ प्रतिशत अर्थात् २० हजार ९ सय ६५ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ७१ छ । तीमध्ये होम आइसोलेसनमा ९ हजार ११ जना छन् ।

भारतमा फैलिएको भनिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा समेत भेटिएको पुष्टिपछि थप सतर्कता जरुरी रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया

(Visited 163 times, 1 visits today)

आजको समाचार

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

अब प्राधिकरणले ठूला उद्योगीले मागेजति विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई...

ट्रेन्डिङ

स्रष्टाका लागि छुट्याएको जमिनमा वडा कार्यालय

इटहरी । इटहरी ५ मा रहेको पर्यटकीय गन्तव्य काब्यबाटिका क्षेत्रमा पुनः विवाद उत्पन्न भएको छ । २०६० सालमा कलाकारहरुले मूर्तिकला कार्यशाला, चित्रकला शिविर, नाट्य...

राईको हत्यामा संलग्न तीन जना सार्वजनिक

इटहरी । आइतबार राती इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरास्थित एकता मार्गका २८ बर्षीय राजन भनिने रादन राईको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)