लम्जुङमा भूकम्प : ६ जना घाइते, एक गम्भिर ७३ घरमा क्षति

लमजुङ । लमजुङमा बुधबार विहान गएको भूकम्पका परि ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भिर छ । जिल्लाको विभिन्न स्थानमा ७३ घरमा क्षति पुगेको छ । क्षतिको विवरण आइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पका कारणले गर्दा दुई दिनकी सुत्केरीको टनेलमा बस्न विवस छिन् ।

भूकम्पले घर भत्केपछि दोर्दी गाउँपालिका– ८ को द्वार गाउँकी २३ वर्षीया दिलमाया मगर टनेलमा बस्न विवस भएको भएको पत्रकार विष्णुकुमार श्रेष्ठले जानकारी दिए । उनी दुई दिन अघि मात्रै अस्पतालमा सुत्केरी भएर घरमा गएकी थिइन् ।

बार्दलीमा सुतिरहेका सोही गाउँपालिका– ६ को ठूलीबेसी गाउँका २२ वर्षीय गोविन्द अधिकारीको बार्दलीबाट हाम्फाल्दा टाउकोमा चोट लागी बेहोस भएका थिए । उनको उपचारका लागि जिल्ला अस्पताल ल्याएको र प्रार्थमिक उपचारपछि सिटिस्क्यान गर्नु पर्ने भएकाले भरतपुर रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

भूकम्पले घर भत्केपछि दोर्दी गाउँपालिका– ८ को द्वार गाउँकी २३ वर्षीया दिलमाया मगर टनेलमा बस्न विवस छिन् ।  उनी दुई दिन अघि मात्रै अस्पतालमा सुत्केरी भएर घरमा गएकी थिइन्

त्यस्तै बेसीशहर नगरपालिका– ६ को चनौटे गाउँ निवासी महेन्द्र गुरुङको घरमा डेरा गरी बसेकी मस्र्याङदी गाउँपालिका– ६ घेर्मुकी ४० वर्षीया उमा गुरुङलाई घरको गाह्रो भत्किएर पुरिँदा घाइते भएकी थिइन् । बेसीशहर नगरपालिका– ११ को रामचोक बेसीकी ८३ वर्षीया खुवकुमारी पाण्डेको घर भत्किदा खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, बेसीशहर नगरपालिका– ८ को ओख्लेफाँट खुशीमाया गुरुङ, दोर्दी गाउँपालिका– ७ को लप्सीबोट गाउँमा बस्ने ८३ वर्षीया मंगलीमाया तामाङ, बेसीशहर नगरपालिका– ८ को सेरामा बस्ने ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ शौचालय घाइते भएका छन् । घाइते ६ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

कहाँ कति घर भत्किए

जिल्लाको विभिन्न स्थानमा ७३ वटा घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासकीय अधिकृत जगदिश मिश्रले सबै विवरण आएको बताए । उनका अनुसार पुराना र ढुंंगा माटोले बनेका घरमा बढी क्षति भएको छ । ‘सबैभन्दा बढी क्षतिको विवरण बेसीशहर नगरपालिकाबाट आएको छ । बेसीशहर नगरपालिकामा ४० वटा घरमा क्षति भएको छ ।’ उनले भने । बेसीशहरमै रहेको प्रमुख जिल्ला अधिकारीको निवास समेत चर्किएर बस्न जोखिम भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मिश्रले जानकारी दिए ।

क्ब्होलासोंथर गाउँपालिका– १ कपुरगाउँका तीन घरमा क्षति पुगेकाले ती परिवारलाई अन्यत्र बस्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो गाउँका गञ्जु गुरुङ, गञ्जु गुरुङ र मग्दिमाया गुरुङका परिवारजन सबै स्थानीय आमा समूहले निर्माण गरेको भवनमा बसेका छन् । सो पालिकामा अन्य ४ घर भत्किएको विवरण आएको प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी, भूकम्पको केन्द्र रहेको मस्र्याङ्दी गाउँपालिका– ८ भूलभूलेका नरबहादु गुरुङको घर भत्किएको छ भने वडानं– ३ को तरापु गाउँका बासुदेव खत्रीको घर पनि भत्किएको छ । मध्यनेपाल नगरपलिका– ७ को लक्ष्मीबजारका विलास पोखरेलको घर भत्किएको छ भने सोही नगरपालिका– २ को चैनपुर टोलका इन्द्रचन ठकुरकिो एक तले घर भत्किएको छ । सोही नगरपालिका– ५ को पराजुलीबेसीका नवराज तिवारीको धन्सार भत्किएको छ ।

त्यस्तै, सुन्दरबजार नगरपालिका– ३ दुराडाँडाको च्यानपाटाका गोरे क्षत्रीको ढुंगामाटोले बनाई जस्तापाताले छाएको एक तले घर भत्किएको छ । सोही नगरपालिका– १० का दिननाथ तिवारीको घर चर्किएको छ ।

दोर्दी गाउँपालिकामा ११ घरमा क्षति पुगेको छ । तीमध्ये वडानं– ७ को लप्सिबोट गाउँका केहरसिंह कामी र बुद्धिमाया तामाङको घर पूर्ण रुपमा क्षति भएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयमा रहेको जुनियर प्रहरीहरूको भान्सा घर र प्रहरी निरीक्षकहरूको भान्साघर चर्किएको छ । भान्साको काम गर्न जाखिम भएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

बुधवार विहान ५.४२ बजेको भूकम्पको केन्द्र लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका– ८ को भूलभूले रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो । भूकम्प ५.८ रेक्टर मापन गरिएको केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि