Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ४लमजुङ भूकम्पले कहाँ कति घर भत्किए ?

लमजुङ भूकम्पले कहाँ कति घर भत्किए ?

नवराज पहाडी,
sharethis

लमजुङ । बुधबार बिहान लमजुङ केन्द्रबिन्दु पारेर गएको भूकम्पका कारण ७३ घरमा क्षति पुगेको छ । घाइते ६ मध्ये एकको अवस्था गम्भीर छ । भूकम्पले घर भत्केपछि दोर्दी गाउँपालिका–८ द्वार गाउँकी दुईदिने सुत्केरी २३ वर्षीया दिलमाया मगर टनेलमा बस्न बाध्य बनेकी छन् । उनी दुई दिनअघि मात्रै सुत्केरी भएर अस्पतालबाट घरमा आएकी थिइन् ।

बार्दलीमा सुतिरहेका सोही गाउँपालिका–६ ठूलीबेसी गाउँका २२ वर्षीय गोविन्द अधिकारी बार्दलीबाट हाम्फाल्दा टाउकोमा चोट लागी बेहोस भएका थिए । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई भरतपुर ‘रेफर’ गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, बेंसीसहर नगरपालिका–६ चनौटे गाउँका महेन्द्र गुरुङको घरमा डेरा गरी बसेकी मस्र्याङदी गाउँपालिका–६ घेर्मुकी ४० वर्षीया उमा गुरुङ गाह्रो भत्किएर पुरिँदा घाइते भएकी छन् ।

बेंसीसहर नगरपालिका–११ रामचोक बेंसीकी ८३ वर्षीया खुवकुमारी पाण्डेको घर भत्किँदा खुट्टाहातमा चोट लागेको छ ।
बेंसीसहर नगरपालिका–८ ओख्लेफाँट खुसीमाया गुरुङ, दोर्दी गाउँपालिका–७ लप्सीबोटका ८३ वर्षीया मंगलीमाया तामाङ, बेंसीसहर नगरपालिका–८ सेरा बस्ने ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ घाइते भएका छन् । उनीहरू उपचारपछि घर फर्किसकेका छन्

कहाँ कति घर भत्किए ?
जिल्लाका विभिन्न स्थानमा ७३ घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत जगदीश मिश्रका अनुसार पुराना र ढुंंगा माटोले बनेका घरमा बढी क्षति भएको छ । ‘सबैभन्दा बढी बेंसीसहर नगरपालिकामा ४० वटा घरमा क्षति भएको छ,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारी निवाससमेत चर्किएर बस्न जोखिम भएको छ ।’

कपुरगाउँका तीन घरमा क्षति पुगेपछि गाउँलेलाई अन्यत्र बस्ने व्यवस्था गरिएको छ । प्रहरीका अनुसार सो गाउँका गञ्जु गुरुङ, गञ्जु गुरुङ र मग्दिमाया गुरुङका परिवार स्थानीय आमा समूहले निर्माण गरेको भवनमा बसेका छन् । सो पालिकामा अन्य चार घर भत्किएका छन् ।

भूकम्पको केन्द्र रहेको मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेका नरबहादु गुरुङ र वडा ३ तरापु गाउँका बासुदेव खत्रीको घर भत्किएको छ । मध्यनेपाल नगरपलिका–७ लक्ष्मीबजारका विलास पोखरेल, चैनपुर टोलका इन्द्रचन ठकुरी घर र पराजुलीबेसीका नवराज तिवारीको धन्सार भत्किएको छ ।

त्यस्तै, सुन्दरबजार नगरपालिका–३ दुराडाँडा च्यानपाटाका गोरे क्षत्रीको ढुंगामाटोले बनाई जस्तापाताले छाएको एकतले घर पनि भत्किएको छ । सोही नगरपालिका–१० का दिननाथ तिवारीको घर चर्किएको छ । दोर्दी गाउँपालिकामा ११ घरमा क्षति पुगेको छ । तीमध्ये वडा ७ लप्सीबोट गाउँका केहरसिंह कामी र बुद्धिमाया तामाङको घर पूर्ण क्षति भएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयमा रहेको जुनियर प्रहरी र प्रहरी निरीक्षकको भान्साघर चर्किएको छ । भान्साको काम गर्न जाखिम भएको कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । बुधबार बिहान ५.४२ बजेको भूकम्प केन्द्र लमजुङ उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प ५.८ रेक्टर मापन गरिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 152 times, 1 visits today)

आजको समाचार

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

साताका लोकप्रिय समाचार

स्मृति : त्यो अन्तिम आवाज

  निद्रामै थिएँ, म्यासेन्जरमा आएको घण्टीले ब्युँझायो । बिहानी ६ बज्नै लागेको रहेछ । हतारहतार सिरानीनिर राखेको फोन तानें । मनमा चिसो पस्यो । ‘कतै आमालाई...

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

  काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे

  काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् । एमालेको जारी स्थायी कमिटी बैठकमा...

सेतीमा २ जना कोरोना संक्रमितको मृत्यु

  धनगढी । धनगढीमा दुई जना कोरोन संक्रमितको मृत्यु भएको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको...

ट्रेन्डिङ

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा...

लकडाउनको हल्लाले व्यवसायी चिन्तित

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या केही बढ्न थालेसँगै पुनः लकडाउनको हल्लाले व्यवसायी चिन्तित भएका छन् । गत वर्षको ११ चैतमा कोरोना महामारी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)