काठमाडौं सहरसँगको साइनो

काठमाडौं देशको राजधानी, सबैको सपनाको सहर । हाम्रा आदिकवि भानुभक्तले अलकापुरी, कान्तिपुरी नगरीका नामले सम्बोधन गरेको सुन्दर सहर । देशकै पुरानो त्रिभुवन विश्वविद्यालय र सयौंको संख्यामा रहेका शैक्षिक संस्था, राष्ट्रिय योजना आयोग, सिंहदरबार, राष्ट्र बैंकलगायतका नेपाल सरकारका मन्त्रालय रहेको शक्तिकेन्द्र । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहर । विदेशी पाहुना, कूटनीतिक नियोगका व्यक्तिहरू, मानव अधिकारवादी, नागरिक समाज, कवि, लेखक, कलाकार, पत्रकार, बुद्घिजीवी, प्रबुद्घवर्ग, समाजसुधारक, वातावरणविद् एवं राजनीतिज्ञको आश्रयस्थल । देशका ७७ वटै जिल्लावासीको छनोटमा पर्ने यो सहर हो काठमाडौं । परन्तु नगरवासीको काठमाडौंको सम्बन्ध र साइनो भने फरक फरक छ । बुझाइ भिन्नभिन्न छ । भोगाइ अलगअलग छ ।

इतिहास विदहरू भन्छन्, ‘काठमाडौं राजनीतिक जालझेलहरूले भरिएको सहर हो ।’ आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहदेखि आजको मितिसम्म आइपुग्दा राजनीतिक क्षेत्रमा अनेक पर्वहरूले रक्तरञ्जित यो सहरद्वन्द, कलह, शक्तिसंघर्ष र स्वार्थको राजनीतिक कर्मको केन्द्रीय थलो । धर्मशास्त्रका गुरुहरू भन्छन्, ‘मन्दिर नै मन्दिरको सहर ।’ इतिहासको कुनै कालखण्डमा घरभन्दा मन्दिर धेरै भएको धार्मिकस्थल । मठ, मन्दिर, चैत्य र गुम्बाहरूले भरिएको ठाउँ । व्यापारीहरू भन्छन्, ‘व्यवसाय गरी धनआर्जन गर्ने व्यापारीकेन्द्र । मानिसहरूले खचाखच भरिएको यो सहर चियापसलदेखि ठूलाठूला सपिङ मल, होटेल, रेस्टुराँलगायत व्यवसाय फस्टाएको ठाउँ । बिचौलियाहरू भन्छन्, ‘कालो बजारीको उर्वर भूमि । तरकारीदेखि सरकारी ठेक्कापट्टा, कमिसनलगायत डेरावाललाई घर खाजी दिनेदेखि लिएर विद्यार्थीहरूलाई शिक्षालय र बिरामीहरूलाई अस्पताहरूमा पु¥याउन सेटिङ् मिलाइदिएर खल्ती भर्ने कुवेरलोक ।’ ठेकेदारहरू भन्छन्, ‘कमिसन मिलाउने र आयोजनाहरू आप्mनो पोल्टामा पार्न शक्तिकेन्द्र । नेतागण र उच्च पदस्थ प्रशासकसँग सेटिङ मिलाउने केन्द्रीय ठाउँ ।’

यसैगरी राजनीतिककर्मी भन्छन्, ‘छानीछानी दलहरू बदल्न मिल्ने, राजीखोजी मन्त्री बन्न सकिने राजनीतिक थलो । राजनीतिक नियुक्तिका लागि विभिन्न शक्ति केन्द्रहरूको उपलब्धता भएको सहर । सञ्चारकर्मीहरू भन्छन्, छानी रोजी हरेक विषयका विज्ञ, विशेषज्ञ, नेतागण, कवि, कलाकारसँग विभिन्न विषयहरूमा बहस, छलफल एवं अन्तक्रिया गर्न सकिने सुगम सहर । मानवअधिकारवादी भन्छन्, नागरिक अधिकारको आवाजलाई बलन्द गर्ने उत्कृष्ट ठाउँ । कवि, कलाकार, लेखक, विचारक, वुद्धिजीवीहरू भन्छन्, ‘अध्ययन, अनुसन्धान, अवलोकन, सिर्जना र विचार निर्माणको बहुपक्षीय संग्रहालय । खुला विश्वविद्यालय । सौन्दर्यशास्त्री भन्छन्, ‘यहाँका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिर, चैत्य, गुम्बा, काष्ठकला, मूर्तिकला एवं चित्रकलाले भरिएको आकर्षक सहर । उपत्यकाको पूर्व पश्चिम, उत्तर, दक्षिण जता गए पनि प्रकृतिकको अनुपम सौन्दर्य । शिक्षार्थी भन्छन्, रोजी छानी आपूmले चाहेको विषय र संकायमा अध्ययन गर्न पाइने शिक्षाको केन्द्र । डाक्टर भन्छन्, सयौंको संख्यामा अस्पताल र देशभरिका जटिल बिरामी आउने उपचारको केन्द्र । धनआर्जनको अवसर भएको सहर । यसैगरी, आधुनिक चेतनाले प्रशिक्षित नयाँ पुस्ताको कथन छ, ‘ऐतिहासिक झल्कने र आधुनिकता टल्कने पोस्ट मोर्डन सहर । हरेक अवसरहरूको सम्भावना बोकेको ठाउँ । यसरी हेर्दा काठमाडौंको सम्बन्ध हरेक उमेर समूह, पेसा, व्यवसाय, क्षमता र चिन्तनको स्तरअनुसार कर्मभूमिको रूपमा परिचित छ, राजधानी ।

इतिहास विद्हरूका बुझाइमा काठमाडौं राजनीतिक जालझेलहरूले भरिएको सहर हो

काठमाडांै मेचीदेखि कालीसम्म्मका ७७ वटै जिल्लावासीहरूको सपनाको सहर पनि हो । शिक्षा, स्वास्थ्य रोजगारीलगायतका अवसर भएको सहर हो । अभिभावकका लागि आप्mनाआप्mना छोराछारीलाई अंगे्रजी बोर्डिङ् स्कुलदेखि विश्वविद्यालसम्मको अध्ययनका लागि छनोटको शैक्षिक केन्द्र पनि । अलि राम्रो आर्थिक अवस्था भएकाहरूका लागि एउटा घरको सपना सजिएको सहर । अवसर लिन सक्ने सक्षम व्यक्ति एवं व्यक्तित्वहरूका लागि विद्या, ज्ञान, धन, मानमर्यादा आर्जनको बहुआयामिक सहर । काठमाडांै माथि उल्लेखित वर्णन र विशेषताले सजिसजाउ भए तापनि यहाँका आमनगरवासीको जीवनशैली सहज छ त ? अवश्य छैन । यहाँ जति सकारात्मक कुरा छन् त्यति नै नकारात्मक कुराहरूले भरिएको छ, हाम्रो राजधानी ।

‘मनको रहर कान्छीलाई घुमाउने काठमाडौं सहर भन्ने सिनेमाको गीत रचाउन सफल यो सहरको सबै नागरिकहरूको सपनाको सहरमा अनेक प्रकारका समस्या झेलिएका छन् । काठमाडौं विश्वको दोस्रो प्रदूषित सहरका रूपमा चिनिएको छ । यहाँका नदीनाला प्रदूषित छन् । प्रदूषित वातावरणले राजधानीवासी कोही शारीरिक त कोही मानसिक रूपमा रोगिएका छन् । विश्वको तेस्रो पर्यटकीय आकर्षक यो सहर फोहर एवं अव्यवस्थित छ । अन्तर्राष्ट्रिय स्तरको सुविधा चाहने विदेशी पाहुनाका लागि अधुरो छ । अपुरो छ । कोलाहल छ । फलतः अन्तर्राष्ट्रिय क्षेत्रमा ऐतिहासिकता झल्कने सहरभित्र आधुनिक सुविधाको अपर्याप्तता महसुस हुने गर्छ । सार्वजनिक शौचालयको अभाव छ । पर्याप्त खाने पानीको कमी छ । यहाँका वनवाटिका एवं पार्कहरू उजाड छन् । पोखरीहरू प्रदूषित छ । धुलोधुवाँ र अस्तव्यस्त सवारीसाधन । पार्किङ्को असुविधा ।

काठमाडौं फाइदा र काइदाको सहर मात्र होइन, आमनागरिकका लागि अवसर र सहजताको सहर बन्न सकोस्

राजधानी वर्गीय विभेदको मनोवैज्ञानिक रोगले सताउने सहर पनि हो । मानवता हराउँदै गरेको भौतिकवाद उन्मुख चिन्तनको सहर । शिक्षा र स्वास्थ्य सुविधा पर्याप्त हुँदाहुँदै सर्वसाधारणका लागि कागलाई बेल पाक्यो हर्ष र विस्मात अवस्थामा छ यो सहर । काठमाडांैमा रहेका निजी शिक्षालय र अस्पताल अत्यन्त महँगा छन् । शिक्षा र स्वास्थ्य मुनाफा कमाउने व्यापार केन्द्र भएका छन् । नेपालको संविधान २०७२ ले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा दस्तावेजीकरण गरेको भए तापनि राज्यको कमजोरीका कारण निजी क्षेत्रका शैक्षिक संस्था र अस्पताल सर्वसाधारणको पहुँचमा छैनन् । धेरैजसो निजी शिक्षण संस्था राज्यको कमजोरीको फाइदा उठाउँदै अकुत सम्पति कमाउने व्यवसायिका केन्द्रका रूपमा सञ्चालित छन् । महँगो शिक्षाको प्रतिनिधित्व धेरैजसो काठमाडांै उपत्यकाले गरेको छ । यो पीडाबाट काठमाडांै बासीहरू छट्पटाउन बाध्य छन्् । मध्यमवर्गीय एवं निम्नवर्गीय नागरिकको लागि भावनात्मक पिडाको सहर बनेको छ । यो मलुकमा सर्वहारा वर्गका लागि काम गर्ने नरादिएर जनताका छोराछोरीलाई राजनीतिक भरिया बनाउने, युद्धमा होम्ने र सत्तामा पुग्ने राजनीतिकदल सरकारमा पगे । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सिन्को भाँचेनन् । जनताका आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्य सेवा हुने खानेहरूका लागि मात्र भएको छ । राज्यले ध्यान दिएको छैन ।

काठमाडांै सहर सौन्दर्यशास्त्रीले विश्लेषण गरेजस्तो सुन्दर सहर त हो नै साथै सुन्दरतामा राज्य एवं सहरवासीबाट आक्रमण भएको छ । केही राजनीककर्मी र इलाइट् समूहका लागि यो सहर दाम, नाम र ऐश्वर्यको खेती गर्ने उर्वर भूमि भए तापनि बहुसंख्यक नागरिकहरूका लागि दःुख, पिडा, वेदना र अभाव जेलिएको छ । भ्रष्टाचारको मूल थलो नै काठमाडांै भएको छ । बेरोजगारी समस्याले थप्रै युवा राजधानीमा बरालिने गरेका छन् । प्रत्येक दिन १२ देखि १५ सयको हाराहारीमा युवा काठमाडांैबाट नै बिदेसिने गर्छन् । नाफामूलक व्यवसायको रूपमा खोलिएका म्यानपावरले वैदेशिक रोजगारमा जानेहरूसँग मोटो रकम असुल्ने गरेका छन् । गरिबीको कारणले वैदेशिक रोजगारमा जानका लागि घरखेत बेचेर वा चर्को ब्याजमा ऋण खोजेर ल्याएको पैसा दलालहरूको गोजीमा पर्ने गरेका समाचार आउने गरेका छन् । यसरी हेर्दा युवा दिनदहाडै दलालबाट ठगिने सहर पनि हो काठमाडौं ।

अन्त्यमा काठमाडौमै रहेका हरेक क्षेत्रका समस्या, विकृति र विसंगतिको अन्त्य गर्न जरुरी छ । यो सहरलाई २१औंं शताब्दीको सुविधासम्पन्न स्वच्छ, सफा, हराभरा, व्यवस्थित एवं सुरक्षित सहरमा बदल्नुपर्छ । यहाँका सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक धरोहरको जीर्णोद्धार, सुधार, संरक्षण र संवद्र्धन गरी आधुनिक एवं आकर्षक पर्यटकीय सहरमा बनाउनुपर्छ । काठमाडांैका प्रदूषित नदीनाला सफा, स्वच्छ बनाएर नदी किनारमा ग्रिन बेल्ट बनाउनुपर्छ । उपत्यकाका उजाड र फोहोर भएका वनबाटिका तथा पार्कलाई हराभरा, सफा र पूmलमय बनाउनुपर्छ । आर्थिक, सामाजिक एवं राजनीतिक क्षेत्रका तमाम विकृति हटाई यो सहरलाई केही व्यक्ति वा समूहको फाइदा र काइदाको सहर मात्र होइन, आमनागरिकका लागि अवसर र सहजताको सहर बन्न सकोस् । लोकतान्त्रिक मुलुकको राजधानी सामाजिक न्यायको सहर बन्न सकोस् ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि