विपक्षी गठबन्धनकाे बैठक बस्दै,ओलीविरुद्ध एकजुट भएर लड्ने

काठमाडाैं ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि उत्पन्न परिस्थिति’bout छलफल गर्न पाँच पार्टीको संयुक्त बैठक बस्ने भएको छ।

शनिबार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद विघटनपछिको अवस्थाको जानकारी लिन र ‘प्रभावकारी’ रणनीति तय गर्न पाँच पार्टीको बैठक बस्ने भएको हो।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका  नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा सहभागी हुने छन्।

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद भंग गरिएको थियो। तर त्यसविरुद्ध सर्वोच्चमा मुद्दा र्पयो । सर्वोच्चले संसद विघटन असंवैधानिक भन्दै फागुन २३ गते पुन:स्थापित गरिदियो।

पुन:स्थापित संसद साढे दुई महिनापछि पुनः भंग भएको छ। अब आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनावको घोषणा भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव