अम्पायर समूहको सहयोग

काठमाडौं । ललितपुरस्थित इखाछें आइसोलेसन वार्डका लागि नेपाल ब्याडमिन्टन अम्पायर समूहको तर्फबाट स्वास्थ्य सामग्री सहयोग गरिएको छ । उन्नति फाउन्डेसनको सहयोगमा अम्पायर समूहले वार्डमा खटिने व्यक्ति तथा संक्रमितका लागि ५० पिसको ४० बक्स सर्जिकल मास्क प्रदान गरेको हो । मास्क समूहका सदस्यद्वय अन्तर्राष्ट्रिय अम्पायर सुमित शाक्य र राष्ट्रिय अम्पायर राजु देउजाले आइसोलेसन वार्डकी स्वास्थ्य स्वयंसेविका कृति शाक्यलाई प्रदान गरे ।

अघिल्लो वर्ष कोभिडको प्रकोप वृद्धि हुन थालेपश्चात् समुदायलाई संक्रमणबाट जोगाउन समुदायस्तरबाट सञ्चालनमा आएको कोभिड–१९ को प्रकोपमा वृद्धिका कारण विभिन्न स्थानमा संक्रमितका लागि आइसोलेसन वार्ड सञ्चालनमा आइरहेको छ । अघिल्लो वर्षदेखि नै समुदायलाई संक्रमणबाट जोगाउन ललितपुर वडा ११ स्थित समुदायस्तरमा नै इखाछे कोभिड आइसोलेसन वार्ड स्थापना गरी कोभिड संक्रमितको रेखदेख, सुविधा सम्पन्न स्वास्थ्य उपचारका साथै स्वास्थ्य सरसल्लाह, अक्सिजनको व्यवस्था तथा औषधि उपलब्ध गराउँदै आइरहेको इखाछें टोल कमिटीका सचिव एवं ब्याडमिन्टन राष्ट्रिय अम्पायर अनुपरत्न शाक्यले जानकारी गराए । हाल सो आइसोलेसनमा डा. मिलन बज्राचार्य, डा. ईरिशा तण्डुकार, स्टाफ नर्स कृतिका बज्राचार्य र ल्याब असिस्टेन्ट कृति शाक्यको स्वास्थ्य टोलीले कार्य गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार