गुल्मी । गुल्मीका युवा खेलाडीलाई आर्थिक अभावको कारण उपचारमा समस्या परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेक घर भई हाल तम्घास खानिगाउँमा बस्दै आएका २५ बर्षिया मोहन तरामुको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो ।
गुल्मीका विभिन्न क्लव हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाई जिल्लाको शिर उचोँ राख्न सफल तरामु यतिबेला आफै जिवन मरणको दोँसाधमा छन् । शुक्रबार छल्दी पनाहा स्थित पनाहा खोलामा पौडी खेल्ने क्रममा ढुङ्गामा टाउको ठोक्किदा उनको ढाड, घाँटी र नशाामा गम्भिर चोट लागेको छ । शुक्रबार नै तम्घास अस्पतालमा ल्याइएपनि उपचार सम्भव नभएपछि बुटबलको तिनाउ अस्पतालमा रिफर गरिएको थियो । अहिले उनको शरिरको छातिभन्दा तलको भाग निष्क्रिय छ । घाँटीको हाड भाँचिएको र मेरुदण्डको नशा च्यापिएको मोहनका बुबा पूर्ण बहादुरले बताए ।
मोहनलाई शुक्रबार नै बुटबल पु¥याइएको थियो । तर एकै दिनमा एक लाख २० हजारभन्दा बढी रकम खर्च भइसकेको र बाँकि रकम आफुसँग नभएकोले सहयोग गरिदिन उनले आग्रह गरेका छन् । लामो समयसम्म माओवादी आन्दोलनमा सक्रिय पूर्ण बहादुर पछिल्लो समय खानिगाउँमा सामान्य किराना पसल गर्दै गुजारा चलाएका थिए । अहिले छोराको उपचार गर्न आर्थिक अभाव भएपनि छोरालाई बचाउने रहर भएको भन्दै सबैसँग सहयोगको अपेक्षा गरेका छन् । ‘उपचारको लागि मात्रै आठ लाखभन्दा बढी रकम चाहिने भनेका छन् ।’ मोहनका बुबा पूर्णबहादुरले भने, ‘छोराले जीवन माग्छ, अस्पतालले पैसा ।’ मेरुदण्डको अप्रेशन गर्न मात्रै करिब डेढ लाख लाग्ने लाग्ने र नशा च्यापिएको उपचारको लाग्ने रकम यकिन नभएको पूर्ण बहादुर बताउछन् ।
कम्तिमा डेढ महिना अस्पतालमै बस्नुपर्ने भएकोले खर्च अझ धेरै लाग्न सक्ने उनको भनाई छ । परिवारका पाँचैजना सदस्यहरुको स्वास्थ्य बीमा गरेपनि तिनाउ अस्पतालमा बीमाले काम नगर्दा समस्या भएको उनले बताए । उनको उपचारको लागि नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले २५ हजार सहयोग गरेको महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्यालले बताए ।