फेरि आयो कुखुराबाट सर्ने अर्काे भाइरस, सावधानी नअपनाउँदा मृत्युसमेत हुनसक्ने चेतावनी

काठमाडौं । कोरोना महामारीले विश्व नै आक्रान्त भएका बेला अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार मानिसहरूमा साल्मोनेलाको प्रकोप देखिएको हो । यो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिइएको छ ।

साल्मोनेला जीवाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ । अधिकांश व्यक्तिहरू उपचारविना पनि निको हुन्छन्, तर अधिक गम्भीर अवस्थालाई मृत्युको मुखमा पुर्याउन पनि सक्छ ।

संयुक्त राज्य अमेरिकाले ४३ राज्यका १६३ जना बिरामीमा गरेको अनुसन्धानमा यसको संक्रमण पुष्टि भएको हो । सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको ’boutमा यो अनुसन्धान गरेको हो ।

स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन । त्यसो नगर्दा यसका कीटाणुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ ।”

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित)